• १६ भदौ २०८१, आइतबार

त्रिपुरेश्वरमा राहदानी लिनेको भीड (फोटो कथा)

blog

काठमाडौं, असार १९ गते। दैनिक  राहदानी बनाउन उपत्यकाको त्रिपुरेश्वर राहदानी विभागमा भीड लाग्ने गरेको छ।  राहदानी वितरणमा ढिलासुस्ती हुँदा भीड बढेको सेवाग्राहीको गुनासो छ। 

राहदानी वितरणमा ढिलासुस्ती तथा सेवाग्राहीले चरम सास्ती बेहोर्नुपरेकोप्रति राष्ट्रिय युवा संघ नेपालले आइतबार ध्यानाकर्षण गराएको छ।

प्रतिपक्षी नेकपा (एमाले) निकट भ्रातृ संगठन युवा संघको केन्द्रीय कमिटीले त्रिपुरेश्वरस्थित राहदानी विभागमा विज्ञान र प्रविधियुक्त युगमा समेत पुरानै शैली अपनाएको भन्दै विरोध जनाएको हो। सरकारी सेवा प्रवाहमा लापारवाही भएको भन्दै युवा संघले विभागलाई आइतबार ध्यानाकर्षण पत्रसमेत बुझाएको हो। 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।