• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिसमक्ष चारमन्त्रीद्वारा मन्त्री पदको शपथ ग्रहण : आजै पदबहाली गर्दै

blog

राष्ट्रपतिसमक्ष मन्त्री पदको शपथ ग्रहण गर्नुहुँदै नवनियुक्त मन्त्रीहरू । तस्बिर : सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चारजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 


राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हुनुहुन्छ । 

मन्त्रिपरिषद्मा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै मन्त्री पदको बहाली गर्नुहुने छ ।