निर्वाचन सुरक्षा रणनीति र चुनौतिबारे छलफल
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेका केन्द्रीय सुरक्षा समितिको बैठकले मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिभिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति र चुनैतीबारे छलफल गरेको छ ।
बोर्डका अध्यक्ष केसीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्धको रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध गत बिहीबार सर्वोच्चमा रिट दर्ता भएको थियो ।
विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त
सार्वजनिक यातायात सबल र व्यवस्थित भएका विभिन्न देशका उदाहरण प्रशस्त छन् । नेपालमा जति परिवर्तन भए पनि यातायात क्षेत्रका समस्या उस्तै छन् । सार्वजनिक यातायात क्षेत्रका जानकार आशिष गजुरेल मन्त्री, नेता, धनीमानीको निजी सवारी मोहका कारण सार्वजनिक यातायात व्यवस्थित बन्न नसकेको बताउनुहुन्छ ।
भारतको ७६ औं स्वतन्त्रता दिवस मनाइयाे
गाेरखापत्र अनलाइनकाठमाडाैं, साउन ३० गते । नेपालस्थित भारतीय दूतावासले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनुभएको सन्देश पढेर सुनाउनुभएको थियो ।कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, सङ्गीत प्रस्तुत गरिएको थियो ।
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् । प्रहरीमा रहेको अभिलेख विश्लेषण गर्दा पनि दुर्घटना र मृत्यु तथा घाइतेको ग्राफ बढ्दो छ ।
कहिल्यै सुधार भएन 'सार्वजनिक यातायात'
हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि–१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ । कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन । उपलब्ध भए पनि समयमा जाँदैन ।
जनशक्तिलाई अतिरिक्तमा नराखी जिम्मेवारी दिन सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरुको प्रभावकारिता सम्बन्धमा नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
गाईजात्रामा महादेवकाे अभिनयकर्ता गाेविन्द्रकाे मृत्यु
कीर्तिपुर, साउन २९ गते । कीर्तिपुरमा गाईजात्रामा महादेवकाे पात्रमा अभिनय गर्नुभएका गाेविन्द्र महर्जनकाे मृत्यु भएकाे छ । कीर्तिपुरकाे सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पाैडी खेल्ने क्रममा मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे हाे । जात्रामा सबैभन्दा लाेकप्रिय पात्रकाे रूपमा अभिनय गर्नुभएका महर्जन आइतबार राति सवा १० बजे बाघभैरवस्थानमा रहेकाे द्यःपुखुमा डुब्नु भएकाे थियाे । पोखरीमा डुबेका उहाँलाई निकालेर बल्खुस्थित बयोधा अस्पातलमा उपचारकाे लागि लगिएकाेमा त्यहाँ मृत घाेषणा गरिएकाे थियाे । गाईजात्रा भित्र्याएपछि कीर्तिपुरमा लाखेलाई उपहार स्वरूप राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने क्रममा महर्जन डुब्नु भएकाे थियाे । साे जात्रामा धेरै जना पाैडी खेलेका थिए भने सयाैंले साे जात्रा हेरेका थिए । कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जनका अनुसार दिनभर जात्रा खेलेर थाक्नु भएका महर्जनकाे थाकेको बेलामा पौडी खेल्दा अचेत अवस्थामा पुग्नुभएकाे थियाे । पत्रकार वीरेन्द्र शाक्यका अनुसार, सबै जना टाउको-खुट्टा लिने जात्रामा लागेकाे बेला महर्जन डुबेकाे हाे वा पाैडी खेलेकाे भन्ने नै अन्याेल हुँदा ५ मिनेटपछि मात्र अरू साथीहरूले उद्दार गरेर निकालेका थिए ।
श्रीसम्पत्ति राज्यलाई समर्पित गरिसकें, उपचार गराउने पैसा छैन
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको सबै श्रीसम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले सो जानकारी गराउनुभयो । आफूजस्तै अन्य नेतालाई पनि सबै श्रीसम्पत्ति राज्यको नाममा समर्पित गर्न उहाँले सुझाव दिनुभयो ।