खानेपानी ल्याउन श्रमदान गर्दै धरान उपमहानर प्रमुख राई
धरान उपमहानगर प्रमुख हर्कराज राईले खानेपानीको लागि पकुवा खोलामा श्रमदान गर्नुभएको छ।
कांग्रेसले गरेका कामको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताउनुभएको छ।
राप्रपा केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं, असार ४ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। असार ७, ८ र ९ गते बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। अर्को बैठकको मिति तोकिएको छैन। प्रवक्ता श्रेष्ठले अर्को बैठकको टुंगो छिट्टै लाग्ने शनिबार सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौं: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने बताउनु भएको छ ।
एमालेका जनप्रतिनिधिहरुको २० बुँदे संकल्प
नेकपा (एमाले) को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे संकल्प जारी गर्नुभएको छ । काठमाडौंमा जारी अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले शासक होइन, जनताका सेवक भएर काम गर्ने, आफू नेतृत्वमा रहेका पालिकाहरु सुशासन र सदाचारको नमूना बन्ने संकल्प गर्नुभएको हो ।
उत्पादनका कार्यक्रमलाई अब प्राथमिकता : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब चितवनमा उत्पादनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनुभयो ।
एमाले जसपा तालमेल : जिसस प्रमुखमा दिनेश महतोको उम्मेदवारी घोषणा
सिराहा जिल्ला समन्वय समितिको असार ६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीत तालमेल भएको छ । प्रमुख पदको लागि जसपाबाट दिनेश कुमार महतोले उम्मेदबारीको घाषणा गर्नु भएको छ । प्रमुख सहित तीन सदस्यीय जसपा र उपप्रमुख सहित चार सदस्यीय नेकपा एमालेले लिने गरी तालमेल भएको हो ।
एसपीपी सम्झौता खारेज हुन्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ‘एसपीपी’ सम्झौता खारेज हुने बताउनुभएको छ ।
एसपीपी नेपाललाई स्वीकार छैन : परराष्ट्र मन्त्री खड्का
स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपाललाई स्वीकार्य नभएको स्पष्ट पार्नुभएको छ । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा बोल्नुहुँदै परराष्ट्र मन्त्री नारायण खड्काले उक्त कुरा बताउनुभएको हो ।