राष्ट्रपतिसमक्ष चारमन्त्रीद्वारा मन्त्री पदको शपथ ग्रहण : आजै पदबहाली गर्दै
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चारजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रवेशद्वार निर्माणमा होडबाजी
विकास निर्माणभन्दा पनि प्रचारप्रसारमा सङ्घ तथा प्रदेशका सांसद र स्थानीय तहका प्रमुखहरु जुटेपछि बारामा अनावश्यक रुपमा करोडौँ रुपियाँ बजेट स्वागत द्वार निर्माणमा खर्चिएको छ ।
राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचन आवश्यक : महामन्त्री थापा
अमरराज नहर्कीतनहुँ, असार १२ गते। नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यकता देखिएको बताउनु भएको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर २ द्वारा आइतबार शुक्लागण्डकी ४ दुलेगौँडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। ‘‘प्रत्यक्ष निर्वाचन प्रणालीबाटै दलित, महिला, अल्पङ्ख्यकको उचित प्रतिनिधित्व कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरौँ होइन भने, कुनै एकल पार्टीको बहुमत सरकार नबन्ने हो’’, थापाले भन्नुभयो। अनिवार्य रुपमा गठबन्धन वा तालमेलमा जानुपर्ने महामन्त्री थापाको भनाइ थियो। सरकार निर्माणको लागि गठबन्धन र तालमेल भनेको भागबण्डा मात्र हो भन्दै गइयो भने नेपालको राजनीतिक व्यवस्थामाथि नै लगातार जनविश्वास गुम्दै जाने उहाँको भनाई थियो। उम्मेदवारको अलमल हटाउन साउनमै गठबन्धनको टुङ्गो लगाइने बताउनुभयो।‘‘कुन क्षेत्रमा लड्ने भन्ने अलमल हटाउन साउनको अन्तिम सातासम्ममा उम्मेदवार हुने वा नहुने टुङ्गो लगाउँछौं’’, महामन्त्री थापाले भन्नुभयो। सङ्घ तथा प्रदेशको चुनावको असारको अन्तिममा मिति घोषणा हुने र कात्तिक ३० निर्वाचन गर्ने तयारी रहेको जानकारी दिँदै महामन्त्री थापाले चुनाव लड्ने क्षेत्रको अलमल हटाउनमा साउमै टुङ्गो लगाइने बताउनुभयो।
एमाले आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको आर्थिक वर्ष २०७९–८० को बजेटले समग्र नेपालीको हितमा नदेखिएको आलोचना गर्नुभएको छ । यसअघिको सरकारले ल्याएको राम्रो कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता दिन नसकेको उहाँले गुनासो गर्नुभयो ।
मन्त्रिपरिषद्मा चार नयाँ अनुहार : शपथ सोमबार
हेरफेरपछि मन्त्रिपरिषद्मा प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहनुभएकाे छ। नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे ।
मन्त्रिपरिषद् हेरफेर (सूचीसहित)
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।
शहरी विकासमन्त्री झाँक्री भावुक हुँदै बिदा
काठमाडौं, असार १२ गते। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार साँझ औपचारिकरुपमा बिदा हुनुभएको छ। मन्त्रालयमा “फेरि भेटौंला” कार्यक्रम आयोयजना गर्नुहुँदै झाँक्री आठ महिना २० दिनको कार्यकालपछि बिदाई हुनुभएको हो।“सहयोग गर्ने सचिव, समग्र टिमप्रति धेरै धन्यवाद दिन चाहन्छु, काम गर्दै जाउला, सल्लाह, सुझाव दिने साथीहरु, मन्त्रालयको टिमलाई धन्यवाद दिन्छु”, उहाँले भन्नुभयो। बिदाई कार्यक्रममा भावुक बन्नुहुँदै झाँक्रीले पार्टीबाट निर्णय गरेर मन्त्री भएको तर पार्टीमा केही समयपछि साथीहरुले दिन गन्ती गर्न थाल्नुभएको गुनासो पोख्नुभयो। मन्त्री हेरफेरको विषय मिडियाबाट थाहा पाउनुपरेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो। झाँक्रीको नेतृत्वमा गरेका काम, कारबाही मन्त्रालयले सार्वजनिक गरेको छ।
सबल अर्थतन्त्रका लागि उत्पादन वृद्धि आवश्यक छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन-पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्ने बताउनुभएको छ।
सर्वोच्चको आदेशले सडक विस्तार रोकियो : मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारको काम रोकिएको बताउनुभएको छ।