प्राचीन तौलेश्वर नाथ अर्थात ताम्रेश्वर महादेवको मन्दिर
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारको प्रमुख स्थलमा अवस्थित प्रख्यात तौलेश्वर नाथ अर्थात ताम्रेश्वर महादेवको मन्दिर। यस मन्दिरलाई तौलेश्वर बाबाको मन्दिर पनि भनिने गरिन्छ। यो मन्दिरको यस जिल्लाकै प्राचिन मन्दिर हो।
झाँक्री नाच्ने अनौठो मेला
राजु लामिछानेरुकुमपूर्व, साउन ४ गते। रुकुमपूर्वको भूमे गाउँपालिका १ लुकुम गाउँमा झाँक्री नाच मेलाको रौनकता सुरु भएको छ। मंगलबारदेखि सुरु भएको झाँक्री नाच आगामी शनिबारसम्म चल्ने बताइएको छ। लुकुममा हरेक वर्षको साउने संक्रान्तीमा झाँक्री नाच नाचिन्छ। झाँक्री नाचलाई ‘राके तिवार’ अर्थात् ‘झाँक्री राम’ पनि भनिन्छ। साउने संक्रान्तीलाई मगर बाहुल्य क्षेत्रमा तिवार र राँके पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन्। यसै अवसर पारेर लुकुम गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ, त्यसै बारदेखि सबै थरका झाँक्रीहरू मिलेर झाँक्री मेला मान्ने गर्दछन्। स्थानीय मगर सांस्कृतिक अभियान्ता तिलक मगरका अनुसार यो चलन लामो समयदेखि चल्दै आएको छ। झाँक्रीहरूले एक अर्काको ग्रहदशा हेराहेर गर्ने गर्दछन् भने गाउँका युवायुवती, राम्चेहरू (मेला हेर्नेहरु) र झाँक्रीका चुन्मी (सहयोगी) वा भान्जका बीचमा एकअर्कालाई सिस्नो हानाहान गरेर रमाइलो गर्ने परम्परा रहेको स्थानीय सुनिल रोकाले बताउनुभयो।
यातायात कार्यालयमा सधैं भीडभाड
भक्तपुरको जगातीबाट नयाँ ठिमीमा सरेको उक्त कार्यालयमा ठाउँको अभावका कारण सडक पेटीदेखि नै सेवाग्राही लाईनमा बसेको देखिन्छ ।
बोरिङ खन्दा जोरपाटीमा निस्कियो लेदोसहितको ग्याँस (फोटो फिचर)
गोरखापत्र अनलाइन काठमाडौं, साउन ३ गते । काठमाडौंको जोरपाटीमा पानीका लागि बोरिङ खन्दा लेदोसहितको ग्याँस निस्किएको छ । सो ग्याँस निस्किदा वरिपरिका करिब पन्ध्र घरहरु प्रभावित बनेको स्थानीयले बताएका छन् । लेदोसहितको ग्याँसले घरका छत र भित्ताहरु ढाकिएका छन् ।
फुटपाथ पार्किङको समस्या (फोटो कथा)
काठमाडौं, साउन ३ गते। काठमाडौं उपत्यकाको समस्या पार्किङ एक प्रमुख समस्या हो। बढ्दो शहरीकरण तथा सवारी साधनको बढ्दो चापले पार्किङ पाउन मुस्किल हुनेगर्छ। जसकारणले गर्दा मानिसले फुटपाथमा पार्किङ गर्ने गर्दछ। फुटपाथमा पार्किङ गर्नाले सर्वसाधारणलाई हिँडडुल तथा आवतजावत गर्नमा समस्या परेको छ। दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी फुटपाथमा पार्किङ गर्नाले साधारण मानिसलाई भन्दा अपाङ्गता भएकालाई झनै समस्या पर्ने गरेको छ। कतिपय स्थानमा सडकपेटी अपाङ्ग मैत्री बने पनि सावारी पार्किङ गर्नाले आवतजावत गर्न निकै कठिन भएको पाइन्छ। उपत्यकाको बबरमल बानेश्वर सडकखण्ड, कुपण्डोल जावलाखेल सडकखण्ड, कलङ्की कोटेश्वर सडकखण्ड केही अपाङ्ग मैत्री बनेको छ। सडकमा सवारी पर्किङ गर्नाले विशेषत सेतो छडी टेकेर हिँडडुल गर्नेलाई समस्या भएको छ। स्थल अभावका कारणले कतिपय ठाउँका रिकण्डिसन तथा वर्कशपले शाखा सडक तथा फुटपाथ अतिक्रण गरेर सावरी बिक्री तथा मर्मत गर्न राखिएको पाइन्छ।जसकारण सर्वसाधारणलाई आवतजावत गर्न कठिन हुने र सवारीसाधनको ट्राफिक जाम हुने गरेको छ।
१० तलासम्म आगो निभाउन सक्ने दमकल ल्याइयाे
काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट मङ्गलबार तीन वटा दमकल ल्याएको छ ।
साउनमा हरियो चुरा र मेहेन्दीको धार्मिक महत्व (फोटो फिचर)
साउन अर्थात् विभिन्न रंग समायोेजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ ।
साउनको पहिलो सोमबार पशुपतिमा भीड
साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।