कमलपोखरीको सुन्दर दृश्य
काठमाडौँस्थित कमलपोखरीको सुन्दर दृश्य ।
बाल उद्यानको आकर्षण
तनहुँको व्यास नगरपालिका–३ शिव पञ्चायन मन्दिर नजिकै रहेको बाल उद्यान ।
फेरिएको बारागाउँ
कुनै बेला १२ घरको बस्ती थियो, बारागाउँमा । अहिले यो गाउँमा ११५ घर पुगेका छन् भने बारागाउँको चर्चा पनि हुन थालेको छ ।
टुँडिखेलमा भूम्या नाँच (फोटो फिचर)
टुँडिखेलमा भूम्या नाँच (फोटो फिचर)काठमाडौँ, असार २ गते । मगर समुदायको भूम्या (भूमे) पर्व आइतबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौँमा ३ गतेसम्म मनाइन्छ । नेपाल मगर सङ्घले काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरिएको हो ।मगर समुदायले प्राकृतिक प्रकोपहरू नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोवास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन् । राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ र धौलागिरि अञ्चलको बागलुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाइन्छ । जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाकाहरू बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन् । यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बीच बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ । पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुशियाली मनाइन्छ ।
ग्वार्को ओभरपास अन्तिम चरणमा
ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ओभरपासको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि प्रतीक्षा गरिएको यस आयोजनाको मुख्य संरचनाको काम सकिएसँगै अहिले कालोपत्रे (अस्फाल्टिङ) र रङरोगनको कामलाई तीव्रता दिइएको छ ।
जात्रै जात्रा फोटो प्रदर्शनी
संस्कृति सम्पदा संरक्षण तथा प्रवर्धनको उद्देश्यका साथ काठमाडौंमा एक दिने फोटो प्रदार्शनी गरिएको छ।
युद्धस्तरमा निर्माण हुँदैछ त्रिवि क्रिकेट मैदान (फोटो फिचर)
त्रिवि क्रिकेट मैदान कीर्तिपुर अहिले पुनर्निर्माणको क्रममा छ । हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दैआएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् ।
‘ग्लोवल वार्मिङ’ले पग्लायो लाङटाङ
आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो ।
मनाङको सुन्दर ग्रीनलेक
मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित ग्रीनलेक ।
निलगिरि हिमालको फेदमा रहेको ढुम्बाताल
मुस्ताङको घरपझोङ गाउँपालिका– ५ सम्लेस्थित छ, ढुम्बाताल । निलगिरि हिमालको फेदमा समुद्री सतहदेखि दुई हजार ८३० मिटरको उचाइमा अवस्थित ढुम्बाताल धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरलानाकाको भ्रमणमा जाने पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
रानीटारीबाट देखिएको दृश्य
तनहुँको म्याग्दे गाउँपालिका–७ रानीटारीबाट मङ्गलबार देखिएको व्यास नगरपालिका–५ साँगेफाँटको दृश्य ।
पनौतीमा सुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा
काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि सुरु भएको छ । जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा सुरु भई २८ गतेसम्म चल्नेछ ।
हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान
हुम्लाको अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरु गाउँपालिकाको सीमा दोमुखमा रहेको हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान । यो ठाउँको धार्मिक महत्त्व समेत रहेकोले धार्मिक पर्यटन र व्रतबन्ध गर्न विभिन्न स्थानबाट मानिस यहाँ आउने गर्दछन् ।
विस्तार गरिएपछिको मुग्लिन–पोखरा सडक
मुग्लिन-पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको ब्यास नगरपालिका(५ स्थित सिर्दिमा चार लेनमा विस्तार गरिएपछिको सडक पृष्ठभूमीमा मादी नदी दमौली बजार र आसपासको दृश्य ।
बागलुङको काउले गाउँ
बागलुङ, जेठ २५ गते । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै रहेको बागलुङको काठेखोला गाउँपालिका–५ स्थित काउले गाउँ । यस गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने गर्छ । तस्बिरः रासस
यसरी मनाइँदैछ बकर ईद (फोटो फिचर)
मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद ( इदुल जोहा) शनिबार देशभर मनाइँदै छ । बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
ग्लेसियर अवलोकन गर्दै पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसरमा बर्षौदेखि जमेको हिउँको ग्लेसियर अवलोकन गर्दै पर्यटक ।
नीलगिरि हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम एयरपोर्ट नजिकैबाट शुक्रबार बिहान देखिएको ठिनी गाउँ, स्याउ बारी र पृष्ठभूमिमा झरीपछि खुलेको नीलगिरि हिमाल र आसपासका क्षेत्र ।
अन्नपूर्ण आधार शिविरतर्फ जाँदै गरेका पर्यटक
म्याग्दी, जेठ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरु । पछिल्लो समय अन्नपूर्ण आधार शिविरमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः रासस
मनमोहक फुतफुते झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने मनमोहक फुतफुते झरना ।
सल्यानको कुपिन्डे दह
सल्यानको वनगाँड कुपिन्डे नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र कुपिन्डे दह । कुपिण्डे दह हेर्न आउने पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दो छ ।
आहा ! अङ्गुरखेती
यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो ।
दीक्षित सशस्त्र प्रहरी जवानहरू
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमपश्चात दीक्षित भएका जवानहररू ।
सुकुटेमा सरर र्याफ्टिङ
बढ्दो गर्मी छल्न पर्यटकहरु सिन्धुपाल्चोकको सुनकोशी नदीमा र्याफ्टिङमा रमाउन थालेका छन् । चौतारा साँगचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिकाको फेद सुकुटेमा अवस्थित सुनकोशी नदीमा र्याफ्टिङ खेल्दै सयौं पर्यटकहरु रमाउन थालेका हुन् ।