सर्लाहीबाट थापाको नाम सिफारिस, केन्द्रबाट टिकट पाउनेमा सिंह ढुक्क
र्लाहीको क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस भएको छ । सोमबार बिहान बसेको नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिको बैठकले मङ्सिर ४ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा थापाको एकल नाम सिफारिस भएको हो । वि.सं. २०७० र ०७४ सालमा लगातार दुई पटक यो क्षेत्रबाट कांग्रेसका डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको थियो ।
गुल्मीमा नेकपा एस र नेकपा एमालेबीच पार्टी एकता
गुल्मीमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले) बीच पार्टी एकता भएको छ । सोमबार नेकपा एमालेको पार्टी कार्यालयमा पार्टी एकताको घोषण भएको हो ।
बागलुङका दुई वटै क्षेत्रमा शिक्षामन्त्री सिफारिस
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर – २ बाट निर्वाचित हुनुभएको थियो । उहाँको स्थायी घर बागलुङ क्षेत्र नम्बर– १ मा पर्दछ ।
काँग्रेस ताप्लेजुङद्वारा उम्मेदवारको नाम सिफारिस
नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काँग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
मधेस प्रदेश अध्यक्ष यादव रौतहट क्षेत्र नं.१ बाट सिफारिस
मधेस प्रदेशका सुचना तथा संचार विभागका प्रमुख नितेशकुमार गुप्ताले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सभापति यादवको नाम सिफारिस भएको जानकारी दिनुभयो ।
स्थानीय सरकारलाई अधिकार दिएमात्र देशको प्रगति हुन्छ : राज्यमन्त्री
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताउनुभएको छ ।
कुनै पार्टीसँग देशभर गठबन्धन हुँदैन : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुनै पनि पार्टीसँग देशभर गठबन्धन नहुने बताउनुभएको छ ।
माओवादीका महासचिव गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उमेदवारका लागि सिफारिस हुनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस हुनुभएको हो ।
सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ ।