ग्रामीण अल्ट्रासाउण्डले आमा र बच्चाको जोखिम घटाउँदै
मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले सञ्चालन भएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी देखिएको छ । गर्भवती महिलाहरूको गाउँमै पुगेर अल्ट्रासाउण्ड गर्दा गर्भमा रहेको बच्चाको अवस्था थाहा हुने भएकाले जोखिम कम भएको हो ।
अफिम खेती गर्ने एक जना पक्राउ
अफिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले भूमे गाउँपालिका–९ दुधे पोखराका सोही ठाउँमै अफिम खेती गर्ने ४४ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
जुँगे महादेव मन्दिर पुनर्निर्माण गरिने
नेपालगञ्ज उपमहानगरपालिका –२ स्थित प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनर्निर्माण गर्न लागिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनर्निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरेपछि टेन्डर आह्वान भई काम सुरु भएको छ। जुङ्गे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि रहेको छ। मन्दिर पुनर्निर्माणका लागि तालको पानी सुकाइएको छ। मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ।
माछापालन व्यवसायमा आकर्षण
घोराही उपमहानगरपालिका–५, धर्ना निवासी मिलन बुढाथोकीले लामो समयदेखि माछापालन गर्दै आउनुभएको छ । ११ वटा पोखरीमा माछापालन गरी उहाँ वार्षिक दुई सय क्विन्टल माछा उत्पादन गर्ने गर्नुहुन्छ ।
नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ ।
एसइई दिएका २०३ जना छात्रालाई साइकल वितरण
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले २०७९ सालको एसइई परीक्षामा सहभागी छात्राहरूलाई साइकल वितरण गरेको छ ।
चिनियाँ राजदूतद्वारा प्राचीन तिलौराकोटको भ्रमण
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कपिलवस्तुको प्राचीन तिलौराकोट भ्रमण गर्नुभएको छ । तिलौराकोट राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो ।
नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच
नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ ।
क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या
बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ । तीन सय ५० जनाको क्षमताको नेपालगन्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन् ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
माण्डबी गाउँपालिका ५ रम्दी चिनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रा १ त ४१५६ नम्बरको ट्याक्टर दुर्घटनामा नौ बहिनी गाउँपालिका १ स्याउलिवाङ निवासी २५ वर्षीया चम्फा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
सिकलसेल एनिमिया नियन्त्रण गरिँदै
पश्चिम नेपालको बाँके र बर्दियालगायतका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योजना बनाएर काम सुरु गरेको छ। नगरपालिकाले गर्भवती र नौ महिनाका बालबालिकाको अनिवार्य सिकलसेल जाँच गर्न सुरु गरेको छ। वंशाणुगत मानिने यो रोगको समयमै पहिचान गरी त्यसको नियन्त्रणका लागि गर्भवती र नौ महिनाका बालबालिकामा रगत परीक्षण गरेर सिकलसेल जाँच गर्न सुरु गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आयार्चले बताउनुभयो।
अटोभिलेजमा पूर्वाधार अभाव
वि.सं. २०५७ मा बुटवलको मैनाबगरमा स्थापना भएको नेपालकै पहिलो नमुना अटोभिलेज पूर्वाधारको अभावमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। बुटवलका विभिन्न स्थानमा छरिएर रहेका अटो व्यवसायीलाई एकत्रित गरी बुटवलको वडा नं. २ मा रहेको मैनाबगरको बगर क्षेत्रमा बुटवल उपमहानगरपालिकाको पहलमा २२ वर्षअघि मैनाबगर अटोभिलेज स्थापना गरिएको थियो। अहिले अटोभिलेजमा एक हजार अटो व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। यहाँ १० हजारभन्दा बढी मजदुरले रोजगारी प्राप्त गरेका छन्।
एमालेको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभएको छ । सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा सङ्घ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा (एमाले) को प्रमुख उद्देश्य हो भन्नुभयो ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार
नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।
४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी ४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरुवा बन्दुकसहित एक जना पक्राउ
दाङमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती अन्दाजी साढे १२ बजे गढवा गाउँपालिका वडा नं. ८ डाँडागाउँबाट हतियारसहित मानसिंह सुनारलाई पक्राउ गरेको हो ।
शान्तिप्रक्रियाका बाँकी काम यही सरकारले पुरा गर्छ : उपमहासचिव पोखरेल
नेकपा (माओवादी केन्द्र) का स्कुल विभाग प्रमुख एवम् पार्टी उपमहासचिव गिरिराजमणि पोख्रेलले शान्तिप्रक्रियाका बाँकी काम यसै सरकारले पूरा गर्ने बताउनुभएको छ ।
जमुनाहा नाकामा सिसिटिभी क्यामेरा जडान
पश्चिम नेपालका नाकाहरूमध्ये सबैभन्दा बढी मानवबेचविखन हुने नाकाको रूपमा रहेको नेपालगञ्जस्थित जमुनाहा नाकामा मानवबेचविखन रोक्न सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
सडक बिस्तारले पनि रोकिएन दुर्घटना
रुपन्देहीमा सडक बिस्तार र स्तरोन्नतिसँगै दुर्घटनाको सङ्ख्या पनि बढेको छ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना र मृतकको सङ्ख्यामा भने न्यूनीकरण हुन सकेको छैन ।
जुँगे महादेवको मन्दिर पुन : निर्माण
नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ ।
दिदीबहिनी हत्या प्रकरण: दुई बालिका पक्राउ
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –३ रन्मामा एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई प्रहरीले पक्राउ गरेको छ ।
उत्पादन छैन, गुजारा चलाउन गाह्रो
दाङको गढवा गाउँपालिका–८, मुसीनाकास्थित पहाडमा सुमित्रा कुमालको घर छ । पहाडको काखमा खरले छाएका घरमा बुहारी र नातिनातिनासँग सुमित्रा बस्दै आउनुभएको छ। सुमित्राका दुई छोरासहित श्रीमान् मजदुरीका लागि भारतमा हुनुहुन्छ। घरमा उत्पादन हुने अन्नपातले परिवार पाल्न नसकिने भएकाले परिवार पाल्नकै लागि मजदुरी गर्न बाहिर जानुपर्ने सुमित्राको परिवारलाई बाध्यता छ ।
तरकारी बोक्ने जिप दुर्घटना: एकको मृत्यु, दुई घाइते
सरुमारानी गाउँपालिका-६ मोतिपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
'सिकलसेल एनिमिया' नियन्त्रणमा सक्रिय कोहलपुर नगरपालिका
पश्चिम नेपालको बाँके र बर्दिया लगायतका थारु समुदायमा सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योजना बनाएर कार्यान्वयन सुरु गरेको छ ।