एक महिने गुँला पर्व आजबाट सुरु
काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
संस्कार–संस्कृतिको प्रतिक नाटक ‘खुवालुङ’ (फोटो फिचर)
खुवाको अर्थ नदीको पानी हो भने लुङको अर्थ ढुंगा। दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणी जलसायमा अवस्थित विशाल ढुंगालाई मुन्दुम मान्यता र विश्वासमा राख्ने गरिन्छ।
दर्शकहरूको रोजाइ बन्दै ‘थ्रिडी आर्ट म्युजियम’ (फोटो फिचर)
थ्रिडी चित्रकलालाई व्यवसायिक रुपमा अगाडि बढाउने उद्देश्यले आठजनाको सक्रियतामा सुरू गरिएको म्युजियममा दुई सयभन्दा बढी विभिन्न आकृतिका चित्रहरू कोरिएका छन् ।
राक्षसलाई धपाउने चलन गठामुगः (फोटो फिचर)
भक्तपुर, साउन १० गते । नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ ‘गठामुंगः’ (घण्टाकर्ण) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाउँदै छन्। घण्टाकर्ण पर्व यस समुदायको मौलिक पर्वमध्ये एक हो। साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन यो चाड मनाइन्छ। भूतप्रेत पन्छाउने पर्व भनिए पनि सरसफाइको प्रतीकका रूपमा मनाइने यो पर्व विशिष्ट रहेको संस्कृतिविद्हरूको भनाइ छ। यस दिन राक्षसको पुत्ला बनाई जलाइनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा पनि गरिन्छ।
२० वर्षपछि आफ्नो ठाउँमा फर्किए राउटे (फोटो फिचर)
दैलेख जिल्ला भगवतीमाई गाँउपालिका वडा नं ४ राउटे चौरमा राउटे समुदायको बस्ती । कम्तिमा पनि १२ वर्षपछि पुरानै ठाँउ फर्कने गरेका राउटे समुदाय यस स्थानमा २० बर्षपछि फर्किएका हुन् ।
झिमरुकतिर चित्रकला
काठमाडौंको बबरमाहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी भइरहेको झिमरुकतिर चित्रकला ।
भक्तपुरमा रुखले बस र स्कुटरलाई किच्दा...
काठमाडौं, साउन ८ गते। भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई किचेपछि अवरुद्ध सडक खुलेको छ। आइतबार दिउँसो भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको थियो। घाइते १२ जनामध्ये १० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी राजु पाण्डेका अनुसार दुई जना घाइतेको अवस्था भने गम्भीर रहेको छ। काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९६८ नम्बरको स्कुटललाई रुखले किचेको हो। बसमा सवार दुई र स्कुटरमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको थियो। घाइतेमध्ये ६ जनाको इवामुरा अस्पताल सल्लाघारी र अन्यको भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइराखेको छ। मृत्यु हुने एक जना स्कुटी चालक हुन् भने दुई जना बसका यात्रु हुन्। दुर्घटनामा भक्तपुर नगरपालिका– ७ गोलमडीका न्हुच्छेराम वोखाद्यौ, भक्तपुर नगरपालिका ३ का विशेष खर्बुजा र सिन्धुलीका ३० वर्षीय राजकुमार भुजेलको मृत्यु भएको हो। मृतक न्हुच्छेराम स्कुटी चालक हुन्। मृतकको शव इवामुरा अस्पतालमा राखिएको छ।
भग्नावशेष बन्दै राणाकालीन भवन (फोटोफिचर)
२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गर्यो। ऐतिहासिक, पुरातात्त्विक सम्पदा ध्वस्त भए। नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो।
नमखुलेकमा चौरीको रगत निकाल्ने मेला (फोटो फिचर)
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको घरपझोङ गाउँपालिका –५ नमखुलेकमा याक तथा चौरीको आलो रगत निकाल्ने कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्नेगरेका छन् ।