एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता
काठमाडौं, साउन २४ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रयोजनका लागि एमालेले मङ्गलबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । दल दर्ताका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठलगायत नेताहरु निर्वाचन आयोगमा पुग्नुभएको थियो। आयोगमा पत्रकारसँग कुरा गर्नु हुँदै एमाले महासचिव शङ्कर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ। आयोगमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा स्वीकार्य भए पनि चुनावमा गठबन्धन गरेर जाने कुरा नहुने उहाँले प्रष्ट पार्नुभयो।महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोपसमेत लगाउनुभयो। उहाँले एमालेले पार्टीको नीतिसँग सहमत हुने दलसँग मात्र तालमेल गर्ने बताउनुभयो। ‘‘नेकपा (एमाले) आफ्नो नीतिको आधारमा अघि बढ्छ। आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्छ। आफ्नो नीतिलाई छोडेर कुनै पनि प्रकारको गठबन्धनको पक्षमा एमाले छैन’’, उहाँले भन्नुभयो।महासचिव पोखरेलले एमालेले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पार्नुभयो।
गठबन्धनमा समान ढङ्गले सिट बाँडफाँट हुनुपर्छ : नेता खनाल
नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढङ्गले सिट बाँडफाँड हुनुपर्ने बताउनुभएको छ ।
एमालेले सुझाव सङ्कलन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश समितिले पार्टीप्रति बौद्धिक वर्गको धारणा बुझ्न सुझाव सङ्कलन गर्ने भएको छ । ललितपुरमा सोमबार बसेको सचिवालय बैठकले बागमती प्रदेशका सबै जिल्लामा पुगेर बुद्धिजीवीले एमालेलाई कसरी हेरिरहेका छन् भनेर त्यसबारे सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो ।
सत्ता गठबन्धन कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौला
सत्ता गठबन्धनको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तोकिनु भएको छ ।
सिट बाँडफाँट समयमै टुङ्गो लगाउनुपर्छ : कांग्रेस पदाधिकारी
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारीकाे सोमबार बसेको बैठकमा आगामी निर्वाचन सम्बन्धमा छलफल भएको छ ।
राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति नै विकासको बाधक : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको विकास हुन नसक्नुमा राजनीतिज्ञले सर्वज्ञाता बन्ने प्रवृत्ति नै मुुख्य बाधक भएको बताउनुभएको छ । डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको आयोजनामा चन्द्रगढीमा सम्पन्न मुलुकको समसामयिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
सत्तारुढ पाँच दलीय कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको ढाँचासहित सुझाव दिन गठित सत्तारुढ पाँच दलीय कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ ।
कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी
सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
छ दल दर्ता
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन आइतबार छवटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। निर्वाचन आयोगले आगामी आम चुनावमा सहभागी हुन राजनीतिक दल दर्ता गर्न साउन २२ गतेदेखि ३१ गतेसम्मको समयसीमा निर्धारण गरेपछि आइतबारबाट दल दर्ता प्रक्रिया सुरु भएको हो।