• १३ साउन २०८१, आइतबार

काठमाडौँ-तराई/मधेश द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

blog

नेपाली सेनाले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडम आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलियो ‘ब्रेक थ्रु’। तस्बिर नेपाली सेना

काठमाडौँ, जेठ ४ गते । नेपाली सेनाले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको  ‘ब्रेक थ्रु’ छिचोलिएको छ ।

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु गरिएको सेनाले जनाएको हो ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको छ ।