किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
झापा, चैत १९ गते । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ ।उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ ।विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ ।“यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौँ”, पुरातत्वविद् आचार्यले भन्नुभयो, “विगतमा उत्खनन हुँदा फेला परेका प्राचीन संरचनाहरूको संरक्षणमा बढी ध्यान दिएका छौँ ।” उहाँका अनुसार विगतमा यहाँ भएको उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ ।दश बिघा क्षेत्रमा फैलिएको किच्चकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरु नष्ट हुने जोखिम छ । विभागले नयाँ संरचनाहरू जथाभावी रूपमा नबनाउन आग्रह गर्दै आएको छ । विगतमा खनजोत गरेर खेतीपातीसमेत गरिएका कारण कतिपय भूसतहका पुरातात्विक महत्त्वका वस्तुहरू नष्ट भएको विभागको आशङ्का छ ।गत वर्ष विभागले एउटा मन्दिर हटाउन लगाएको थियो । सोही मन्दिरमुनि यसपटक उत्खनन गर्दा प्राचीन दरबारको जग भेटिएको छ । यसपटक अझै केही दिन उत्खनन र संरक्षणको कार्य जारी रहने विभागका अधिकृत अधिकारीले जानकारी दिनुभयो ।पुरातत्वविद् आचार्यले किच्चकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन टेस्ट गर्दा २२ सय वर्ष पुरानो पुष्टि भएको बताउनुभयो । प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खननबाट कुनै लिखित सामग्री भने फेला नपरेको उहाँले बताउनुभयो । “यहाँ हामीले भेटाएका सामानहरू २२ सय वर्ष पुरानो बास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो”, उहाँले भन्नुभयो, “सानो कम्पाउन्डसहित सुरक्षा पोस्ट र हात्ती घोडालाई लगाइदिने सामान पनि भेटिएका छन् । यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।”किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किच्चक’ नामका सालो थिए । यहाँ उनको दरबार थियो । पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किच्चकलाई यही दरबारमा ल्याएर बध गरेका थिए । त्यहीकारण यस स्थानलाई किच्चकबध स्थल भनिन थालेको हो ।सरकारले किच्चकबध स्थलको पौराणिक तथा पुरातात्विक महत्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन । थोरै बजेट भएका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको छ । सरकारले उत्खननका लागि यसपटक रु १० लाख बजेट छुट्याएको विभागका अधिकृत अधिकारीले बताउनुभयो । “बजेट धेरै हुने हो भने एकै वर्षमा धेरै काम हुन्थ्यो”, उहाँले भन्नुभयो, “तैपनि सीमित स्रोतसाधन हुँदाहुँदै दैनिक १३ जनासम्म कामदार लगाएर यसपाली संरक्षणको काम गरिरहेका छौँ ।”किच्चकबधस्थल मानिसको प्राचीन सभ्यता र संस्कृति चिनाउने एउटा ऐतिहासिकस्थल भएकाले यसको प्रचारप्रसार हुनसके ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो ।
मुस्लिम समुदायले काठमाडौँमा यसरी मनाउँदै इद उल फित्र (फोटो फिचर)
आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदै छन् । सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।
मुस्ताङको रैथाने उवा बाली
मुस्ताङको घरपझोङ गाउँपालिका ३ तल्लो स्याङ नजिकै खेतमा लगाइएको रैथाने उवा बाली । यो बाली हिमाली क्षेत्रको मुख्य बालीको रूपमा मानिन्छ ।
चुँदी खोलामा पक्कीपुल निर्माण गरिँदै
तनहुँको बन्दीपुर गाउँपालिका– ४ र भानु नगरपालिका–१ स्थित चुँदी खोलामा निर्माणाधीन पक्कीपुल ।
ढकमक्क बगमबेली
दाङको घोराही उपमहानगरपालिका (१ स्थित सिमलतारामा रहेको फूलबारी कटेज परिसरमा ढकमक्क फुलेको बगमबेली फूल ।
मुस्ताङमा साइकल यात्रामा रमाउँदै विदेशी पर्यटक
मुस्ताङ, चैत १७ गते । मुस्ताङको जोमसोमबाट वारागुङ मुक्तिक्षेत्रको कागबेनी, झोङ, पुटाक, छेङ्गुरहुँदै मुक्तिनाथ प्रस्थानका लागि साइकल यात्रामा निस्किएका इजरायली पर्यटक । तस्बिर : रासस
चैते धान रोप्दै रोपाहार
लमजुङ, चैत १७ गते । मध्यनेपाल नगरपालिका ७ करापुटारमा शनिबार चैते धान रोपाइँ गर्दै रोपहार । तस्बिरः रासस
फेसन, संस्कृति र नवाचारको उत्सव (फोटो फिचर)
नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएसन फेसन शो– अनुकल्पित प्रभानम् एक अविस्मरणीय साँझका रूपमा सम्पन्न भएको छ ।
