पर्यटक आकर्षित गर्न सफल : ‘पाल्पा दरबार सङ्ग्रहालय’ (फोटो फिचर)
पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । छिमेकी देश भारत, चीन, जापानसहित देशका विभिन्न स्थानबाट समेत दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
त्रिपुरेश्वरमा राहदानी लिनेको भीड (फोटो कथा)
दैनिक राहदानी बनाउन उपत्यकाको त्रिपुरेश्वर राहदानी विभागमा भीड लाग्ने गरेको छ। राहदानी वितरणमा ढिलासुस्ती हुँदा भीड बढेको सेवाग्राहीको गुनासो छ।
निजगढ विमानस्थल अनुगमनमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले शनिबार राष्ट्रिय गौरवको आयोजना प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
खुमलटारमा रोपाइँ गरेर मनाइयो धान दिवस (फोटो फिचर)
राष्ट्रिय धान दिवसको दिन बुधबार बिहानै खुमलटारमा रोपाइँ गरेर धान दिवस मनाइएको छ ।
ज्येष्ठ नागरिक माझ लोकप्रिय परम्परागत भक्तपुरे फल्चाः
कुनैबेला बटुवाहरुका लागि बास बस्न प्रयोग गरिने फल्चाः आजसम्म पनि प्रयोगमा आइरहेका छन् । बढ्दो शहरीकरणले सार्वजनिक स्थलहरुको अभाव खट्कँदै जाँदा फल्चाः अहिले पनि उपयोगी देखिँदैआएका छन् । भक्तपुरको एक फल्चाःमा ज्येष्ठ नागरिकहरु आफ्ना समकक्षीसँग गफिदैँ । तस्बिर : मनोजरत्न शाही/केशव गुरुङ
साताका सात तस्बिर
केही वर्ष अघिसम्म निकै विकट जिल्लाका भनेर चिनिने जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा बजार आधुनिक शहर बन्दैछ ।
अन्तर्राष्ट्रिय योग दिवस मनाइयो [फोटो फिचर]
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । योगका आसनहरु प्रदर्शन गरेर कार्यक्रम मनाइएको थियो ।
जमल क्षेत्रको डुवान समस्या हटाउन ढल निर्माण कार्यमा तीव्र (फोटोफिचर)
गोरखापत्र अनलाइनकाठमाडौं, असार ६ गते । वर्षायाम शुरु भएसँगै काठमाडौंको मुख्य क्षेत्रमा भएको ढल समस्याका कारण डुवान हुन थालेपछि ढल निर्माणको काममा तीव्रता दिइएको छ । काठमाडौंको जमल, कान्तीपथ क्षेत्रमा हुने डुवान समस्या अन्त्य गर्न ढल निर्माण कार्यमा तीव्रता दिइएको हाे ।
बेनी जोमसाेम सडक : बेगखोलामा सर्वसाधारणलाई सास्ती
हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्रै राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्डको बेगखोला क्षेत्रमा हल्का पानी परेमा यात्रु घण्टौं रोकिनुपर्छ।