• १९ असोज २०८१, शनिबार

विपद्‍मा सहयोग गर्न निजी क्षेत्रसँग गृहमन्त्रीको आग्रह

blog

तस्बिर सौजन्य : राजेन्द्र चित्रकार

काठमाडौं, असार १४ गते। गृहमन्त्री बालकृष्ण खाणले विपद व्यवस्थापनमा क्षेत्रमा सरकार अत्यन्त गम्भीर भएर काम गरिरहेको बताउनु भएको छ। 

गृहमन्त्री खाणले आवश्यक प्राविधिक सहयोगसमेत लिने तयारीमा सरकार रहेको बताउनु हुँदै विपद्का अवस्थामा सहयोग र सहभागिताका लागि निजी क्षेत्रलगायतका सरोकारवालालाई आग्रह गर्नुभयो। 

राष्ट्रिय व्यावसायिक पहलद्वारा मङ्गलबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्रीले सरकार, दातृ निकायसँगको सहकार्यमा बृहत् कोष खडा गरेर आवश्यक प्राविधिक सहयोगसमेत लिने तयारीमा रहेको उल्लेख गर्नुभयो। 

उहाँले जुनसुकै विपद्का अवस्थामा सहयोग र सहभागिताका लागि निजी क्षेत्रलगायतका सरोकारवालालाई आग्रह गर्नुभयो।