निर्वाचनमा तालमेल गरेर जाने सत्ता गठबन्धनबीच सहमति
पाँचदलीय सत्ता गठबन्धनबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।
कार्यकर्तालाई योगदानका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्छ : प्रवक्ता महत
काठमाडौं, साउन १९ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताउनुभएको छ।प्रवक्ता डा. महतले विहीबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै कांग्रेसले हरेक नेता कार्यकर्ताको योगदान, क्षमता, लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताउनुभएको हो।नेता डा महतले नुवाकोटका जनताले आवश्यक ठानेमा आफू नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्नेसमेत बताउनुभयो। “छहरे–टोखा सुरुङ मार्ग निर्माण, बालाजु–ककनी सडक निर्माणलगायत नुवाकोटको विकासका लागि धेरै काम गर्न बाँकी छ, नुवाकोटबाट प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने मेरो इच्छा छ”, उहाँले भन्नुभयो।पूर्वऊर्जामन्त्री डा. महतले आफ्नो कार्यकालमा नुवाकोटका अधिकांश स्थानमा विद्युतीकरण गरेको स्मरण गर्नुभयो। नुवाकोटमा कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने उहाँको भनाइ थियो। प्रवक्ता डा. महतले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म कायम राखेर जाने पक्षमा कांग्रेस रहेको स्पष्ट पार्नुभयो। रासस
सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन छैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
निर्वाचनमा जुट्न एमाले उपाध्यक्ष पौडेलको आह्वान
नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा र प्रदेशसभको निर्वाचनमा जुट्न पार्टी कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
आगामी निर्वाचनमा गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा हालको गठबन्धन कायमै रहने बताउनुभएको छ ।
गठबन्धन सरकारको परिपक्व निर्णय
बुधबार बसेको प्रधानमन्त्रीसहितको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने विषयमा सहमति गरेको थियो।
संसदीय समितिको प्रश्न- ‘प्रधानसेनापति आईपीएसको बैठकमा किन’
संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको छ।
नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल
पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते एकै चरणमा हुने घोषणा
नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको छ ।