समाजवादीको केन्द्रीय परिषद् बैठक : राजनीतिक र सांगठनिक प्रतिवेदन पारित
नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद्को बैठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ।
जपेर बस्न “जबज” माला होइन, कार्यान्वयन गरौं - अध्यक्ष ओली
काठमाडौं, असार १४ गते। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद “जबज” को सिद्धान्त जप्ने माला मात्रै नभई यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ। काठमाडौंमा मंगलबार स्वर्गीय जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्ती समारोह तथा मदन भण्डारी पुरस्कार हस्तान्तरण कार्यक्रममा उहाँले भण्डारीद्वारा प्रतिपादन सिद्धान्त “जबज” मा सामाजिक विकास, रुपान्तरण र परिवर्तनको सैद्धान्तिक स्पष्टता रहेको बताउनुभएको हो। भण्डारीको स्मरण गर्नुहुँदै उहाँले कतिपयले जबजमा समाजवादको परिकल्पना नगरेको भने पनि भोलिका दिनमा यही सिद्धान्तले मार्गदर्शन गरिरहन्छ भन्ने होइन तर मौजुदास्थितीमा समाजवादमा कसरी पुगिन्छ भन्ने कुरा त्यहाँ उल्लेख गरिएको बताउनुभयो।उहाँले भन्नुभयो, “सामाजिक न्याय, समानता, सामाजिक उत्थान, अन्धविश्वासबाट वैज्ञानिक चेतना मानिसमा आउनुपर्यो। दास मनोवृत्तिबाट बाहिर आएर प्रतिस्पर्धा, समानताको चेतना विकसित हुनप¥यो। कुलीन घरानाको जन्मदै राजा हुने परिपार्टी स्वीकार्ने तर प्रतिस्पर्धाबाट जनता आएको अस्वीकार हुने यस्तो चेतना समाजमा छ। यो समाजवादी होइन, पछौटे र सामन्ती चेतना हो।”लोकतन्त्र भनेको दल खोल्न पाउनुपर्ने, प्रतिस्पर्धा गर्न पाउनुपर्ने मात्रै नभई सबै प्रकारको असमानताको अन्त्य सामाजिक न्यायको विषय रहेको प्रष्ट पार्नुभयो। लोकतन्त्रले राज्यमा सुशासनका निम्ति हुनुपर्ने भन्नुहुँदै उहाँले स्वार्थ र बाह्य घुसपेठ हुँदा समस्या पैदा हुने गरेको उल्लेख गर्नुभयो।“राष्ट्रियताको सवाल मान्छेले यति सस्तो बनाएका छन्। पटक-पटक भनिरहेका छन्, स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) केपी ओलीलको समयमा ल्यायो भनेर अन्तर्राष्ट्रिय रुपमा ढाँटिरहेका छन्। वास्तवमा गल्ती भयो भने गल्ती भयो भन्दा भइहाल्छ, स्वीकार्न पाइन्छ, सकिन्छ। राष्ट्र, राष्ट्रियता भूगोलदेखि समाज सबैको पक्षको हितमा तलमाथि हुन नपाओस्”, ओलीले भन्नुभयो।एसपीपी सम्झौता यदि आफ्नै कार्यकालमा भएको भए पनि त्यो गलत भएको तर आफूलाई जानकारी नभएको भन्दै त्यो पत्रमाथि नै उहाँले आशंकासमेत व्यक्त गर्नुभएको छ। त्यो सम्झौता नेपालको परराष्ट्र सम्बन्धनमा असंलग्नताको नीति विपरीत भएको भन्नुहुँदै उहाँले सो नीतिलाई गम्भीर घाटा पार्न खोजिएको आरोप लगाउनुभयो। भण्डारीको स्मरण गर्नुहुँदै उहाँले जबजले राष्ट्रियताप्रति दृढता व्यक्त गरेकाले नै चुच्चे नक्सा प्राप्त भएको स्मरण गराउनुभयो।“जबज जप्ने माला होइन, कार्यान्वयन गर्ने हो। त्यसलाई सम्झदै सिर्जनशील र व्यवहारिक ढंगले अगाडि बढ्नुपर्छ। शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, विज्ञान, प्रविधि, मानव अधिकार, न्याय, समानताको क्षेत्रमा यसको कार्यान्वयन गर्दै अगाडि बढौं”, उहाँले भन्नुभयो।
टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा
नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ।
वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” पार्टी घोषणा
वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” नामक नयाँ पार्टीको घोषणा भएको छ।
‘‘मुलुक बनाउन प्रधानमन्त्री र मन्त्री मात्र इमानदार भएर हुँदैन’’
काठमाडौं, असार १४ गते। शहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुक बनाउन प्रधानमन्त्री र मन्त्री मात्रै इमानदार भएर नहुने बताउनुभएको छ। मङ्गलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो। उहाँले सबै नागरिक र कर्मचारी पनि इमानदार हुनुपर्नेमा जोड दिनुभयो। मन्त्री चौधरीले भन्नुभयो, ‘‘यो देश जोगाउनका लागि सबैले आ-आफ्नो योगदान गरौं। हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री, मन्त्री इमान्दार भएर मात्रै पुग्दैन। सबै नागरिक र कर्मचारी पनि इमानदार हुनुपर्छ।’’ मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमानदारीसाथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताउनुभयो।मघ्सिर २१ गते निर्वाचन घोषणाको तयारी मन्त्री चौधरीले सरकारले आगामी मङ्सिर २१ गते सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘‘निर्वाचन मैले ठ्याक्कै भन्न सक्दिन। तर, मङ्सिरको २१ गते हुनेगरी सरकारले अबको दुई/तीन महिनापछि सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्छ।’’उहाँले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भए पनि दुई÷तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको प्रष्ट पार्नुभएको हो।
मन्त्रिपरिषद् बैठक आज बस्दै
मन्त्रिपरिषद् बैठक मङ्गलबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
वामदेवको नयाँ दल घोषणा आज : ६९ सदस्यीय केन्द्रीय समिति बन्यो
नेकपा (एमाले)का पूर्व उपाध्यक्ष वामदेव गौतमले आज औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्नुहुने भएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी घोाषणा गर्न लाग्नु भएको हो ।
एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा: उपमहासचिव ज्ञवाली
नेकपा (एमाले)को उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा हुने बताउनु भएको छ ।
जबज र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल, रूपन्देही शाखाले सोमवार तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभयो ।