हुम्लाको यारी नाका
हुम्ला, वैशाख १५ गते । नेपाल-चीनको सिमाना हुम्लाको नाम्खा गाउँपालिकाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय र आसपासको क्षेत्र । गत वर्ष पुस १० गतेबाट अत्यधिक चिसोका कारण बन्द रहेको कार्यालय चार महिनापछि अहिले सञ्चालनमा आएको छ । तस्बिरः रासस
मुक्तिनाथमा पर्यटक
मुस्ताङ, वैशाख १४ गते । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिरबाट फर्किदै गरेका विदेशी पर्यटक । पछिल्लो समय मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिरः रासस
रेसुङ्गा चिनाउँदै चित्रकार
चित्र हेरर मख्ख छत्रदेव गाउँपालिका–५ अर्घाखाँचीका ५४ वर्षीय शेखर पाण्डेय लगभग पाँच वर्षमा तम्घास आउनुभयो । बसाइसराईले गाउँ छोडेपछि तम्घास आउ–जाउ पनि कम भयो । रेसुङ्गानै नपुगेका त धेरै वर्ष भएका थिए ।
नीलगिरि हिमाल र जहाज
मुस्ताङ, वैशाख १३ गते । मुस्ताङको जोमसोम विमानस्थलबाट पोखरातर्फ उड्दै गरेको जहाज र पृष्ठभूमिमा नीलगिरि हिमाल। तस्बिर : रासस
सोलुखुम्बुको थामेगाउँ बाढीले क्षतिग्रस्त पछि
सोलुखुम्बु, वैशाख १२ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ स्थित थामेगाउँ । गत वर्ष साउनमा हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त बनाएका थामेका संरचनाहरु हाल पुनर्निर्माणका कार्य जारी छ । तस्बिरः रासस
लोकतन्त्र दिवस : एमालेको युवा महोत्सव
लोकतन्त्र दिवसका अवसरमा बिहीबार नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेसन)को आयोजना गरेको छ ।
मुस्ताङको चराङमा च्याङ्ग्रापालन
मुस्ताङ, वैशाख ११ गते । उपल्लो मुस्ताङको चराङस्थित च्याङ्ग्रा स्रोत केन्द्रको फार्ममा पालिएका च्याङ्ग्रा । चराङ च्याङ्ग्रा स्रोत केन्द्र वि सं २०७६ सालदेखि सङ्घीय सरकार अन्तर्गत राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन केन्द्रले उपभोक्ता समिति मार्फत सञ्चालन गर्दै आइरहेको छ । यो केन्द्र मुख्यगरी पश्मिनाको उत्पादन तथा प्रर्वद्धन र च्याङ्ग्राको पाठापाठी उत्पादनमा केन्द्रित छ । अहिले फार्ममा ५ सय भन्दा बढी च्याङ्ग्रा र पाठापाठी पालिएका छन् । तस्बिरः रासस
डोल्पा जोड्ने पक्की पुल
मुस्ताङ, वैशाख ९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित डोल्पा जोड्ने पक्की मोटरेवल पुल र आसपासका क्षेत्र । पक्की पुल निर्माण भएपश्चात् ढोल्पा जानको लागि स्थानीयलाई सहज भएको छ । तस्बिरः रासस
बन्दै छ सडक सुरक्षा नीति
सरकारले सडक दुर्घटनामा परेकाको उपचार राज्य कोषबाटै हुने गरी राष्ट्रिय सडक सुरक्षा नीति ल्याउन लागेको छ । सडक यातायात दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ल्याउन लागिएको सो नीतिको मसौदा तयार भइसकेको छ ।
सुन्दर ज्याकाराण्डा फूलसँगै हनुमानढोका दरबार क्षेत्र र स्वयम्भु महाचैत्य
धर्मपथस्थित गोरखापत्र संस्थानको छतबाट देखिएको सुन्दर ज्याकाराण्डा फूलसँगै हनुमानढोका दरबार क्षेत्र र स्वयम्भु महाचैत्य ।
राप्ती नदीमा डुङ्गा सरर....
चितवन, वैशाख ७ गते । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक पर्यटक डुङ्गामा चढेर राप्ती नदी तर्दै । तस्बिरः रासस
सङ्ग्रहालयमा सवा लाख शालीग्राम
बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुले फेँदीमा शालीग्राम सङ्ग्रहालयमा सङ्कलन गरिएका शालीग्रामहरु । सङ्ग्रहालयमा सवा लाख शालग्राह संग्रहित छन् ।
मुस्ताङको गुरु पेमालिङ गुम्बा
मुस्ताङ, वैशाख ५ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित गुरु पेमालिङ गुम्बा र पृष्ठभूमिमा मुक्तिनाथ मन्दिर। बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र यस गुम्बामा आन्तरिक तथा बाह्य पर्यटकहरु पूजाआजा गर्नका लागि जाने गर्छन् । तस्बिरः रासस
जुम्लाको रारागाउँ
जुम्लाको तिला गाउँपालिका–१ स्थित रारागाउँ । सो गाउँमा लामो समयदेखी खानेपानीको समस्या रहेको स्थानीय बताउँछन् ।
सडकमै बिस्कुन
सुनसरीको गढी गाउँपालिका–६ सत्तेरझोरास्थित बूढी खोलाको पुलमा बिहीबार बिस्कुन सुकाउँदै किसान । सडक तथा पुलमा बिस्कुन सुकाउँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
उवा खेती
मुस्ताङको घरपझोङ गाउँपलिका–३ स्थित पुलचोक, ढुक्चे र स्याङगाउँका स्थानीयवासीले लगाएका उवाखेती र आसपासका क्षेत्र ।
चरन क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घिलिङ गाउँ नजिकैको चरन क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान । यहाँका अधिकांश घरधुरीले सदिंयौँदेखि व्यावसायिक रुपमा च्याङ्ग्रापालन गर्दै आएका छन् ।
बकुल्लाको बथान
