• १३ साउन २०८१, आइतबार

४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

blog

बर्दघाटबाट ४२ टन चिनीसहित नियन्त्रणमा लिइएको दुई ट्रक । तस्बिर : सशस्त्र प्रहरी

नवलपरासी, चैत २७ गते । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी ४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु२ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उहाँले नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको जानकारी दिनुभयो ।