• १५ असोज २०८१, मङ्गलबार

कमिटी पुनर्गठनको माग गर्दै ध्यानाकर्षणपत्र

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २९ गते । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले पार्टी अध्यक्ष एवम् पार्टीका पदाधिकारी समक्ष केन्द्रीय कमिटी पुनर्गठनका लागि  ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार पार्टी कार्यालयमा पुगेर अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुषाल, उपमहासचिव गंगाधर तुलाधर र विद्यार्थी ईन्चार्ज रामप्रमाद भट्टराईसमक्ष ध्यानाकर्षपत्र बुझाएको अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य टीकाराम भण्डारीले बताउनुभयो ।

अनेरास्ववियूमा ३२ बर्षको उमेरहदबन्दी र पदाधिकारी रहन कम्तीमा स्नातक पूरा गरेको शैक्षिक योग्यता कायम गर्न तथा उमेर र शिक्षाको हदबन्दीले नेतृत्वबाट बिदा लिनुहुने सबैलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्न पनि ध्यनाकर्षणपत्रमर्फत आग्रह गरिएको छ ।