सीमानाकाका हेल्थडेस्क प्रभावकारी बनाइँदै
भारतबाट फर्कनेमा कोभिड सङ्क्रमण बढ्दै जान थालेपछि लुम्बिनी प्रदेशका सीमानाकाहरूमा कोभिड जाँचमा कडाइ गरिएको छ । रुपन्देही जिल्लाको बेलहिया, नेपालगञ्जको जमुना, कपिलवस्तुको कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर, दाङको कोइलाबास नाकामा रहेका हेल्थडेस्कलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन थालिएको छ । यी नाकामा कोभिड सङ्क्रमण सुुरु हुनासाथ हेल्थडेस्क स्थापना गरेर सीमा वारि–पारि गर्नेहरूको स्वास्थ्य चाँज गर्न थालिएको छ ।
सरुवापत्र बुझ्न मानेनन् शिक्षकले
घोराही उपमहानगरपालिकाले शिक्षकहरूको सरुवा गरे पनि सरुवा भएका धेरैजसो शिक्षकहरूले सरुवाको पत्र बुझ्न मानेका छैनन् । घोराही उपमहानगरपालिकाले चैत ८ गते १०१ जना शिक्षकको सरुवा गरेको थियो । तर सरुवा गरिएका अधिकांश शिक्षकहरूले पत्र अझै बुझेका छैनन् । सरुवा भएका शिक्षकहरू पत्र बुझ्न नआएपछि हुलाकमार्फत पत्र पठाउने तयारी भएको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार सरुवा भएका १५ जना शिक्षकले मात्र पत्र बुझेका छन् ।
बुद्धभूमिबाट देखिएको सूर्यास्त
बुद्धभूमि ५ राजपुरमा साँझ परेपछि साइकल लिएर घर फर्किदै गरेका बालक।
कार्य सम्पादनमा तिलोत्तमा नगरपालिका उत्कृष्ट
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यसम्पादन उत्कृष्ट ठहरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदनअनुसार नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो ।
सिद्धार्थ क्याम्पसलाई प्रदेशकै नमुना बनाउने प्रतिबद्धता
कपिलवस्तुको सिद्धार्थ क्याम्पसलाई लुम्बिनी प्रदेशको नमुनाको रुपमा विकास गरिने अध्यक्ष डम्मर शर्माले बताउनुभएको छ । क्याम्पसको १२ औँ सभाबाट अध्यक्ष चयन हुनुभएका शर्माले उच्च शिक्षा अध्ययन गर्न रुपन्देही पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी शिक्षाको गुणस्तरमा सुधार ल्याउने दाबी गर्नुभयो ।
पर्यटन प्रवर्धन गर्न मल्लरानी फुड फेस्टिबल सुरु
सदरमुकाम खलङ्गाको शिर मल्लरानीको पर्यटन प्रवर्धन गर्न मल्लरानी फुड फेस्टिबल खाना महोत्सव सुरु भएको छ । महोत्सवको प्रतिनिधि सभा सदस्य सूर्य थापाले आज उद्घाटन गर्नुभयो ।
कृष्णनगर नाका हुँदै प्रवेश गरेका १० जनामा कोरोना
कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना देखिएको छ । पछिल्लो २ सातामा ४४० जनाको कृष्णनगर नगरपालिकामा रहेको हेल्थ डेस्कमा एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो ।
युवा सङ्घको अध्यक्षमा थेबे सर्वसम्मत
नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा चैत २७ गतेदेखि जारी महाधिवेशनले बिहीबार थेबेको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
बेसहराको सहारा बन्दै नगरपालिका
तानसेन नगरपालिका बेसहाराका लागि सहारा बनिरहेको छ । मानवीयताको कुनै सीमा नहुने भन्दै तानसेन नगरपालिकाले बेसहारा जीवन बिताइरहेका बृद्धबद्धाको उद्धार गरेको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले जानकारी दिनुभयो ।
जनता आवास निर्माणमा कमसल इट्टा प्रयोग
कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भइरहेको जनता आवास भवनमा कमसल सामग्री प्रयोग भएको पाइएको छ । लुम्बिनी प्रदेश सरकारको योजनामा निर्माण हुन लागेका ती भवनमा प्रयोग गरिएका इँटा कमसल भएको स्थानीय अगुवाहरूको भनाइ छ ।
कोहलपुरमा दश तले भ्यूटावरको निर्माण
पश्चिम नेपालको मुख्य ट्रान्जिटको रूपमा रहेको कोहलपुरमा काठमाडौंको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावरको निर्माण सम्पन्न भएको छ ।
जमुनाहा नाकाबाट एक वर्षमा ५०७ महिला र बालबालिकाको उद्धार
खुला सिमानाको लाभ उठाउँदै नेपालका महिला तथा बालबालिकालाई ललाई फकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्याउने कार्य निरन्तर जारी छ ।
चिकित्सक नहुँदा बिरामीलाई सास्ती
दाङको बङ्गलाचुली गाउँपालिका–४, कमिरेचौरमा रहेको ‘बङ्गलाचुली अस्पताल’ विगत सात महिनादेखि चिकित्सकविहीन बनेको छ। अस्पतालमा कार्यरत डा. वसन्त शाह अध्ययनका लागि बाहिर गएपछि अस्पताल डाक्टरविहीन हुन पुगेको हो। अस्पतालमा चिकित्सक नहुँदा बिरामीलाई स्वास्थ्य उपचारमा समस्या परेको छ।
दाउरा प्रयोग गर्ने परिवार घट्दै
लुम्बिनी प्रदेशमा खाना पकाउन दाउराको प्रयोग गर्ने घरपरिवारको सङ्ख्या घट्दै गएको देखिएको छ। राष्ट्रिय जनगणना–२०६८ अनुसार लुम्बिनी प्रदेशमा ७१ प्रतिशत घरपरिवारले खाना पकाउन दाउरा प्रयोग गर्थे। त्यसको १० वर्षपछि राष्ट्रिय जनगणना–२०७८ अनुसार लुम्बिनी प्रदेशमा खाना पकाउन दाउरा प्रयोग गर्ने घरपरिवारको सङ्ख्या करिब १८ प्रतिशतले घटेर ५३ दशमलव ६८ प्रतिशतमा झरेको छ।
लोकस्टार शनी विश्वकर्माको गीत टिकटकमा रुचाइदै
नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्बम ‘खर काटेर’ टिकटकमा अत्यधिक रुचाइएको छ । लोकस्टार शनी विश्वकर्मा र करुणा ओलीद्वारा स्वरबद्ध लोक दोहोरी गीति एल्बम ‘खर काटेर’ रिलिज अगावै टिकटकमा अत्यधिक रुचाइएको हो ।
सञ्चारका लागि वडा कार्यालयलाई वाकीटकी
तुलसीपुर उपमहानगरपालिकाले विपद्का समयमा सञ्चार पहुँच बनाउनका लागि १९ वटै वडामा वाकीटकी वितरण गरेको छ ।
ग्यास सिलिन्डर चुहिएर घरमा आगलागी
कपिलवस्तुको यशोधरा गाउँपालिका –८ मधुनगरमा आगलागी हुँदा २ लाख ७० हजार बराबरको क्षति भएको छ ।
विनाकुमारीलाई एक लाखको सर्वोत्कृष्ट उद्यमी पुरस्कार
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट उद्यमी घोषणा गरी सम्मानित गरिएको छ ।
मुसिकोटमा मह दिवस मनाइँदै
आगामी वैशाख ४ गते गुल्मीको मुसिकोट नगरपालिका वडा ८ र ९ मा मह दिवस मनाइने भएको छ । यहाँ रहेको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत मह दिवस मनाउन लागिएको हो ।
ठेक्का हस्तान्तरण नहुँदा ४२ सडक निर्माणका आयोजना अलपत्र
रुपन्देहीका ३४ र नवलपरासी पश्चिमका ८ गरी ४२ सडक निर्माणका आयोजनाहरू अलपत्र परेका छन् । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका ४२ सडक निर्माणका आयोजनाहरू अलपत्र परेका हुन् ।
चन्द्रौटामा २१ करोडको लागतमा प्रदेश सरुवा रोग अस्पताल
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ ।
ग्रामीण अल्ट्रासाउण्डले आमा र बच्चाको जोखिम घटाउँदै
मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले सञ्चालन भएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी देखिएको छ । गर्भवती महिलाहरूको गाउँमै पुगेर अल्ट्रासाउण्ड गर्दा गर्भमा रहेको बच्चाको अवस्था थाहा हुने भएकाले जोखिम कम भएको हो ।
अफिम खेती गर्ने एक जना पक्राउ
अफिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले भूमे गाउँपालिका–९ दुधे पोखराका सोही ठाउँमै अफिम खेती गर्ने ४४ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
जुँगे महादेव मन्दिर पुनर्निर्माण गरिने
नेपालगञ्ज उपमहानगरपालिका –२ स्थित प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनर्निर्माण गर्न लागिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनर्निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरेपछि टेन्डर आह्वान भई काम सुरु भएको छ। जुङ्गे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि रहेको छ। मन्दिर पुनर्निर्माणका लागि तालको पानी सुकाइएको छ। मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ।