६५ करोडको लागतमा नयाँ उद्योग
उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निर्यातमुखी उद्योगलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । नेपालगञ्ज उप–महानगरपालिका –१८ मा रहेको स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बुटवल मेला: हस्तकला प्राथमिकतामा
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलामा कृषि, महिला उद्यमी तथा हस्तकलालाई विशेष प्राथमिकता दिइने भएको छ ।
मायादेवी मन्दिरमा लुम्बिनी लायन्सको जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले लुम्बिनीको मायादेवी मन्दिरमा खेलाडीले लगाउने जर्सी सार्वजनिक गरेको छ ।
उत्कृष्ट करदाताको रूपमा लुम्बिनी मेडिकल कलेज सम्मानित
सरकारले उत्कृष्ट करदाताको रूपमा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रालिलाई सम्मान गरेको छ ।
गुल्मीमा दीर्घरोगीका बिरामी खोज्दै स्वास्थ्य कार्यालय
गुल्मीमा ४० वर्ष उमेर कटेका सुगर, उच्च रक्तचाप र मिर्गौलाका बिरामीहरूको स्क्रीनिङ गर्न लागिएको छ ।
अर्थिङ्ग टावर स्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र
जिल्लाको गौमुखी गाउँपालिका क्षेत्रमा चट्याङको जोखिम कम गर्न सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापनाको माग राखिएको छ ।
नेपालगन्जबाट यातायात कार्यालय सर्ने हल्ला मात्र हो: मन्त्री न्यौपाने
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्जबाट यातायात कार्यालय सर्न लागेको हल्ला मात्र भएको बताउनुभएको छ ।
‘प्रदेशको समृद्धि र विकासका एजेन्डा स्थापित’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेन्डा स्थापित गर्न सफल भएको बताउनुभएको छ ।
नदीजन्य पदार्थ उत्खननका लागि सिफारिस
दाङमा नदीजन्य पदार्थ उत्खननका लागि ३१ स्थानमा सिफारिस गरिएको छ ।
पालिकामा हुलाक, घट्दै सेवाग्राही
पाल्पाका आठ वटा स्थानीय तहमा पालिकास्तरीय हुलाक कार्यालय सञ्चालनमा आएका छन् । जिल्लाभर रहेका १३ वटा इलाका हुलाक कार्यालय खारेज गरिएपछि पाल्पाका आठ पालिकामा हुलाक कार्यालय स्थापना गरिएको हो ।
पुल बनेपछि स्थानीय खुसी
रुपन्देहीको गैँडहवा गाउँपालिका–९, सुखौली र किसुली गाउँ जोड्ने इन्गुरिया खोलामा पुल निर्माण भएपछि स्थानीयलाई ठुलो सुविधा पुगेको छ ।
भेडा जुधाएर बहादुरी प्रदर्शन
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका विभिन्न स्थानहरुमा स्थानीय मेला सुरु भएको छ । जानकी गाउँपालिका वडा ५, बेलहरीस्थित गुरुवागाउँ मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।
घोराहीमा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप
दाङको घोराहीमा प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ सुरु भएको छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो संघको सहयोगमा च्याम्पियनसिप सुरु भएको हो ।
खेलकुद प्रतियोगितामा महिला समूहको पञ्चेबाजा
दाङको तुलसीपुर उपमहानगरपालिका ४ मा आयोजित वडास्तरीय खेलकूद प्रतियोगितामा आज स्थानीय पैरवी महिला समूहले प्रस्तुत गरेको पञ्चेबाजा ।
चिच्याएर वर माग्न भक्तजनको भिड
चिच्याएर वर माग्नका लागि पाल्पाको सत्यवतीमा भक्तजनको भिड लागेको छ । चार दिन अघिदेखि लागेको वर माग्ने मेलामा सहकारी हुन लाखौँ भक्तजन सत्यवती पुगेका छन् ।
शुद्धोधनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि कपिलबस्तुको शुद्धोधन गाँउपालिका-१ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
रामघाट मेलामा भक्तजनको घुइँचो
कपिलवस्तुको ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। शुक्रबार वाणगङ्गा नदीको रामघाटमा लाग्ने मेला भर्न बिहीबार रातिदेखि हजारौँ भक्तजन उपस्थित भएका हुन्। मेलामा टाढा टाढाबाट भक्तजन आएका छन्।
प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर रु. एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आउनुभएका उहाँ गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिनुहुन्छ ।
पुथाउत्तरगङ्गामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र समेत रहेको तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
स्वास्थ्य बिमा गर्नेको आधा रकम गाउँपालिकाले तिर्ने
कपिलवस्तुको विजयनगर गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका परिवारहरूलाई स्वास्थ्य बिमामा सहुलियत दिने योजना ल्याएको छ ।
सम्झौता भएको आठ वर्षमा पनि बनेन माडी नदी पुल
जिल्लाको एउटा पक्की पुल सम्झौता भएको आठ वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।
डिएपी मलको माग उच्च
गहुँ छर्ने सिजन सुरु हुन लागेसँगै बाँकेमा डिएपी (रासायनिक मल)को माग उच्च भएको छ । माग अनुसार डिएपी मल वितरण हुन नसक्दा किसानले आवश्यक डिएपी मल पाउन सकेका छैनन् ।
अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु
पाल्पाको रामपुरमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ ।
सल्ले विमानस्थल
रुकुम पश्चिम, कात्तिक ३० गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित सल्ले विमानस्थल आसपासको दृश्य । तस्बिरः रासस