ताप्लेजुङ जिल्ला समन्वय समितिमा गठबन्धन विजयी
जिल्ला समन्वय समिति ताप्लेजुङमा प्रमुखसहित सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ।
राप्रपाको बैठक असारमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
राज्य र पार्टीको संरचनामा श्रमिक प्रतिनिधित्व गर्न ट्रेड युनियन कांग्रेसको माग
नेपाली कांग्रेस निकट मजदूरहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टी र राज्यका नीति, निर्माण र निर्णय प्रक्रियाको सबै तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।
प्रधानमन्त्री देउवा र लोसपाका नेताहरुबीच छलफल
प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले भेटवार्ता गरी आफ्ना मागको स्मरण गराउनुभएको छ ।
एमालेको सचिवालय बैठक जारी
नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कर्यालयमा जारी रहेको छ । एमाले नेता सुवासचन्द्र नेम्वाङकाअनुसार तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा एवम् समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
नेपालमा लायन्स क्लबको योगदान महत्वपूर्ण छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ।
प्रमुख दलका कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा
कैलालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । आज टीकापुरमा आयोजित कार्यक्रममा काँग्रेस महासमिति सदस्य अरुण चौधरी, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीपकुमार चौधरी सो पार्टीमा प्रवेश गर्नुभयो ।
कमिटी पुनर्गठनको माग गर्दै ध्यानाकर्षणपत्र
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले पार्टी अध्यक्ष एवम् पार्टीका पदाधिकारी समक्ष केन्द्रीय कमिटी पुनर्गठनका लागि ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार पार्टी कार्यालयमा पुगेर अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुषाल, उपमहासचिव गंगाधर तुलाधर र विद्यार्थी ईन्चार्ज रामप्रमाद भट्टराईसमक्ष ध्यानाकर्षपत्र बुझाएको अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य टीकाराम भण्डारीले बताउनुभयो ।
कर्मचारीलाई सुरक्षाको पहुँचमा ल्याउनु आवश्यक छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक एवम् अनौपचारिक क्षेत्रका कर्मचारीलाई सुरक्षाको पहुँचमा ल्याउनु आवश्यक रहेको बताउनुभएको छ।