जाजरकोटमा दुई पालिकामा काँग्रेस र एक नगरमा माओवादीकाे विजय
जाजरकोटको नलगाड नगरपालिकाको नगर प्रमुखमा डम्बरबहादुर रावत, कुशे गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार हरिचन्द्र बस्नेत, शिबालय गाउँपालिकामा शेरबहादुर शाही विजय हुनुभएको हो । नलगाड नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत विजय हुनु भएको छ । उहाँले ५ हजार ५९९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत प्राप्त गर्नु भएको थियो ।
लुम्बिनीको सुरक्षा व्यवस्थापकलाई गृहमन्त्रीको धन्यवाद
गृहमन्त्री बालकृष्ण खाणले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा भएको भ्रमणमा सरकारका विभिन्न निकायले गरेको सुरक्षा प्रबन्ध र व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर चिनाउन योगदान गर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर परिचित तुल्याउन योगदान पुर्याउने बताउनुभएको छ।
ललितपुर महानगरको दुई वडामा एस र एकमा स्वतन्त्र उम्मेदवार विजयी
काठमाडौं, जेठ २ गते। ललितपुर महानगरपालिकाको वडा नम्बर २ र वडा नम्बर ३ मा नेकपा .एकीकृत समाजवादी) का उम्मेदवार विजयी हुनुभएको छ। ललितपुरको मतगणनास्थलबाट प्राप्त जानकारी अनुसार वडा नम्बर २ मा एकीकृत समाजवादीका राजेश महर्जन १८ सय ३० मतसहित विजयी हुनुभएको हो। उहाँको प्रतिस्पर्धी राजनीतिक दलहरु नेकपा (एमाले) को पक्षमा ६०४, नेपाली कांग्रेसको ५६० र नेकपा (माओवादी केन्द्र) को पक्षमा ४७ मत प्राप्त भएको छ। वडा नम्बर ३ मा एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवार श्रीगोपाल महर्जन एक हजार ८० मत प्राप्त गर्नुभएको छ। सो पदमा कांग्रेसको उम्मेदवारको पक्षमा ६२३ र एमालेको २७५ मत खसेको छ। यसैगरी, वडा नं। १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी हुनुभएको छ। निर्वाचन चिन्ह “पुतली” रहनुभएका तण्डुकारले ६६१ मत प्राप्त गनुहुँदा कांग्रेसका उम्मेदवारको ४२५ र एमालेको पक्षमा ३५१ मत प्राप्त भएको हो। यो मुख्य निर्वाचन अधिकृत कार्यालय, ललितपुरबाट आधिकारिक घोषणा हुन भने बाँकी छ।
भरतपुर महानगरपालिकामा पुनः दाहालको अग्रता
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ।
मुगुको कार्मारोङ गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
मुगुको कार्मारोङ गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा विजयी हुनुभएको छ। उपाध्यक्षमा भने नेकपा (एमाले)का छिरिङ पुटिक लामा विजयी हुनुभएको छ।
महानगर अपडेटः काठमाडौं प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता अगाडि
काठमाडौं, जेठ २ गते। काठमाडौं महानगर प्रमुखमा ६३ सय ९८ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ। प्रमुखमा नेकपा (एमाले)का केशव स्थापित ३३ सय ४७ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २९ सय ६७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। महानगरका निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५९२, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ५७३ मत ल्याउनुभएको जानकारी दिनुभयो।यसैगरी, प्रमुखमा निर्वाचन चिह्न तराजुमा ७७, मादलमा आठ, चक्का पाङ्ग्रोमा छ, कुखुराको भालेमा तीन, सुगामा तीन, आँपमा एक, गुलाफको फूलमा एक, खानेपानीको धारामा १७, कैंचीमा एक, लाल्टिनमा एक, क्यापमा २८, अर्नामा एक, तिल्हरीमा एक मत प्राप्त भएको छ। सोमबार साँझ ५ः४५ बजेसम्म १७ हजार ८०८ मतगणना हुँदासम्म सो मत प्राप्त भएको हो। महानगर उपप्रमुखमा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ सय ५५ मत प्राप्त गर्नुभएको छ। एमालेका सुनीता डङ्गोलले ६५ सय ५७ मत ल्याउनुभएको छ। उपप्रमुखमा निर्वाचन चिह्न तराजुमा २९३, हलोमा १३ सय ७८ पुतलीमा एक, खरायोमा दुई, भुइँकटरमा एक, आँपमा दुई, लौरोमा ७२५, खाने पानीको धारमा एक, कैंचीमा एक, मुढामा चार, जेब्रामा तीन, क्यापमा ४३ र आँखीझ्यालमा ४३ मत प्राप्त भएको खतिवडाले बताउनुभयो। भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहान साढे ९ बजेदेखि मतगणना जारी छ।
धार्मिक र सांस्कृतिक अनुभूति लिन नेपाल आउने गर्छु : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालको धार्मिक, सांस्कृतिक सम्पदाकै कारण बेग्लै अनुभूति लिन नेपाल आउने गरेको बताउनुभएको छ।
भक्तपुर नगर प्रमुखमा प्रजापति र उपप्रमुखमा जोशी विजयी
भक्तपुर नगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी हुनुभएको छ।