मनमोहक जलपरी झरना र चमेरो गुफा (फोटो फिचर)
मकवानपुरको दुर्गम क्षेत्रमा अवस्थित राक्सिराङ गाउँपालिका ३ मा रहेको जलपरी झरना तथा चमेरो गुफा सुरक्षित र आकर्षक पिकनिक स्पटको रुपमा विकसित हुँदै गएको छ।
पत्रकार हत्याको विरोधमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)
समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
मुर्कट्टा उपनामले चिनिने सिस्ने हिमाल
रुकुम पश्चिम, चैत १६ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ ठुली दहबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्ने हिमाल । रुकुमको उत्तरी सीमामा अवस्थित यो हिमाल रमणीय एवं सुन्दर हिमालको रूपमा चिनिन्छ । स्थानीय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ। यो कान्जिरोवा हिम शृङ्खला अन्तर्गत पर्दछ। ५,८४१ मिटर अग्लो यो हिमाल हालसम्म आरोहण हुन सेकेको छैन । तस्बिर: रासस
सुरक्षा चुस्त बनाउन सेना सडकमा
काठमाडौँको तीनकुने क्षेत्रमा तनाव भएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा खटाइएको हो । उहाँले सेना परिचालन नभएर सुरक्षार्थ खटाइएको प्रष्ट पार्नुभयो।
एसईई अन्तिम दिन : शुभकामना सन्देश आदानप्रदान
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को अन्तिम दिन परीक्षा सकिएपछि शुक्रबार भरतपुरको चितवन मावि अगाडि साथी–साथीबीच एक अर्काको सर्टमा बिदाइ तथा भविष्यको शुभकामना सन्देश लेखी फेरि भेट्ने वाचा गर्दै विद्यार्थीहरू ।
राप्ती लोकमार्ग तुलसीपुर–कपुरकोट सडकखण्ड
तुलसीपुर, चैत १५ गते । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड । यो सडकमा हाल मर्मतसम्भारको काम भइरहेको छ । तस्बिरः रासस
लोमान्थाङमा आधारभूत अस्पताल भवन
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका(५ लोमान्थाङमा निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन ।
मुस्ताङको घरपझोङ किल्ला
मुस्ताङ, चैत १४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँबाट देखिएको सात सय वर्ष पुरानो ऐतिहासिक महत्त्व बोकेको घरपझोङ किल्लाको दृश्य । यही किल्लाको नामबाट घरपझोङ गाउँपालिका रहन गएको हो भने केही वर्षअघि मात्रै यस स्थान वरपर सुन्दर स्तूपा र प्रतीक्षालयको निर्माण गरिएको थियो । तस्बिरः रासस
बाइसधारा उद्यान घुम्न आएका सर्वसाधारण
काठमाडौँ महानगरपालिका १६ स्थित बालाजुमा रहेको बाइसधारा उद्यान भित्र बुधबार घुम्न आएका सर्वसाधारण ।
ढकमक्क फुलेको फूल
सर्लाहीको धन्कौल गाउँपालिका–१, सेखौनामा किसानले गरेको सयपत्री फूलखेतीमा ढकमक्क फुलेको फूल । फूलखेतीबाट राम्रो आम्दानी हुने किसान बताउँछन् ।
पोखरी र खानेपानी ट्याङ्कीको सौन्दर्य
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा बरूण सरोवरको पूर्वी डिलमा अवस्थित खानेपानीको ट्याङ्की ।
वसन्तपुर स्क्वायरमा क्युरियाे पसल सञ्चालन गर्दै व्यापारी
राजधानीको ऐतिहासिक वसन्तपुर दरबार स्क्वायरमा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि क्युरियाे पसल सञ्चालन गर्दै, व्यापारी । दरबार स्क्वायर घुम्न आउने बाह्य पर्यटकहरुले नेपालको चिनोका लागि यस्ता क्युरिवका वस्तुहरु किनेर लग्ने गर्दछन् ।
स्थानीय उपभोक्ताको खोजीमा किसान मोक्तान (फोटो फिचर)
नवलपरासी पूर्व (नवलपुर) मध्यविन्दु –३ ब्रम्हस्थानमा किसान पद्मबहादुर मोक्तानले लगाएको कुरिलोका बोट देख्दा पनि रहर लाग्दो भएको छ। कुरिलो खेतीको हरियै फाँट देखेर मनै लोभ्याउँछ।
नेपालगन्जका मुख्यसडकमा फुलेका आकर्षक फूल (फोटो फिचर)
नेपालगन्ज सुर्खेत रोडमा फुलेका फूलहरु हेर्न आउने सङ्ख्या अहिले ह्वात्तै बढेको छ । राँझा एयरपोर्टदेखि गणेशमानसम्म फुलेका आकर्षक फूलहरु हेर्न युवाहरुको भीड लाग्ने गरेको छ ।
राताम्य पहरा, वसन्त बहार (फोटो फिचर)
वसन्त यामसँगै फेरिने पालुवाहरुले मात्र हैन राष्ट्रकै गरीमा समेत रहेको थरीथरीका लालीगुराँसका फुलहरुले पहराहरुलाई समेत सिन्दुरे बनाइदिएको छ । अक्करे कालो पत्थरिलो भिरमा समेत बान्की दिँदै फुलेको लालीगुराँसले मानौ निर्जन भित्ताहरुमा प्राण भरिदिएको छ ।
विश्व क्षयरोग दिवसमा प्रभातफेरी
विश्व क्षयरोग दिवसको अवसरमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको प्रभातफेरीमा सहभागीहरु।