सेवा प्रवाहमा निजामतीको भूमिका महत्त्वपूर्ण : प्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ। १९औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै निजामती सेवालाई सशक्त बनाई सरकारी सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माण कार्यलाई गति दिनुपर्ने खाँचो रहेको बताउनुभएको छ।
कार्यकालसम्बन्धी व्यवस्था हटाएर विधेयक पारित
प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालसम्बन्धी व्यवस्था हटाउँदै प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ। कार्यकालको अस्पष्टता हटाउन भन्दै सरकारले ल्याएको विधेयकमा समेटिएको उक्त प्रावधान हटाइएको हो। सरकारले विधेयकको व्यवस्था फिर्ता लिएपछि कार्यकाल अब पूर्वाभ्यासकै आधारमा तय हुने भएको छ। कानुनी रूपमा भने कार्यकालको गणना र अन्त्यको रिक्तता नै रहने छ। नेपालको संविधानले कार्यकाल पाँच वर्ष हुने उल्लेख गरे पनि सुरु अन्त्य गणनाका विषयमा कानुनी रिक्तता छ। यसअघि २०७४ मा संसद्को कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म कायम भएको थियो।
प्रतिवेदन लिपिबद्ध गर्ने चरणमा
सत्ता गठबन्धनको कार्यदलको मंगलबारको बैठकमा सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको छ ।
गठबन्धनले देशलाई विकास र समृद्धिको बाटोमा लैजान्छ : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै देशमा राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउने बताउनु भएको छ।
न्यायालयको निर्णय हो, काम चलाउ सरकार नभन्नुहोस् : कानुनमन्त्री शर्मा
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई काम चलाउ सरकार नभन्न आग्रह गर्नुभएको छ।
नेपालीसहित सबै मातृभाषा राष्ट्रिय भाषा : अध्यक्ष अवस्थी
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार भाषा आयोग ऐन, २०७४ बमोजिम अध्यक्ष अवस्थीले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।
उम्मेदवारको मनोनयनसँगै संसद्को कार्यकाल सकिने कानुनी व्यवस्था गरौँ : गगन थापा
काठमाडौं, भदौ २१ गते । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्नु उपयुक्त हुने बताउनु भएको छ ।मङ्गलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्नु उपयुक्त हुने धारणा राख्नुभएको हो । महामन्त्री थापाले भन्नुभयो, ‘‘मूलतः प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको विषयमा संसद् भित्र पनि संसद् बाहिर पनि चासोको विषय बन्यो । हामीले समयको ख्याल गर्नुपर्छ भन्ने कुराको यो प्रमाण हो । हामीले संविधानका जुन खालको व्यवस्था गरेको छौँ–तीन तहको सरकार, संसद्, त्यसको निर्वाचन अवधिहरू तोकेका छौँ । त्यसको कार्यकालको सन्दर्भमा ऐनबाट हामीले स्पष्ट व्यवस्था गर्नुपर्नेछ ।’’उहाँले पछिल्लो केही समययता सांसद १/२ महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन् भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै सांसदलाई नै दाग लगाउने त्यस्ता खालका सन्देश प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यकतासमेत औँल्याउनु भयो । ‘‘मानौँ हामीहरू एक/दुई महिनाको पारिश्रमिक र सेवा, सुविधा लिने कुराको निम्ति सबै मरिहत्ते गरिरहेका छौँ । त्यो नै सर्वाधिक महत्त्वको कुरो हो जस्तो गरिएको छ । कहिलेकाहीँ संसद्को प्रतिष्ठाको लागि हामी एक ठाउँ उभिनुपर्छ । हामी उभिएनौँ भनेदेखि त्यसको दाग हामी सबैलाई लाग्छ । यतातिर पनि हेक्का राखौँ भन्ने लाग्छ मलाई’’, थापाले भन्नुभयो । अहिले प्रस्तुत भएको सन्दर्भमा निर्वाचनपछि आउने सांसदले लामो बहस र छलफल गर्ने उहाँको भनाइ छ । सांसद थापाले आवश्यक परे संविधान संशोधन गर्नुपर्ने विषयसमेत उठाउनु भएको छ । महामन्त्री थापाले मत परिणाम घोषणा भएको अन्तिम दिनलाई आधार मानेर प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल तोक्नुपर्ने बताउनुभयो ।
उत्तरी नाका खुला गर्न नेत्री कोइरालाको माग
काठमाडौं, भदौ २१ गते । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कूटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभएको छ।मङ्गलवार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद कोइरालाले यस्तो माग गर्नुभएको हो। उहाँले चीनसँगका दुई वटा रसुवा र तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको बताउनु भयो। उहाँले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो। सांसद कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गर्नुभयो। उहाँले चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेख तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको बताउनु भयो। सांसद कोइरालाले नेपालको कुनै पनि सेक्युरिटी एलाइन्समा सहभागी हुने नीति विपरीत आएका अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय मौन बस्न नहुने बताउनुभयो।
कांग्रेस सह महामन्त्री आङदेम्बेकाे नाम पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस
नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्बे पाँचथरबाट सङ्घीय प्रतिनिधि सभा सदस्यका लागि सिफारिस हुनुभएको छ।