रानीमहलमा यसै महिना बीच भलिबल हुने
राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता वैशाख २८ देखि ३० गतेसम्म पाल्पाको रानीमहलमा हुने भएको छ ।
जिल्लाभरि वनमा डढेलो, निभाउन समस्या
लामो समयको खडेरीले जिल्लाभरि डढेलो लाग्नेक्रम बढेको छ । पछिल्लो समय सुख्खा खडेरीका कारण डढेलोको घटना बढेको हो । खडेरीले जिल्लाभरिका सामुदायिक, सरकारी तथा निजी वनमा डढेलो लागेको छ ।
खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन सुरु
नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन सुरु गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई घरधुरी सर्वेक्षणमार्फत खोजेर खोप लगाउन सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
फुसको छानारहित पालिका बनाउने अभियान सुरु
बाँकेको खजुरा गाउँपालिका भित्रका सबै फुसको घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित बनाउने अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
रुपन्देहीका ८ मस्जिदमा फलफूल वितरण
मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जिदमा फलफूल वितरण गरिएको छ ।
बाटो भासिएपछि भिरमा पक्की पुल निर्माण
रुकुम पूर्वको सिस्ने गाउँपालिका –२ को मान्द्रे भिरमा पक्की पुल निर्माण गरिएको छ । गत वर्षको वर्षायाममा भासिएको बाटोमा हालै पुल निर्माण गरिएको हो ।
गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु
गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका –३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिसन अस्पताल, पाल्पामा मृत्यु भएको हो ।
भर्नाका नाममा चर्को शुल्क
रुपन्देहीका संस्थागत विद्यालयले पुराना विद्यार्थीको नवीकरणबापत पनि चर्को शुल्क असुल्न थालेका छन् । एक पटक भर्ना भएका विद्यार्थीलाई भर्नाका नाममा फेरि चर्को शुल्क असुलेपछि अभिभावकले आर्थिक मन्दीका बेला विद्यालयले आर्थिक रूपमा बोझ पार्ने काम गरेको गुनासो गरेका छन् ।
मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीलाई सत्ता साझेदार दलहरूले दिएको विश्वासको मत गत चैत १२ गते फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले वैशाख ११ भित्रै विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
मापदण्ड विपरितका सडकपेटी भत्काइँदै
गुल्मीको तम्घासमा मापदण्ड विपरितका सडकपेटीहरु भत्काउन सुरु गरिएको छ । रेसुंगा नगरपालिका –२ बाघमारेको बेरियल चोकबाट मापदण्ड विपरितका सडकपेटीहरु भत्काउन सुरु गरिएको हो ।
सेनाको गोरखा-जितगढी पदयात्रा
नेपालको ऐतिहासिक सम्पदाहरु तथा घटनाक्रमको संरक्षण‚ सम्बर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले चैत्र २९ गतेदेखि सुरु भएको नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा बिहीबार सकिएको छ ।
प्रधानमन्त्रीसहित शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न बारामा
सत्ता गठबन्धनका शीर्ष नेता वैशाख १० गते हुने उपनिर्वाचनको चुनावी सभामा सक्रिय भएका छन् । बुधबार तनहुँ पुगेका शीर्ष नेता आज बारामा आइपुगेका छन् ।
कपिलवस्तुमा आगलागी, २६ घर टहरामा क्षति
कपिलवस्तुमा दैनिक आगलागीका घटना हुनेगरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा (लु) चलेपछि आगलागीका घटना समेत बढेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ।
जितगढी उत्सवमा नेपाल अंग्रेज युद्धको स्मरण
नेपाल–अंग्रेजबीच भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुसीयालीमा बिहीबार बुटवलमा जितगढी उत्सव गरिएको छ । वि.सं. १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो ।
परम्परागत सीपतर्फ आकर्षित हुँदै युवा पुस्ता
बंगलाचुली गाउँपालिका –३ भेडाबारी निवासी लालबहादुर राना मगर काठ तथा घर निर्माणको काम गर्दै आउनुभएको छ ।
ठूलावेशीमा आँखा उपचार केन्द्र स्थापना
प्युठानको गौमुखी गाउँपालिका –५ स्थित ठूलावेशीमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारको व्यवस्थापन र गौमुखी गाउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।
अदालतको आदेश : पाल्पा दरबार क्षेत्रका संरचना भत्काउन रोक
तानसेन नगरपालिकाले हिजो (बुधबार) बाट सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ ।
करिब पाँच किलो सुनका गरगहनासहित दुई पक्राउ
नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
झारफुकका नाममा यातना दिने पुर्पक्षका लागि थुनामा
झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
भेरी अस्पतालको नयाँ भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित
गत भदौ २३ गते भेरी अस्पताल नेपालगञ्जको ओपिडी भवनको निर्माण अवस्थाबारे जानकारी लिन पुग्नुभएका तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्माण व्यवसायीले मङ्सिर २३ गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
दाङमा श्रीमतीको शव गाडेको अवस्थामा फेला, श्रीमान् फरार
दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ । घोराही उपमहानगरपालिका –१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै कटहरको रुख नजिक गाडेको अवस्थामा प्रहरीले बुधबार फेला परेको हो ।
‘भिटामिन ए’ अभियान: गुणस्तरमा शङ्का लागेपछि अभियान स्थगित
लुम्बिनी प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुलको गुणस्तरमा शङ्का लागेपछि बुधबारदेखि सुरु हुने राष्ट्रिय भिटामिन ‘ए’ अभियान बाँके जिल्लामा स्थगित गरिएको छ। प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुलको म्याद अप्रिल २०२३ सम्म मात्र रहेको र केही बट्टामा क्याप्सुलको रङ फरक भइसकेको पाइएको जानकारी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा गराइएको थियो। मन्त्रालयले पत्र पठाएर सो अभियान स्थगित गर्न निर्देशन दिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
वास्तविक नाम गुमाएका गाउँबस्ती
जिल्लाका पुथाउत्तरगङ्गा र भुमे गाउँपालिकास्थित विभिन्न गाउँको नाम दैनिक व्यवहार र जनजिब्रोमा एकथरी र सरकारी कागजपत्रमा अर्काे नामले परिचित हुन थालेका छन्।
अव्यवस्थित घरटहरा भत्काउन सुरु
पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ । बुधबार बिहानदेखि नै ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घरटहरा तानसेन नगरपालिकाद्वारा डोजर लगाएर हटाउने कार्य सुरु भएको छ ।