• १३ साउन २०८१, आइतबार

भक्तपुरमा रुखले बस र स्कुटरलाई किच्दा...

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, साउन ८ गते। भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई किचेपछि अवरुद्ध सडक खुलेको छ। 

आइतबार दिउँसो भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको थियो। घाइते १२ जनामध्ये १० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी राजु पाण्डेका अनुसार दुई जना घाइतेको अवस्था भने गम्भीर रहेको छ। 

काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९६८ नम्बरको स्कुटललाई रुखले किचेको हो। 

बसमा सवार दुई र स्कुटरमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको थियो। घाइतेमध्ये ६ जनाको इवामुरा अस्पताल सल्लाघारी र अन्यको भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइराखेको छ। 

मृत्यु हुने एक जना स्कुटी चालक हुन् भने दुई जना बसका यात्रु हुन्। दुर्घटनामा भक्तपुर नगरपालिका– ७ गोलमडीका न्हुच्छेराम वोखाद्यौ, भक्तपुर नगरपालिका ३ का विशेष खर्बुजा र सिन्धुलीका ३० वर्षीय राजकुमार भुजेलको मृत्यु भएको हो। मृतक न्हुच्छेराम स्कुटी चालक हुन्। मृतकको शव इवामुरा अस्पतालमा राखिएको छ।