दाङ, वैशाख ४ गते । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित वडा प्रहरी कार्यालय परिसरमा रहेको आँपको रुखमा बुधबार साँझ बास बस्न आउँदै गरेका बकुल्लाहरू। तस्बिरः रासस
इलाममा भेटियो नयाँ प्रजातिको चरा
बाबुराम कार्की वराहक्षेत्र, वैशाख ३ गते । पूर्वी नेपालको इलाममा नयाँ प्रजातिको चरा फेला परेको छ । इलाम जिल्लास्थित समुद्र सतहबाट तीन सय मिटर उचाइमा नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ [भाइलेट कुक्को] अभिलेख गरिएको हो । इलामको सुखानी वन क्षेत्रबाट नेपालको लागि नयाँ प्रजातिको चरा बैजनी कोइली चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनुभयो । उहाँका अनुसार नेपालका चराविद् राजेन्द्र गुरुङको टोलीले चरा अवलोकनको क्रममा गत चैत २५ गते पहिलो पटक बिहान ११ बजेर बिस मिनेटको समयमा भाले भाइलेट कुक्को देख्नुभएको थियो । चैत २५ गते नै पटक पटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा चराको अवलोकन गरिएको र सोही दिन चराको अभिलेख गरिएको चराविद् गुरुङको टोलीले जनाएको छ । समुद्र सतहबाट ३०० मिटर उचाइमा नेपालको लागि नयाँ प्रजातिको बैजनी कोइली चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनुभयो । राजेन्द्र गुरुङको साथमा रहेका मलेसियाली नागरिक रगर रबर्ट रजँ र नेपाली चराविद् अनिश तिम्सिनाले खोला छेउछाउका रुखहरूमा करिब २० मिटरको दूरीमा अवलोकन गर्नुभएको र मलेसियाली नागरिक अलेक्जेण्डर जोन आङ याङले चराको आवाज पहिचान गरी पहिल्याउनुभएको थियो । नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलका अनुसार चराको बारेमा प्राप्त विवरण अध्ययन अनुसन्धान गरी राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छिविद्हरुको राय सुझाव प्राप्त भएपछि बैजनी कोइलीको पहिलो पटक अभिलेख गरिएको हो । कुकुलीफोर्मस वर्गको कुकुलिडी परिवारमा पर्ने यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, बङ्गलादेश, ब्रुनाई, चिन, भारत, इन्डोनेसिया, लाओस्, मलेसिया, म्यानमार, थाइल्यान्ड भियतनाममा आवासीय रूपमा पाइने र यी चराहरुले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्ने डाक्टर सुवेदीले बताउनुभयो । विश्वमा यस चराको दुई उपप्रजाति सि एक्स जेन्थ्रोराइन्चस र सि एक्स एमिथाइस्टिनस अभिलेख भएका छन् । नेपालमा अभिलेख भएको चरा सि एक्स जेन्थ्रोराइन्चस उपप्रजातिमा पर्ने भाइलेट कुक्को भएको उहाँले बताउनुभयो । पहिलो पटक इलाममा भेटिएको भाइलेट कुक्को चरा पुष्टि गरी नेपाली नाम बैजनी कोइली राखिएको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ । नेपालमा १५ प्रजातिका कुकुलीफोर्मस वर्गका चराहरू पाइँदै आएकोमा बैजनी कोइली थपिएसँगै १६ प्रजाति भएको संयोजक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जुरे कोइली, ठुलो जुरे कोइली, कोहो कोइली, हरित कोइली, धर्के खैरो कोइली, पेटकैले कोइली, फुस्रो साने कोइली, चिबे कोइली, बीउकुहियो, गोलसिमल, पपिहा, काफल कोइली, कुक्कु कोइली, पूर्वीय कोइली, सानो कोइली प्रजातिका चराहरू पाइँदै आएको थियो । नेपालको अभिलेखमा थप एउटा प्रजातिको सङ्ख्या थप भएको छ । नयाँ प्रजातिको चरा थपिएसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९९ पुगेको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ ।
ढाक्मर गाउँ राताम्मे पहाड
मुस्ताङ, वैशाख ३ गते । उपल्लो मुस्ताङ लोघेकर दामोदरकुण्ड गापा– २ ढाक्मर गाउँ नजिकैको राताम्मे पहाड । सातौँ शताब्दी ताका गुरु पदम सम्भवले राक्षसको बध गरी यस पहाडमा रगत मिल्काएको हुनाले यस पहाड रातो हुन पुगेको धार्मिक किंवदन्ती छ । तस्बिरः रासस
काठमाडौँमा सुरु भयो पहिलो ‘ललितकला मेला–२०८२’
नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको सन्दर्भ पारेर आजदेखि ‘ललितकला मेला–२०८२’ सुरु भएको छ ।
गुरासँले ढकमक्क रोल्पा
उत्तरी रोल्पाको उवा क्षेत्रका वनपाखा गुराँस फुलेर ढकमक्क भएका छन् । यस क्षेत्रमा विभिन्न प्रजातिका रङ्गीचङ्गी गुराँस फुलेपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढेको छ ।
थिमीमा सिन्दूर जात्रा
भक्तपुरको मध्यपुर थिमीमा सिन्दूरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमीमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्राअन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो ।
वैकुण्ठमा आन्तरिक पर्यटकको घुइँचो (फोटो फिचर)
मकवानपुरको विकट कैलाश गाउँपालिकाको वैकुण्ठमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँ वर्ष २०८२ को सुरुसँगै मकवानपुर, धादिङ र चितवनका पर्यटकको यहाँ घुइँचो लागेको हो ।