• ७ जेठ २०८१, सोमबार

धनुषामा एक पुरुषको शव फेला

blog

विजयकुमार साह
ढल्केबर, वैशाख २८ गते ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वीरेन्द्र बजारमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार सोही नगरपालिका– १ का ४० वर्षीय शिवचरण महराको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षण राजकिशोर साहले मृत्युका कारण खुल्न नसकेपनि अत्यधिक रक्सी सेवनका कारण महराको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो ।

महराको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको र यस विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।