गाडीको ठक्करबाट एकको मृत्यु
बर्दियाको गेरुवा गाउँपालिकामा यात्रुबाहक गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–६ नौरंगामा यात्रुबाहक गाडीले ठक्कर दिँदा पैदलयात्री राजापुर नगरपालिका –१ का ३२ वर्षीय वसन्त थारुको मृत्यु भएको हो ।
रामपुर क्षेत्रमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा
नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट पूर्वाधार विस्तारसँगै सेवा सुरु गरेको हो ।
क्याम्पसको नयाँ संरचना निर्माण हुने
गुल्मीमा शैक्षिक धरोहरका रूपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भवन तथा अन्य भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुङ्गा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भवन तथा भौतिक संरचना निर्माण गरिने भएको हो ।
हतारमा शिलान्यास, प्रगति शून्य
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै दिन शिलान्यास गरेका ३९६ अस्पतालमध्ये गुल्मी अस्पतालको अवस्था विजोग छ । २०७७ साल मङ्सिर १५ मा तामझाम तथा हतारहतारमा ती अस्पतालको शिलान्यास गरिएको थियो । केन्द्रीयमन्त्री, पूर्वमन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यले गाउँगाउँ पुगेर एकै दिन तीनवटा अस्पतालको शिलान्यास गरेका थिए ।
दुई वर्षपछि हट्यो दशगजा क्षेत्रमा रहेको चेकपोष्ट र काँडेतार
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेको चेकपोष्ट र काँडेतार हटाएको छ।
बाँकेमा करिब छ करोडको चोरी पैठारीको सामान बरामद
प्रहरी र सशस्त्र प्रहरी दुबैले नाकामा कडाई गरेर अवैध चोरी पैठारी रोक्ने धेरै प्रयास गरे पनि सीमापारीबाट हुँदै आएको चोरी पैठारी रोक्न नसकेको बताइएको छ । बाँके प्रहरीले गएको एक वर्षमा करिब छ करोड रुपियाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको सार्वजनिक गरेपछि चोरी पैठारी बढ्दै गएको पुष्टि भएको हो ।
रेसुङ्गा क्याम्पसको नयाँ संरचना निर्माण हुने
गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुंगा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको हो ।
मानव तस्करको निशानामा चेलीबेटी
अर्घाखाँचीकी सीमा (नाम परिवर्तित) फुपूसँगै अध्ययनका लागि भारत गइन । आफ्नै सहोदर फुपूले नै अध्यापन गराउँछु भनेपछि आफन्तको रोहवरमा १५ वर्षको उमेरमै सीमा भारत पुगिन् । भारत गएको वर्षदिन नबित्दै फुपूले सीमाको एक भारतीयसँग जबरजस्ती विवाह गराइदिइन् । त्यसपछि श्रीमान् भनिएका ती भारतीय नागरिकले सीमालाई होटेलमा अवैध क्रियाकलाप गर्न बाध्य बनाए ।
खानेपानी आयोजना निर्माणमा ढिलाइ
तानसेन लिफ्टिङ खानेपानी आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ । पहिलो चरणमा निर्माण गरिएको इनारबाट पानी पम्पिङ हुन नसकेपछि दोस्रो चरणको कामले गति लिन नसकेको हो । पहिलो चरणअन्तर्गतको तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट लिफ्टिङ गरेर प्रतिसेकेन्ड ३६ लिटर पानी झार्ने योजना थियो तर पहिलो चरणमा निर्माण गरेको इनारबाट ‘स्टिमेट’ गरेअनुसारको पानी पम्प हुन नसकेपछि दोस्रो आयोजना अगाडि बढ्न सकेको छैन । तानसेनवासीको कालीगण्डकीको पानी पिउने सपना तत्का