कपिलबस्तुका शिवालयमा भक्तजनको भिड
साउन महिनाको पहिलो सोमबार कपिलबस्तुकोे शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । कपिलबस्तु सदरमुकाम तौलिहवास्थित रहेको तौलेश्वरनाथ मन्दिर, बाणगंगाको लक्ष्मणघाट, शिवराजको धानखोलास्थित शिव मन्दिरमा विशेष पूजा गरिन्छ ।
गाउँपालिकालाई निश्पक्ष काम गर्न अनुरोध
रिब्दिकोट गाँउपालिका कार्यपालिकाको बैठकबाट ९२ जना कर्मचारीमध्ये ८२ जना कर्मचारीको म्याद थप गरेको छ । म्याद थप नभएका कर्मचारीले आफुहरु प्रतिपक्षी दलसँग सम्बन्धित भएकाकारण म्याद थप नभएको आरोप लगाउनुभएको छ ।
गुल्मीमा कोरोना सङ्क्रमणको दर बढ्दै
शुन्य भएको कोरोना सङ्क्रमण गुल्मीमा फैलिन थालेको छ । सोमबार गुल्मी जिल्लामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।
खडेरीका कारण खेतमा धाँजा फाटेपछि किसान चिन्तित
पछिल्लो करिब एक महिनादेखि परेको खडेरीले पश्चिम नवलपरासीका धान खेतहरुमा धाँजा फाटन थालेपछि किसानहरु चिन्तित भएका छन । मल अभावको मार झेल्दै खेतमा रोपाई सकेका केही किसानलाई करिब एक महिनादेखि परेको खडेरीले धान खेतमा धाँजा फाटन थालेपछि उत्पादन घटने चिन्ताले किसान चिन्तित बनेका हुन् ।
वर्षा नहुँदा बाँकेमा ५५ प्रतिशत खेत बाँझै
साउन महिनाको पहिलो सातासम्ममा पनि बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।
एम्बुलेन्सको मनपरी भाडादर
बिरामी बोक्ने एम्बुलेन्सले आफूखुसी भाडा असुल गर्न थालेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटबढको एम्बुलेन्सले आफूखुसी भाडा असुल गर्न बाटो खुलेको हो । केही वर्षअघि निर्धारण भएको एम्बुलेन्सको भाडामा समयअनुसार परिमार्जन हुन नसक्दा एम्बुलेन्स सञ्चालकले फरक–फरक भाडा असुल गर्ने गरेका छन् ।
प्रदेश मन्त्रालयको नाम हेरफेर
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७८ को अनुसूचीमा हेरफेर गर्दै प्रदेशका मन्त्रालयको नाम समायोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या १३ नै यथावत् राख्दै मन्त्रालयको नाम हेरफेर तथा समायोजन गरेको हो ।
हरेक १ गते सवारी साधन नचलाउने अभियान
इन्धनमा मितब्ययिता कायम राख्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाले हरेक महिनाको १ गते जनप्रतिनिधी र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्ने नीति कार्यान्वयनमा ल्याएको छ । उपमहानगरपालिकाको नगरसभाले हालै गरेको निर्णय कार्यान्वयनका लागि नगरप्रमुख प्रशान्त विष्टले साउन १ गते आईतबार विद्युतीय अटोरिक्सा प्रयोग गरेर निवासबाट कार्यालय तथा विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।
राजपुरमा पानी नपर्दा धानबाली नष्ट
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ राजपुरका राम कुवेर यादवले ४ कट्ठा जग्गामा धानको ब्याड लगाउनुभएको थियो ।