टिपर दुर्घटनामा दुईको मृत्यु
उदयपुरको कटारी नगरपालिका ८ स्थित कुरिभन्ज्याङमा मंगलबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार, कटारी बजारबाट सिमेन्ट बोकेर घुर्मीतर्फ जाँदैगरेको बा ४ ख ५६७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो ।
कर्णालीमा धार्मिक मेला शुरु
कर्णालीमा मष्टोलगायतका धार्मिक मेलाहरु शुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्व राख्ने मेलाहरु कोरोनाका कारण अघिल्ला दुई बर्ष हुन सकेका थिएनन् । यस पटक मेला शुरु भएपछि चहलपहल शुरु भएको छ ।
राजनीति देश र जनताका लागि हुनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश, विश्व शान्ति र जनताका लागि हुनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।
पाठ्यपुस्तक छपाइमा लापरबाही, विद्यार्थी समस्यामा
कक्षा ८ को नेपाली बिषयका दुुई वटा पाठको बिषयवस्तु नछापिएर खाली आएपछि पठनपाठनमा विद्यार्थीलाई समस्या भएको छ । पाठको शीर्षक भए पनि बिषयवस्तु खाली आउँदा छपाइमा लापरवाही भएको प्रष्टै देखिएको हो ।
२५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले १६ वटा मोटरसाइकल र नौ वटा स्कुटरसम्बन्धित सवारी धनीलाई मङ्गलबार हस्तान्तरण गर्नुभएको हो ।
सहकारी संस्थालाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व हो : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभएको छ ।
केयुकेएलका सिनियर प्लम्बर घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग लिएको पाँँच हजार घुस रकमसहित सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई मङ्गलबार पक्राउ गरेको हो ।
पैदलयात्री मैत्री सहर बनाउँदै कामनपा
काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले, पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमण विरुद्ध सचेतना अभियान थालेको छ ।
देउखुरी उपत्यकामा तीन नयाँ शहरसहित राप्ती करिडोर बन्ने
दिवाकर पोख्रेल देउखुरी, साउन ३१ गते । दाङको देउखुरीमा राप्ती कोरिडोर निर्माण हुने भएको छ । राप्ती नदीको दुबै क्षेत्रमा करिडोर निर्माण हुने भएको हो । एशियाली विकास बैंक (एडिवी) को करिव १० अर्वको लगानीमा निर्माण हुने कोरिडोर राप्ती गाउँपालिकाबाट शुरु भएर बाँके जिल्लाको राप्ती सनोरी गाउँपालिकाको अघैयामा सम्म पुग्नेछ ।शहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीस्थित ईन्टेक नम्बर २ मा विधिवत् रुपमा शिलान्यास गर्नुभएको छ । कोरिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले राप्ती कोरिडोर देउखुरीबासीको भविष्य र आफ्नो सपनाको परियोजना भएको बताउनुभयो । सङ्घीय निर्वाचनका बेला आफूले जनता माझ गरेको चार वटा महत्वपूर्ण याजना मध्ये राप्ती कोरिडोर पनि भएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,“राप्ती कोरिडोर यत्तिकै ल्याइएको योजना होइन, यसबाट राप्ती नदीले कटान गर्ने देउखुरी उपत्यकाको हजारौं विगाहा जग्गा संरक्षण हुने, नदीको दुबै किनाराबाट सडक जाने हुँदा सभ्यतामा आधारित कोरिडोरको रुपमा लिन सकिन्छ ।” मन्त्री चौधरीले परियोजना कार्यान्वयनको लागि एडिबिका नेपाल निर्दशक (कन्ट्रि डाईरेक्टर)सँगको छलफलपछि बजेट सुनिश्चित भएर काम अघि बढाइएको जानकारी दिँदै बजेटको अभाव नहुने बताउनुभयो । –राप्ती कोरिडोरको शिलान्यास गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीसोही कोरिडोरमा पर्नेे सिहिनियाँमा ८७ विगाहा रहेको जानकारी दिँदै उक्त स्थनमा विमानस्थल बनाउन सकिने बताउनुयो । देशका ठूला कोरिडोर मध्ये धोबी खोला कोरिडोर र बागमती कोरिडोरपछि राप्ती कोरिडोर भएकाले पनि यस परियोजनालाई दाङ्बासीको सपना भएको बताउनुभयो ।लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यतामा आधारित नयाँ शहरको परिकल्पना गरेको छ । जसको विस्तृत परियोजना प्रतिवेदन प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेर नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ शहरको परिकल्पना गरेको छ । सोही परियोजनालाई समेट्दै राप्ती कोरिडोर बन्न लागेको हो । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले राप्ती कोरिडोर नदी नियन्त्रण, जग्गा संरक्षण, सडक सुविधा र नयाँ शहरको सोचका साथ आएको बताउनुभयो । उहाँले देउखुरीको भालुवाङ, गढवा र राजपुर गरी तीन स्थानमा नयाँ शहरको परिकल्पनासहित करिडोरको योजना अघि सारिएको जानकारी दिनुभयो । उक्त सडकको चौडाई २१ मिटरको फराकिलो हुनेछ भने ठूला नदीमा ढल नमिसाउने गरी ६७.५० किलोमिटर उत्तरी क्षेत्र र ६८.३० किलोमिटर दक्षिणी क्षेत्रसहित कुल १३५ किलोमिटर लामो ढल बन्नेछ । राप्ती क्षेत्रमा करिडोर बन्ने भएपछि स्थानीयबासी पनि हर्षित छन् । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले देउखुरीबासीले यो कामलाई ऐतिहासिक दिनका रुपमा लिएको बताउनुभयो ।