भक्तपुरको रानी पोखरी
भक्तपुरको सल्लाघारी अवस्थित रानी पोखरी (न्हुः पुखु) । विसं १६८७ मा तत्कालिन भक्तपुरका राजा राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ । त्यसको करिब ४० वर्षपछि मात्र तत्कालिन राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउन लगाएका थिए।
सङ्घीयता र समावेशीको मुद्दा
नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार गठन भएदेखि नै नेपालको संविधान संशोधनको विषयले व्यापक चर्चा पाएको छ ।
ऋण व्यवस्थापनमा समस्या
केही वर्षयतादेखि सार्वजनिक ऋण बढ्दै गएकाले आमनागरिकमा चासो र चिन्ता देखिएको छ ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्येष्ठ नागरिकको सम्मान
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सुरुवात सन् १९९० डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सुरु भएको थियो ।
रसिकको नागरिक अभिनन्दन
गायक गणेश रसिकको सोमबार राजधानीमा नागरिक अभिनन्दन गरिएको छ ।
चल्दै गरेको रेलमा पुस्तक विमोचन
मुक्तककार डिबी बर्तौलाको तेस्रो मुक्तक कृति विमोचनमा नयाँ अभ्यास र प्रयोग गरिएको छ ।
कलाकारको सहयोगार्थ साङ्गीतिक साँझ
गायक रामचन्द्र चन्दको सहयोगार्थ राजधानीमा साङ्गीतिक कार्यक्रम गरिएको छ ।
मुस्ताङी स्याउको माग उच्च
स्याउको राजधानी मान्न थालिएको मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा उत्पादित स्याउ मिठो अनि स्वादिलो भनेर मुलुकभर प्रचलित छ ।
स्याउबाटै आर्थिक समृद्धि
जुम्ला चन्दननाथ नगरपालिका–८ निवासी स्याउ किसान धर्मसिंह कठायतले यस वर्ष आफूले साढे छ लाख रुपियाँ नगद स्याउबाट आम्दानी गरेको बताउनुभयो । उहाँले यस वर्ष स्याउ उत्पादन र बजारीकरण राम्रो भएकाले खुसी पनि व्यक्त गर्नुभयो ।
बाढी–पहिरो र डुबान: दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् ।
नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर
नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र ९बाइल्याटरल कन्सल्टेसन मेकानिजम०सम्बन्धी सम्झौतामा यहाँस्थित अमेरिकी विदेश मन्त्रालय [स्टेट डिपार्टमेन्टमा]मा हस्ताक्षर भएको छ ।
बङ्गलादेशमा विद्युत् निर्यात गर्न बिहीबार सम्झौता हुने
बङ्गलादेश विद्युत् निर्यातलाई अन्तिम टुङ्गोमा पुर्याउने उद्देश्यसहित मङ्गलबारदेखि नेपाल बङ्गलादेश दुई देशीय संयन्त्रको बैठक आजदेखि राजधानीमा सुरु हुँदै छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
ऊर्जा विकासको एकीकृत योजना : १५ वर्षमा चाहिन्छ ८२ खर्ब ५४ अर्ब
नेपालमा ऊर्जा क्षेत्रको एकीकृत र समयसापेक्ष विकासका लागि आगामी सन् २०४० सम्मका लागि सो क्षेत्रमा करिब ८२ खर्ब ५४ अर्ब रुपियाँ लगानी गर्नुपर्ने एक प्रतिवेदनले औँल्याएको छ ।
पनौती जलविद्युत् केन्द्रको उत्पादन बन्द
अविरल वर्षासँगै आएको पहिरोका कारण नेपालको तेस्रो पुरानो जलविद्युत् आयोजना ‘पनौती जलविद्युत् केन्द्र’ को उत्पादन रोकिएको छ ।
प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनुवाइ भोलि
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको सुनुवाइ बुधबार गर्ने भएको छ ।
चर्कियो बार–बेन्च विवाद
न्याय परिषद् नियमावली संशोधन विवाद लम्बिँदै जाँदा न्यायालय र नेपाल बार एसोसिएसन आमनेसामने भएका छन् ।
विपत् कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय
सरकारले बाढी र पहिरो प्रभावित नागरिकको राहत, उद्धार एवं पुनस्र्थापनाका लागि विपत् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ ।
सडक खुलाउने कार्य तीव्र
वर्षा र बाढीपहिरोले ४३ वटा राजमार्ग/सडकका ७९६ स्थान अवरुद्ध भएकामध्ये ३४५ स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । त्यसै गरी ४०९ स्थानमा एकतर्फी सडक सञ्चालनमा आएकोे सडक विभागले जनाएको छ ।
आइएसपिआई, ओआरएफ र पिसिएनएसले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगलाई बलियो बनाउने
इटालियन इन्स्टिच्युट फर इन्टरनेशनल पोलिटिकल स्टडिज (आइएसपिआई), अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) भारत र नीति केन्द्र फर द न्यु साउथ (पिसिएनएस) मोरक्कोले ‘द इनिसिएटिभ’ विस्तारको घोषणा गरेका छन् ।
गाजाका मानिसहरु अमानवीय अवस्थामा बाँचिरहेका छन् : युएनआरडब्लुए
प्यालेस्टिनी शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजाका मानिसहरु अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ ।
मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सोमबार संयुक्त राज्य अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गर्नुभएको छ ।
‘म बाँच्न सफल भएँ तर श्रीमती पहिरोमै पुरिइन्’
राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहनुभएको छ । उहाँका आँखाले कसैलाई खोजिरहेका छन् । उहाँका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन ।