• ७ मंसिर २०८१, शुक्रबार

घोराहीमा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप

blog

प्रथम गोर्खा नगरस्तरीय च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दै खेलाडीहरु । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक ३० गते । दाङको घोराहीमा प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ सुरु भएको छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो संघको सहयोगमा च्याम्पियनसिप सुरु भएको हो ।

प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिपको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरणदाज गौतमले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि गौतमले राष्ट्रको पहिचानसँग जोडिएको खेलकुद क्षेत्रको विकासका लागि स्थानीयस्तरबाटै हुन आवश्यक रहेको बताउनुभयो । 

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले व्यक्तिगत स्वास्थ्यसँगै अनुशासन र आत्मसुरक्षाका लागि हाप्किडो खेल महत्वपूर्ण रहेको बताउनुभयो । 

कात्तिकको ३० र मंसिरको १ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा  घोराही नगर क्षेत्रका ३४ विद्यालयका खेलाडीको सहभागीता रहेको प्रतियोगिता संयोजक तथा गोर्खा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक विशाल थापाले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका –१४ स्थित गोर्खा ईन्टरनेशल पव्लिक सेकेण्डरी स्कुलको खेल मैदानमा भएको प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैमा समान १६–१६ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

जसअन्तर्गत २० केजी मुनि, २४ केजी मुनि, २८ केजी मुनि, ३२ केजी मुनि, ३६ केजी मुनि,४० केजी मुनि,४४ केजी मुनि, ४८ केजी मुनि, ५२ केजी मुनि, ५६ केजी मुनि, ६० केजी मुनि,६४ केजी मुनि,६८ केजी मुनि, ७२ केजी मुनि, ७६ केजी मुनिर ७७ केजीमाथि तौल समूहमा प्रतिष्पर्धा गर्ने संयोजक थापाले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले ट्रफिसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।