शीर्ष पाँच नेताको भेटवार्ता : छलफललाई निरन्तरता दिने सहमति
काठमाडौं, असार १९ गते। तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व उपप्रधानमन्त्रीबीच सामूहिक भेटवार्ता भएको छ। साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यबीच आइतबार ललितपुरमा भेटवार्ता भएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ। ललितपुरको हात्तीवनस्थित एक निजी निवासमा भएको भेटमा वर्तमान राष्ट्रिय राजनीतिलगायत विविध विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालकी छोरी गांगा दाहालले जानकारी दिनुभयो। भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको उहाँको भनाइ छ। पाँच नेताबीचको भेटमा छलफललाई निरन्तरता दिने समझदारी भएको उहाँले प्रष्ट पार्नुभयो। ‘‘भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको छ’’, दाहालले फेसबुकमा लेख्नुभएको छ, ‘‘नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।’’
सञ्चारमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तबीच भेटवार्ता
गोरखापत्र अनलाइन काठमाडौं, असार १९ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ। आइतबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री कार्कीसँग नवनियुक्त राजदूत श्रीवास्तवले भेटवार्ता गर्नुभएको हो। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको सञ्चार मन्त्रीको निजी सचिवालयले जनाएको छ।
विष्णु पौडेलको संयोजकत्वमा एमालेले बनायो निर्वाचन छानबिन समिति
नेकपा (एमाले) को सचिवालय बैठकले स्थानीय निर्वाचन परेको उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा समिति गठन गरेको छ।
भारतद्वारा ७५ एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार
भारत सरकारले अनुदान सहायतास्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस दिएको छ।
च्यासलमा एमाले सचिवालय बैठक
नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ।
माओवादी केन्द्रीय समिति बैठक : अध्यक्षद्वारा नौ वटा विषय प्रस्तुत (भिडियोसहित)
नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा रिपोर्टिङ गर्नुभएको छ।
अनुभूति हुनेगरी आचारसंहिता कार्यान्वयन गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता एक हप्ताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ ।
प्रज्ञा भवनमा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
अछाममा पाँच दलद्वारा यातायात बन्द
बालक हत्या घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै अछाममा पाँच दलले जिल्लाभर चल्ने सवारी साधनमा रोक लाएका छन् । यातायातमा रोक लाउँदा जिल्लाभित्र र जिल्ला बाहिर चल्ने सवारी साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।