भन्सार छलेर ल्याएका २१ लाख मूल्यका सामान बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका २१ लाख बढीका सामान बरामद गरेको छ ।
दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो
पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ ।
दसैँमा नयाँ नोट नपाइने, पुरानै नाेट १८ हजार ५ सयसम्म साट्न पाइने
विगतका वर्षहरूमा जस्तै दसैँमा नयाँ नोट साट्न यस वर्ष नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सट्टा गर्न नपाइने तर बैङ्क तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि अन्य खुद्रा र पुराना सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।
ज्येष्ठ नागरिकले समाजलाई प्रोत्साहन गर्छ: उपराष्ट्रपति यादव
ज्येष्ठ नागरिकले समाजलाई प्रोत्साहन गर्ने उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताउनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस,२०८१ को शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
स्याउ विक्री गर्न छ घण्टा पैदल हिँड्न बाध्य
झिसमिसेमै उठ्यो, पिठ्युँमा स्याउको डोको, पटुकामा सुक्का रोटी बोकेर छायाँनाथ रारा नगरपालिका वडा नं १० घट् लेख गाउँकी सरिता सेजुवाल सदरमुकाम गमगढी बजारमा बारीको स्याउ बिक्री गर्नलाई दैनिक सदरमुकाम गमगढी बजारमा ओर्लिन्छिन् ।
नियति (कथा)
मन उच्चाट छ आज उसको । समय कटाउन र आवश्यक सूचना लिने विचारले खाना खानासाथ पुरानो साथी सरोजको घर पुग्यो ऊ । मध्याह्नको समय थियो । बाह्र बजेको घाम निकै चर्को, भत्भती पोल्ने !
कालीगण्डकी लोकमार्ग : जिम्मा नलिँदा मर्मतमा समस्या
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको काम सम्पन्न भएको खण्डको जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या भएको छ ।
हराए गोरु, हरायो हलो
परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने प्रचलन अहिले पहाडी ग्रामीण क्षेत्रमा समेत बिस्तारै हराउँदै गएको छ । वर्षौँ अघिदेखि तराइमा मात्र चलिआएको खेत जोत्ने प्रविधि पछिल्ला केही वर्षयता पहाडी ग्रामीण बस्तीमा समेत पुगेको हो ।
बाढीको चपेटामा देवघाटधाम
अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँस्थित देवघाटधाम चपेटामा परेको छ ।
राष्ट्रिय शोक घोषणा, तीन दिन राष्ट्रिय झन्डा आधा झुकाइने
असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
संयुक्त सरकारको साझा कार्यक्रम
गण्डकी प्रदेश सरकारले जनभावना अनुरूप प्रभावकारी रूपमा सञ्चालन गरी ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को सोचलाई मूर्त रूप दिने सङ्कल्पसहित साझा कार्यक्रम बनाएको छ ।
सय दिन पछि खुल्यो मनाङको पहिरोले अवरुद्ध सडक
रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेमङ्गले जोड्ने सडक एक सय दिन पछि खुलेको छ ।
एमाले सचिवालय बैठक आज बस्दै
नेपाल कम्युनिष्ट पार्टी [एमाले]को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिनुभयो ।
निःशुल्क जग्गादाता सम्मानित
इलाका प्रशासन कार्यालय वालिङको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका दातालाई सम्मानित गरिएको छ ।
बागमतीमा १२ भन्दा धेरै स्वास्थ्य संस्थामा क्षति
गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी पहिरोका कारण स्वास्थ्य संस्थाहरूमा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ ।
जुट खेतीको क्षेत्रफल बढे पनि उत्पादन न्यून
रेसा निकाल्न खाडीमा गाडेको सनपाट धुन नपाउँदा किसानले घाटा बेहोर्नुपर्ने भएको छ । रेसा निकाल्नयोग्य भएका बेला बुधबार साँझदेखि लगातार पानी परेपछि किसानलाई सनपाट खाडीमै कु
नुन अभाव हुन नदिइने
दसैँतिहार जस्ता ठुला चाडपर्वमा पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा नुनको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालगन्ज कार्यालय अहिले नुन प्याकिङ गरेर पठाउन व्यस्त छ ।
स्थलगत रिपोर्टः राजमार्गमा दृश्य एक, पीडा अनेक
सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन् ।
वर्षाका कारण ग्रामीण सडक अवरुद्ध
अविरल वर्षाका कारण गुल्मीका ग्रामीण कच्ची सडक अवरुद्ध भएका छन् ।
बिपी राजमार्ग पूर्ण सञ्चालन हुन केही समय लाग्ने
पूर्वी तराई तथा पहाडी जिल्लालाई सङ्घीय राजधानी काठमाडौँ जोड्नका लागि वैकल्पिक सडकका रूपमा निर्माण गरिएको बिपी राजमार्ग र पूर्वी जिल्लाको सडक सञ्जालबिचको सम्बन्ध टुटेको छ ।
भाग्य निर्माण गर्दै मध्यपहाडी लोकमार्ग
दैलेखको भगवतीमाई गाउँपालिका–४ का नवीन बिसीले पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित
केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ ।
हिलेमा पर्यटकीय गतिविधि न्यून
करिब दुई दशकअघिसम्म पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले बजारमा आन्तरिक मात्रै नभई बाह्य पर्यटकको रामै्र चाहलपहल हुने गरेको थियो । हिलेभन्दा माथिल्लो क्षेत्रको पर्यटकीय स्थल जा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा