राजपुरमा पानी नपर्दा धानबाली नष्ट
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ राजपुरका राम कुवेर यादवले ४ कट्ठा जग्गामा धानको ब्याड लगाउनुभएको थियो ।
तरकारी जोन कार्यक्रमले कृषक लाभान्वित
पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँँका कृषक लाभान्वित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।
बाँके साक्षर जिल्ला घोषणा
बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औं जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११औं नम्बरमा पर्दछ ।
बाँकेमा एक वर्षमा २८१ फरार प्रतिवादी पक्राउ
गत आर्थिक वर्ष २०७८–७९ मा बाँके प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर पनि फरार रहेका करिब तीनसय प्रतिवादीलाई पक्राउ गरेर सजाय र जरिवाना भुक्तान गराउने काम गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार प्रहरीले अदालतबाट दोषी करार भएर कैद भुक्तान र जरिवानाबाट बच्ने आशले फरार रहेका २८१ जनालाई गत आर्थिक वर्षमा पक्राउ गरेको हो ।
पाल्पामा ८७ प्रतिशत रोपाइँ
पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ
गुल्मीमा लिची उत्पादनमा कमी, किसान चिन्तित
रमेश विश्वकर्मागुल्मी, साउन १ गते । गुल्मीमा लिची उत्पादनमा कमी आएको छ । लिची उत्पादनका लागि पहाडी जिल्लाकै प्रसिद्ध मानिने रुरुक्षेत्र गाउँपालिकामा लिचीको उत्पादनमा आएको हो । केही वर्ष अगाडि लिचीलाई बुटवललगायतका शहरमा विक्री गरेको तर अहिले उत्पादनमा कमी आउँदा यहाँका कृषकहरु निकै मर्कामा परेका छन् । लिचीको उत्पादनमा कमी, फल नलाग्ने र लागेको फलमा कीरा लाग्ने कृषकहरुले करोडौंको नोक्सानमा आफूहरु परेको बताउँछन् । विगत तीन वर्ष अगाडि झण्डै एक करोड बढीको लिची विक्री गर्ने र लिची गाउँ भनेर सबैले चिन्ने गरेको अहिले लिची बजारका कृषकहरु लिचीको पुरानो अवस्था सम्झिन बाध्य भएको बताउँछन् । लिचीको उत्पादनबाट आफ्नो जीविकोपार्जन गर्दै आएका कृषकहरु अझ बढी मारमा परेका छन् । “हाम्रो गाउँ पहिले लिची बजारको रुपमा परिचित थियो ।” कृषक तारानाथ ज्ञवालीले भन्नुभयो, “विगत तीन वर्षदेखि लिची उत्पादन निरन्तर घटेपछि हामी चिन्तित बनेका छौँ ।” रुरुक्षेत्रको च्यूरेक, थोर्गा र थानपति लिचीका लागि प्रसिद्ध ठाउँ भएको उहाँले बताउनुभयो । “जलवायू परिवर्तनको असर लिचीमा परेको छ ।” अर्का कृषक राधिका ज्ञवालीले भन्नुभयो, “लिचीलाई आवश्यक पर्दा समयमा पानी परेन । लिचीमा दाना लाग्दा पानी परेपछि उत्पादन भएको र कीराको प्रकोप देखियो ।” “यहाँ कृषि ज्ञान केन्द्र गुल्मीमार्फत् लिची पकेट क्षेत्रको रुपमा घोषणा भयो । तर घोषणामा मात्र सीमित भयो ।” कृषक युवराज ज्ञवालीले भन्नुभयो, “नामको मात्रै पकेट क्षेत्र भनेर कृषकलाई कुनै राहतको कार्यक्रममा सहभागी नगराएको उहाँको गुनासो रहेको छ ।” कृषि उपजहरु उत्पादनको क्रममा कृषकले ठूलो क्षति बेहोर्नुपर्ने, उत्पादन भएको उपजलाई बजारीकरणमा समस्या र कृषकले उपयुक्त मूल्य नपाउने अवस्थामा कृषकलाई अनुदानले काम नगर्ने कृषक रीता भट्टराईले बताउनुभयो । व्यवसायिक कृषकहरुलाई अनुगमनको आवश्यकता रहेको उहाँले बताउनुभयो । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषकको माग र आवश्यकताका आधारमा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले लिचीलाई पुनः मुख्य आम्दानीको स्रोत बनाएर कृषकलाई राहत दिलाउने बताउनुभयो । कृषि ज्ञान केन्द्र, गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले हामीलाई यस्तो समस्या भयो भनेर त्यहाँका कृषकहरुले अहिलेसम्म कार्यालयमा आएर नभनेको बताउनुभयो । उहाँले कृषकले आफ्नो समस्या बताएमा जतिबेला पनि समस्या भएको क्षेत्रमा पुगेर समस्या समाधान गर्ने बताउनुभयो । कृषक स्वयम् सचेत हुनुपर्ने भन्नुहुँदै उहाँले भन्नुभयो, “कृषक नै सचेत नभएसम्म कृषि राम्रो हुन सक्दैन । हामीले कार्यालयबाट सबैतिर सूचना प्रवाह गर्दा पनि हामीलाई यस्तो समस्या आयो भनेर नआएपछि हामीले के गर्ने ? ” आफ्नो समस्या सम्बन्धित ठाउँ कृषि ज्ञान केन्द्रलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
खानेपानी महसुल घटाइयो
खानेपानी उपभोक्ताको विरोधपछि रामपुरमा खानेपानीको महसुल घटाइएको छ । खानेपानीको महसुल अत्यधिक भएको भन्दै स्थानीय उपभोक्ताले विरोध गरेपछि रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको महसुलमा परिवर्तन गरेको हो ।
लुम्बिनी प्रदेशमा रगत निःशुल्क
लुम्बिनी प्रदेश सरकारले साउन १ गते आइतबारदेखि सरकारी अस्पतालबाट सेवा लिने बिरामीका लागि रगतसम्बन्धी सबै सेवा शुल्क निःशुल्क उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले नयाँ आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेशका कुनै पनि सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत निःशुल्क उपलब्ध गराउने उल्लेख गरेको थियो ।
पाहुना चराका लागि नमुना जगदीशपुर ताल : मुख्यमन्त्री केसी
नारद कोहारतौलिहवा, असार ३२ गते। चरा पाहुनका कारण नेपालकै नमुना जगदीशपुर ताल रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएको छ। जगदीशपुर ताललाई वार्ड स्याङचुरी (पंक्षी आरक्ष) घोषणा कार्यक्रममा सो कुरा बताउनुभएको हो। जगदीशपुर ताललाई गौरवको योजना बनाउनका निम्ति न्यूनतम चरण पनि पूरा गर्नुपर्ने उहाँले बताउनुभयो। यसलाई व्यवस्थित बनाउन प्राकृतिक स्रोत साधनको प्रयोग गर्नुपर्ने मुख्यमन्त्री केसीले बताउनुभयो। जगदीशपुर तालमा संसारका पहुना चरा आउने भएकोले यसको पृथक् पहिचान रहेको उहाँले बताउनुभयो। ताल संरक्षणका लागि कानुन विपरीत बनाइएका संरचनालाई नियमन गर्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर रानाले बताउनुभयो। यस क्षेत्रको विकासका लागि आम नागरिकको जीवस्तर उकास्न प्रदेश सरकार लागि परेको उहाँले बताउनुभयो। ताल क्षेत्रमा निर्माण गरिएको भौतिक संरचना मापदण्ड विपरीत रहेको उहाँले बताउनुभयो। कृषकलाई अत्मनिर्भर बनाउनका लागि सिंचाइमा परिवर्तन ल्याउनुपर्ने उहाँले बताउनुभयो।