• २३ असार २०८१, आइतबार

‘‘मुलुक बनाउन प्रधानमन्त्री र मन्त्री मात्र इमानदार भएर हुँदैन’’

blog

काठमाडौं, असार १४ गते। शहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुक बनाउन प्रधानमन्त्री र मन्त्री मात्रै इमानदार भएर नहुने बताउनुभएको छ। मङ्गलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो। उहाँले सबै नागरिक र कर्मचारी पनि इमानदार हुनुपर्नेमा जोड दिनुभयो। 

मन्त्री चौधरीले भन्नुभयो, ‘‘यो देश जोगाउनका लागि सबैले आ-आफ्नो योगदान गरौं। हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री, मन्त्री इमान्दार भएर मात्रै पुग्दैन। सबै नागरिक र कर्मचारी पनि इमानदार हुनुपर्छ।’’ 

मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमानदारीसाथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताउनुभयो।

मघ्सिर २१ गते  निर्वाचन घोषणाको तयारी 

मन्त्री चौधरीले सरकारले आगामी मङ्सिर २१ गते सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ। 

उहाँले भन्नुभयो, ‘‘निर्वाचन मैले ठ्याक्कै भन्न सक्दिन। तर, मङ्सिरको २१ गते हुनेगरी सरकारले अबको दुई/तीन महिनापछि  सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्छ।’’

उहाँले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भए पनि दुई÷तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको प्रष्ट पार्नुभएको हो।