औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव छैन : कार्यवाहक सभापति खड्का
उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताउनुभएको छ ।
समाजवादी मोर्चा प्रतिगामीका लागि युद्धको घोषणा हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुकाबिला गर्न समाजवादी मोर्चा बनेको होइन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताउनुभएको छ । आज मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्न सक्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू देश र जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आज भएको ट्रेड युनियन कांग्रेसको ७ औँ महाधिवेशनमा उहाँले सो टिप्पणी गर्नुभएको हो ।
मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड : नेता चन्द
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ ।
समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस् : नेता खनाल
पूर्व प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरूलाई आग्रह गर्नुभएको छ ।
अग्ला टावर निर्माण गरेर देश समुन्नत हुँदैन : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला टावर र ठुला एयरपोर्ट निर्माणले देश समुन्नत नबन्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद
सत्तरुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ ।
बाढीपहिरो पीडितको राहत तथा उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बाढीपहिरोबाट सङ्खुवासभाको तुम्लिङटार र ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा ठूलो जनधनको क्षति भएको भन्दै राहत तथा उद्धारमा सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ ।
समाजवादी मोर्चा नेपालको घोषणा प्रक्रिया सुरु
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा नेपालको घोषणा प्रक्रिया सुरु भएको छ ।
परियोजना स्वीकृतिलाई सहज बनाउन एआइएनको आग्रह
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको नेटवर्क (एआइएन) ले परियोजना स्वीकृतिलाई सहज बनाउन आग्रह गरेको छ ।
काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न हुन्छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने बताउनुभएको छ ।
सिकलसेल नियन्त्रण गर्न विशेष अस्पताल निर्माणको पहलकदमी लिने मन्त्री मोदीको प्रतिबद्धता
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले सिकलसेल एनिमियाको न्यूनीकरण तथा नियन्त्रण र विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच सहमति बनेन
कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच भएको पहिलो वार्तामा सहमति बन्न सकेन । आज बिहानबाट प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा भएको वार्ता करिब ५ घण्टा चले पनि निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी नेताहरूको भनाइ छ ।
विद्युत प्राधिकरण नेपाली जनताप्रति जबाफदेही छैन : अध्यक्ष साह
आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताउनुभएको छ ।सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष साहले प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताउनुभएको हो ।
विद्युतको आन्तरिक खपत बढाउन सांसद विष्टको सुझाव
नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारी सञ्चार माध्यमले जनताको आवाज बोल्नुपर्छ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारी सञ्चार माध्यमहरुले जनताको आवाज बोल्नुपर्ने बताउनुभएको छ ।
समितिको सभापति तत्काल चयन गर्न सांसद श्रेष्ठको माग
नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठले सङ्घीय संसद्अन्तर्गतका विषयगत समितिहरूको सभापति तत्काल चयन गर्न माग गर्नु भएको छ ।
कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन माग
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको छ ।
विपद् जोखिम व्यवस्थापनबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय सुनसरीमा जनशक्ति तत्काल व्यवस्था गर्न माग
नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु
कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनमा सहभागी पहिचान पक्षधर समूह र कोशी प्रदेश सरकारबिच वार्ता सुरु भएको छ ।
खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढी पहिरोका कारण देशका विभिन्न भू-भागमा ठुलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढी पहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको बताउनुभएको छ।