तनहुँका स्थानीय तहलाई चार अर्ब ८९ करोड ३२ लाख बजेट
तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्षमा चार अर्ब ८९ करोड ३२ लाख बजेट पाउने भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेट अनुसार जिल्ला चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिकाका लागि उक्त बजेट विनियोजन गरिएको हो ।
चोयाको सामग्रीबाट आत्मनिर्भर बन्दै महिला
गोरखाको पालुङटार नगरपालिका –२ आँपपिपलका महिला बाँसको चोयाबाट विभिन्न सामग्री बनाएर स्वारोजगार तथा आत्मनिर्भर बन्दै गएका छन् ।
फेवाताल मिचेका संरचना साउनदेखि हटाउन आदेश
उच्च अदालत पोखराले फेवातालको मापदण्डभित्र थप भौतिक संरचना निर्माण नगर्न-नगराउन परमादेश जारी गरेको छ । मापदण्ड मिचेर बनेका संरचना हटाउन असार मसान्तभित्र कार्य तालिका बनाउन अदालतले भनेको हो ।
सेनामा भर्ती गराइदिन्छु भनी ठग्ने थापा पक्राउ
नेपाली सेनामा भर्ती गरिदिन्छु भनी ठगी गरेको आरोपमा एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ बस्ने २७ वर्षीय धर्मराज थापा रहेको प्रहरीले जनाएको छ ।
गर्मी छल्न विद्यालयमा सार्वजनिक बिदा
नवलपुरको कावासोती र मध्यबिन्दु नगरपालिकाभित्र रहेका सबै विद्यालयमा तीन दिनका लागि सार्वजनिक बिदा दिइएको छ । नगरपालिका भित्र रहेका सबै संस्थागत र सामुदायिक विद्यालयमा तीन दिनका लागि बिदा दिइएको नगर कार्यपालिका कार्यालयहरूले सूचना निकालेर जानकारी दिएका छन् ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बेनी–जोमसोम–कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति
आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ ।
लामागेमा क्रसर नराख्न उच्च अदालतको आदेश
पुतली बजार नगरपालिका १४, लामागेमा क्रसर नराख्न पुतली बजार नगरपालिकालाई उच्च अदालत पोखराले अल्पकालीन आदेश गरेको छ ।
बागलुङमा जेठमै रोपाइँ सुरु
बागलुङका किसानलाई जेठ महिनामै धान रोपाइँको भ्याइनभ्याइ छ । असार लाग्न केही दिन बाँकी छदै किसानहरू रोपाइँमा व्यस्त भएका छन् । सिँचाइ सुविधा भएका स्थानहरूमा यतिखेर धान रोपाइँको चटारो सुरु भइसकेको छ ।
'गौरवको योजना लाजको योजना बन्ने खतरा भयो'
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले काली गण्डकी कोरिडोर सडक आयोजना गौरवको आयोजनाभन्दा पनि लाजको आयोजना भएको बताउनुभएको छ ।
अजुवा खोलामा मोटरेबल पुल निर्माण
बेनीघाट-आरुघाट-लार्के सडकखण्ड अन्तर्गत आरुघाट गाउँपालिकाको ३ र ४ नम्बर वडा जोड्ने अजुवा खोलामा मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग विश्वासको मत दिन आग्रह गर्नुभएको छ । सोमबार बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएका उहाँले आज पत्र लेखेर उक्त आग्रह गर्नुभएको हो ।
'फजुल खर्चले देशको स्वाभिमान र अर्थतन्त्र सङ्कटमा छ'
अर्थविद् एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले फजुल खर्चका कारण नेपालको अर्थतन्त्र र स्वाभिमान खतरामा रहेको बताउनुभएको छ ।
गोरखामा सवारी दुर्घटना हुँदा दुई जना घाइते
गोरखामा बोलेरो जिप र स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। आइतबार गोरखा नगरपालिका–१० को १४ किलोमा सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको स्कुटर ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक उज्जल सिंहले जानकारी दिनुभयो।
पर्वतीय सङ्ग्रहालयमा ऐतिहासिक तस्बिर प्रदर्शनी
विश्व वातावरण दिवसका अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा सगरमाथामा एक सय वर्षअघि भएगरेका गतिविधिलाई समेटेर तस्बिर प्रदर्शनी गरिएको छ ।
मुग्लिन–आँबुखैरेनी खण्डको अवरोध हट्यो
अवरुद्ध भएको तीन घण्टापछि पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्ड सुचारु भएको छ । आँबुखैरेनी गाउँपालिका –४ साँखर ड्यामनजिक पहिरो गएकाले मर्मत गर्ने क्रममा बन्द गरिएको राजमार्ग दिउँसो १ बजेबाट सुचारु गरिएको हो ।
नारायणी नदीबाट अवैध रुपमा निकालिँदै गिट्टी बालुवा
गैँडाकोट –२ थुम्सीनजिक नारायणी नदीमा दर्जनौं सङ्ख्यामा जेसिभि, एक्साभेटर र टिप्पर प्रयोग गरेर दोहन गरिएको छ। सोही ठाउँबाट नवलपुर प्रहरीले यसअघि १० वटा टिप्पर नियन्त्रणमा लिएको थियो ।
बाख्रा फार्ममा आगलागी हुँदा ४० लाखको क्षति
स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडामा रहेको एक बाख्रा फार्ममा आगलागी हुँदा झण्डै ४० लाखकाे क्षति भएको छ ।
पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी खण्ड बन्द
पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डमा यातायात आवागमन बन्द गरिएको छ ।
सहयोग रकमले बन्यो काली सुनारको नयाँ घर
एउटै कोठामा छजना नातिनातिना र एक अपाङ्ग बुहारीसहित आठजना बस्दै आउनुभएकी उहाँले आफ्नै जीवनकालमा नयाँ घरमा बस्न पाउँछु भनेर कल्पनासमेत गर्नुभएको थिएन । सुनारकी दुई छोरा सम्पर्कविहीन छन्भने एक छोरा जेलमा छन् । समुदायसँग हात थापेर जीविका चलाउँदै आउनुभएकी सुनारको परिवारले नयाँ घर पाएका छन् ।
मौवाफाँटमा बहुउद्देश्यीय भवन निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बहुउद्देश्यीय भवन निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र श्रमदान गरी ५५ लाख ४८ हजार ४९ रुपियाँ लागतमा एक तले बहुउद्देश्यीय सभाहल सहितको भवन निर्माण गरिएको हो ।
गोरखामा ५१ जनाले त्यागे नेपाली नागरिकता
गोरखामा गत साउनदेखि जेठसम्म ५१ जनाले नेपाली नागरिकता त्यागेका छन् । विशेष गरी रोजगारीको सिलशीलमा विदेश गएर केही वर्षको प्रयास पछि त्यस देशको पी आर अर्थात् नागरिकता प्राप्त गरिसकेपछि नेपाली नागरिकता त्याग्ने गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
कालीगण्डकी करिडोर : फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती
निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन ।
मुग्लिङ -आँबुखैरेनी खण्ड आज तीन घण्टा बन्द हुने
पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी खण्ड आइतबार तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक सडक भासिएकोले मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडक खण्ड अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो ।