ठुलाबेँसी-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो
म्याग्दीको मालिका गाउँपालिका-४ च्युरीबोटमा रहेको ठुलाबेँसी-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ ।
बलात्कार गरेको आरोपमा एक पक्राउ
नाबालिकालाई बलात्कार गरेको आरोपमामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भवानी गाउँपालिका –५, पर्सा बस्ने २० वर्षीय मुकेश पासवान भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’
बुलिङटार गाउँपालिका-४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ ।
गौ संरक्षण केन्द्रको मुख्यमन्त्री पाण्डेद्वारा निरीक्षण
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँको मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९ मरेतरास्थित गौ संरक्षण केन्द्रको निरीक्षण गर्नुभएको छ ।
चालकले मदिरा सेवन गर्दा दुर्घटना
जिप भरी ढोरवाराही मन्दिर जाने दर्शनार्थी थिए । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा बजारबाट ढोरफिर्दीस्थित मन्दिर जाने तरखरमा थिए, भक्तजन । तर चालक निस्किएर केही बेर हराए । सहचालक त्यही समयमा छतमा यात्रु राख्दै थिए ।
विद्यार्थीद्वारा प्लास्टिकजन्य फोहोर सङ्कलन
फेँदिखोला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीमार्फत ७५० केजी प्लास्टिकजन्य फोहोर सङ्कलन गरेको छ ।
युवालाई ट्रेकिङ गाइड तालिम
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन ट्रेकिङ गाइड तालिम आयोजना गरिएको छ । मौरिस हर्जोग पदमार्गको प्रवेशद्वारका रूपमा रहेको पर्यटकीय गाउँ नारच्याङमा १५ दिनसम्म तालिम सञ्चालन हुनेछ ।
वातावरणमैत्री ‘डोको डस्टबिन’ वितरण
म्याग्दी सदरमुकाम बेनीदेखि पश्चिममा पर्ने मङ्गला गाउँपालिका–२, लाम्पाटामा रहेको मङ्गला शिक्षा क्याम्पसले आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न वातावरणमैत्री डस्टबिन वितरण गरेको छ । क्याम्पसको अगुवाइमा फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’ वितरण गरेको हो । गाउँपालिकाको केन्द्र बाबियाचौर तथा क्याम्पस रहेको स्थान लाम्पाटा क्षेत्रमा फोहोर सङ्कलनका लागि क्याम्पसले वातावरणमैत्री तवरले गाउँमै पाइने बाँस तथा निगालोबाट चोया निकालेर डोको बुनेर ‘डोको डस्टबिन’ उपलब्ध गराएको हो । मङ्गला शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष याम थापाले क्याम्पसको अग्रसरतामा स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट डोको बनाउने काम भएको र डस्टबिनका रूपमा प्रयोग गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले वातावरणमैत्री व्रिmयाकलापमा सघाउन बाबियाचौर, लाम्पाटा क्षेत्रमा ३८ वटा ‘डोको डस्टबिन’ निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “स्थानीयस्तरमा डोको बनाउन प्रोत्साहन, विद्यार्थीलाई समेत सिप हस्तान्तरण गर्ने योजना अनुरूप नै अहिले डोको डस्टबिन अभियानकै रूपमा अगाडि बढाइएको हो ।” अब बाबियाचौर तथा लाम्पाटा क्षेत्रका हरेक घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी घटाउने र सडकमा नफाल्ने गरी समुदायस्तरमा सचेतनामूलक अभियानसमेत क्याम्पसले सञ्चालन गर्ने अध्यक्ष थापाले बताउनुभयो ।
गण्डकीमा बजेट ल्याउनै सकस
गण्डकी प्रदेशको बजेट आउन एक हप्ता मात्र बाँकी छ । अवस्था सहज भएको भए सदनमा अहिले सरकारको नीति तथा कार्यक्रममा सघन छलफल चलिरहेको हुन्थ्यो । संविधानको धारा १६८ (३) अनुसार बनेको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अहिले बजेट ल्याउनैपर्ने बाध्यता र असजिलो अङ्कगणितको चेपुवामा छ । जेठ १६ गते कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज
धुलाम्मे सडक भए कालोपत्रे
साढे दुई दशकअघि ट्र्याक खुलेका सडक अहिले धमाधम कालोपत्रे हुन थालेका छन् । बागलुङ जिल्लाका ग्रामीण सडक कालोपत्रे हुन थालेपछि सर्वसाधारण खुसी भएका छन् । सङ्घीयता आएसँगै गाउँघरमा विकासको ढोका खुल्न थालेको स्थानीयको भनाइ छ । बागलुङको ताराखोला गाउँपालिका–१, माझखर्ककी ७५ वर्षीय गङ्गा रोका घर छेउको सडक कालोपत्रे भएर चिटिक्क बनेपछि धेरे खुसी हुनुभएको छ । उहाँ जस्तै माझखर्कका स्थानीयवासी खर्कबहादुर घर्तीमगर पनि खुसी हुँदै भन्नुहुन्छ, “२० वर्ष पहिला स्थानीयले कुटो, गैँची र कोदालोले खनेर सडकको ट्र्याक खोलेका थियौँ अहिले सङ्घीयता कार्यान्वयनसँगै सडक कालोपत्रे भएपछि हामी खुसी भएका छौँ ।” सडक कालोपत्रे भएसँगै जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।
सुन्दर हर्पे गाउँ
बागलुङको निसीखोला गाउँपालिका–१ स्थित हर्पे गाउँ । यो गाउँमा अहिले पनि परम्परागत संरक्षण गरिँदै आइएको छ । जसले पर्यटकलाई आकर्षित गरेको छ ।
जेठ ३१ गते फेवातालमा खुला डुङ्गा दौड
अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालको छर्लङ्गै प्रतिबिम्ब देखिने फेवातालमा डुंगा सयर गर्नेको भीड लाग्छ। तालमा डुंगा सयर मात्र होइन, छिटो डुंगा खियाउन सक्नेले पुरस्कार जित्ने अवसरसमेत आउँदै छ।
पञ्चमुलमा लालिगुराँस पार्क बन्दै
आँधिखोला गाउँपालिका –१ को पञ्चमुल सामुदायिक वनमा लालिगुराँस पार्क निर्माण थालिएको छ । वडा कार्यालयको पहलमा डिभिजन वन कार्यालय स्याङ्जाले राष्ट्रिय फूल लालिगुराँसका बिरुवा रोपेर पार्क बनाउने काम थालिएको हो ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिनुहुने
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिनुहुने भएको छ । सर्वाेच्चको परमादेश अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकारले बजेटअघि नै विश्वासको मत लिने भएको हो ।
भूमिअधिकार मञ्चले मन्त्रीलाई बुझायो ५ बुँदे माग
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशले भूमिहीन सुकुम्बासीका समस्या छिटो समाधान गर्न गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई शुक्रबार ५ बुँदे माग पत्र पेश गरेको छ।
पहिरोले पुरिँदा ‘लोडर’ चालकको मृत्यु
लमजुङ मर्स्याङ्दी गाउँपालिका-६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।
रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन, वार्षिक २५ लाख कमाइ
कास्कीको पोखरा महानगरपालिका-३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो ।
पुनः मतगणना आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा
उच्च अदालत पोखराको व्यास नगरपालिकाको प्रमुखको पदको पुनः मतगणना गर्ने आदेशका विरुद्ध तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने सर्वाेच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको छ ।
नाम्जुङदेखि मनकामना जाने सडकखण्ड कालोपत्रे हुँदै
गोरखाको शहिद लखन गाउँपालिकाअन्तर्गत पर्ने नाम्जुङ–घैरुङ–ताक्लुङ– मनकामना जाने सडक कालोपत्रे हुने भएको छ ।
सुनसान बन्दै अन्नपूर्ण पदमार्ग
पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्त्वपूर्णमध्ये एक मानिने मनाङ खण्डको अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् ।
चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै
मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ ९थोराङ्ला पास० आवतजावत गर्ने एकमात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसकेको छ तर यस सडकमा रहेका खोला, खोल्सी पार गर्न काठेपुलकै भर पर्नुपरेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ ।
कास्कीमा राष्ट्रिय परिचयपत्र सेवा बिहान ८ बजेदेखि
कास्की प्रशासनले राष्ट्रिय परिचयपत्र लिनका लागि बिहान ८ बजेदेखि नै सेवा दिने भएको छ । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन सेवाग्राहीको भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन भएको निर्णय प्रशासनले जनाएको छ ।
कालञ्जर हम्पाल क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरिँदै
पर्वतको जलजला गाउँपालिकाले धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालञ्जर हम्पाल क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण थालेको छ । समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको कालञ्जर हम्पाल क्षेत्र धार्मिक एवम् प्राकृतिक रुपमा सुन्दर पर्यटकीय स्थल हो ।
कालो भिरको पहिरो पन्छाएपछि यातायात सञ्चालन सहज
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा गएको सुख्खा पहिरो नेपाली सेनाले पन्छाएर आवतजावतमा सहज बनाएको छ । बिहीबार बिहान करिब ६: ३० बजेको समयमा उत्तरी गोरखाको लार्के खण्डको धार्चे गाउँपालिका – १ कालो भिरमा पहिरो जाँदा सडक अवरुद्ध हुँदा सवारी साधना तथा उत्तरी भेगमा पुग्नु पर्ने नागरिकहरू बिच बाटोमा रोकिनु पर्ने अवस्था आएको थियो ।