• १३ साउन २०८१, आइतबार

बेनी जोमसाेम सडक : बेगखोलामा सर्वसाधारणलाई सास्ती

blog

तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, असार ४ गते। हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्रै राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्डको बेगखोला क्षेत्रमा हल्का पानी परेमा यात्रु घण्टौं रोकिनुपर्छ। 

पानी परेपछि बिहीबार साँझदेखि बेगखोलामा पानीको बहाब बढेको छ। खोलामा पानीको बहाब बढेपछि रोकिएका सवारी साधन शुक्रबार बिहानदेखि भने जोखिम मोलेर गन्तव्यतर्फ मोडिएका छन्। बेनी-जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन्। 

बाढीका कारण दैनिक रुपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदल यात्रु बाटोमा अलपत्र पर्ने गरेका छन्। २०७३ भदौ १६ गते राति आएको बाढीले बेगखोलाको बस्तीसँगै झोलुङ्गे पुल र बेलीब्रीज बगाएको थियो। बाढीले पुल बगाएको ६ वर्षसम्म पनि अस्थायी संरचनासमेत बन्न नसक्दा वर्षाको समयमा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका हुन्।