प्रतिनिधि सभाको शून्य समय : नागरिकता विधेयकदेखि शिक्षाको अवस्थाबारे चर्चा
प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। .
कर्णाली प्रदेश आन्दोलनको सात वर्ष पूरा, सहिद परिवारकाे जीविकाेपार्जनमा समस्या
नवीन सुवेदीसुर्खेत, साउन २५ गते । अखण्ड मध्यपश्चिमको माग राख्दै २०७२ साउन २५ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा सहिद भएकाहरुको श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रदेश प्राप्तिका लागि भएको आन्दोलन आज (साउन २५ गते) ७ वर्ष पूरा भएको छ । सो बेला सुर्खेतका तीन र जुम्लामा एक जनाको मृत्यु भएको थियोे । मध्यपश्चिम र सुदूरपश्चिमलाई गाभेर प्रदेश नम्बर ६ बनाएपछि चर्केको आन्दोलनमा प्रहरीको गाली लागि सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । कर्णाली प्रदेश जन्माउने चार जना सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिँदै गएको सहिद परिवारले गुनासो गरेका छन् । सहिद यामबहादुर बिसी स्मृति प्रतिष्ठानले गरेको सातौँं सहिद समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सरकारले पीडामाथि झन् पीडा थप्दै गएको उहाँहरुले गुनासो गर्नुभएको छ । सहिद बिसीा बहिनी भगवति बिसीले अधिकार प्राप्तिको लडाईँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको बताउँदै भन्नुभयो, ‘‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यस अनुसार काम नहुँदा पीडा बोध हुन्छ, एउटा सानो श्रद्धाञ्जली सभा आयोजना गर्न हलको व्यवस्था समेत गर्न सकेको छैन ।’’ यस्तै, वीरेन्द्रनगर ४ का सहिद गौतमका छोरो अमृत गौतमले छात्रवृतिका नाममा २४ हजार बाहेक अन्य सहयोग सरकारले नगरेको दुखेसो पोख्नुभयो । उहाँका आमा दुर्गादेवी गौतम दीर्घ रोगी हुनुहुन्छ । मुटुको भल्व परिवर्तन गरेका दुर्गादेवीलाई अहिले उपचारमा समस्या भइरहेको छ । आम्दानीको मुख्य स्रोत कृषि रहेको थियो ।सहिदका सपना पूरा गर्न प्रदेश सरकार लागेको छ: मन्त्री बुढाक्षेत्रीश्रद्धाञ्जली सभामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना साकार पार्न लागि परेको बताउनुभयो । संघीयता प्राप्ति पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने चार जनालाई कर्णाली सरकारले उच्च सम्मान गरेको बताउनुभयो । उहाँले सहिदको सम्झनामा प्रादेशिक सहिदपार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जीविकोपार्जन, रोजगारी, घाइतेहरुको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने प्रतिबद्धता जनाउनुभयो ।
विचार मिल्नेसँग तालमेल गर्न एमाले तयार: नेम्बाङ
नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विचार मिल्नेहरुबीच आगामी निर्वाचनमा तालमेल गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । राजनीतिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विचार मिल्ने दलसँग चुनावी तालमेल (गठबन्धन) गर्न एमाले तयार रहेको उपाध्यक्ष नेम्बाङले बताउनुभएको हो ।
कर्णालीको मन्त्रिपरिषद् हेरफेर
कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैसँग राख्नु भएको छ ।
प्रधानमन्त्री देउवा र नेसपा अध्यक्ष डा. भट्टराईबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
आदिवासी संस्कृति संरक्षण गर्नु राज्यको दायित्त्व हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व भएको बताउनुभएको छ।
अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता
जापान भ्रमणमा रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कईबीच मङ्गलवार भेटवार्ता भएको छ ।
उपेन्द्र यादवसँग सरकारमा बसेर काम गर्न समस्या छैन : राजेन्द्र महतो
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा बसेर काम गर्न कठिन नभएको बताउनुभएको छ ।
नर्भिक जग्गा विवाद, अध्ययन समिति गठन गर्ने सहमति
नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन हुने भएको छ।