पालुङटारमा दुना टपरी बनाउने उद्योग सञ्चालन
गोरखाको पालुङटार नगरपालिकामा दुना टपरी बनाउने उद्योग सञ्चालन हुने भएको छ । पालुङटार नगरपालिका–३ डुम्रीडाँडामा अत्यधिक सालका रुखहरू हुने क्षेत्र भएकाले त्यस वडाको महिला दिदीबहिनीहरूलाई उद्यमी बनाउन सहयोग पुग्ने हेतुले तीन वटा महिला सञ्जाल भएर दुना टपरी बनाउने उद्योग सञ्चालन गर्न लागिएको वडा न ३ का वडा अध्यक्ष रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।
राज्यबाट आवश्यक सहयोग र राहत नपाएको द्वन्द्वपीडितको गुनासो
तत्कालीन सशस्त्र युद्धरत माओवादी र नेपाल सरकारबिच २०६३ मङ्सिर ६ गते बृहत् शान्ति सम्झौता भए पनि म्याग्दीका द्वन्द्वपीडितहरुले राज्य र राज्यका निकायहरुबाट आवश्यक सहयोग तथा राहत नपाएको गुनासो गरेका छन् ।
तालिकाअनुसार एमबिबिएस पढाइ सञ्चालन होस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई कार्यतालिकासहित एमबिबिएसको पढाइ अघि बढाउन निर्देशन दिनुभएको छ ।
दर्बुङ फाँटदेखि पृथ्वी राजमार्गको फिस्लिङसम्म कालोपत्रे हुँदै
गोरखाको गण्डकी गाउँपालिका – १ दर्बुङ फाँटदेखि लाकुरीबोट दलभञ्ज्याङ हुँदै पृथ्वी राजमार्ग जोड्ने फिस्लिङसम्म पुग्ने वैकल्पिक सडक कालोपत्र हुने भएको छ ।
लापसे गर्ने छ चालक पक्राउ
अवैध लागू पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने छ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रूपमा पुतली बजार नगरपालिका –४ नौ डाँडा लगायत सिद्धार्थ राजमार्गमा चेकिङको क्रममा पहरी पक्राउ गरेको हो ।
सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती
जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिनुभयो ।
अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुुल
म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन
म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो ।
साढे तीन सयलाई तत्कालै रोजगारी दिइने
पोखरामा भएको श्रमाधान रोजगार मेलामार्फत रोजगारदाताले तत्कालै साढे तीन सय जनालाई रोजगारी दिने भएका छन् । मेलामा स्टल राखेका रोजगारदाताले रोजगारी दिने पदबारे लिखित जानकारी दिएको र योग्य कामदारलाई तत्काल रोजगारी दिने आयोजकले जनाएको छ ।
पृथ्वीराजमार्गको अवरोध हटाइयो
पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्डको अवरोधलाई जिल्ला प्रशासन कार्यालयले बल प्रयोग गरेर हटाएको छ ।
‘राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र जनताका लागि घातक बनिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री दाहाल पोखरामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा आउनुभएको छ । उहाँ केहीबेर अघि यहाँ आइपुग्नुभएको हो ।
प्रवीण कैनी मृत्यु प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै पृथ्वीराजमार्ग बन्द
तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षीय प्रवीण कैनीको दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले पृथ्वीराजमार्ग बन्द गरेका छन् ।
धेरै बिरामी उपचारको पहुँचबाट बाहिर
मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन् ।
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ
पोखरामा विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।
अन्नपूर्ण म्याराथनको उपाधि श्रेष्ठ र राईलाई
चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जित्नुभएको छ । गत वर्षका उपविजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घण्टा १६ मिनेट २४ सेकेन्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । यद्यपि उहाँले उक्त दुरी ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका गर्नुभएको थियो ।
दोषीलाई कारबाहीको माग गर्दै प्रशासन कार्यालय घेराउ
तनहुँको व्यास नगरपालिकामा कार्यरत २९ वर्षीय इन्जिनियर प्रवीण कैनीको दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।
बागलुङको यातायात कार्यालयमा अनलाइन सेवा
बागलुङको यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ । कार्यालयको सेवालाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न कार्यालयले अनलाइन सेवा सुरु गरेको हो ।
अजिरकोट-३ काे हंसपुर बालमैत्री वडा घोषणा
गोरखाका ११ स्थानीय तहहरुमध्ये अजिरकोट गाउँपालिका–३ काे हंसपुर जिल्लाको पहिलो बालमैत्री वडा घोषणा गरिएको छ ।
हुरीले ढालेको रुख बज्रिँदा एकजनाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रिँदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ ।
कृषकलाई आत्मनिर्भर बनाउन अनुदानमा मौरी र घार
कृषकहरुलाई मौरीपालनमार्फत् आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको पैयूँ गाउँपालिका गोलासहितका मौरी र घार वितरण गरिएको छ ।
३८ प्रजातिका दुई लाख बिरुवा रोप्दै पोखरा महानगर
पोखरा महानगरले रैथाने प्रजाति, स्थानीयको रोजाइ र सदाबहार प्रजातिका सवा दुई लाख बिरुवा रोप्ने भएको छ । पोखरालाई स्वच्छ सहर: हरित सहरको रूपमा विकास गर्न ठुलो मात्रामा बिरुवा रोप्न लागिएको हो ।
विपन्न परिवारका लागि घर निर्माण
अर्जुनचौपारी गाउँपालिकाले गरिब, असहाय परिवारका लागि घर निर्माण अभियानलाई तीव्र बनाएको छ । दलित उत्थान केन्द्रको व्यवस्थापनमा गाउँपालिकाले गत वर्षदेखि पालिकामा रहेका गरिब, असहाय परिवारको घर, शौचालय, निर्माण गर्ने बिजुलीबत्ती जडान गर्ने कार्यलाई अगाडि बढाएको हो ।