उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौँबाट बस छुटाइने
काठमाडौँबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ ।
सेवाग्राहीका गुनासा आउने कारण : विषयगत प्रश्नोत्तर
सेवाग्राहीका गुनासा आउने कारण १. सेवाग्राही गुनासो व्यवस्थापन भनेको के हो ? कार्यालयमा सेवाग्राहीका गुनासा आउने कारणहरू पहिचान गर्दै सेवाग्राही गुनासाको व्यवस्थापन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन र नियममा भएको व्यवस्था उल्लेख गर्नुहोस् ।
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपियाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ ।
वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन् – आत्तिनु पर्दैन
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।
विजयको वैदिक उपन्यास ‘युगसन्धि’
ऋषि वशिष्ठ र विश्वामित्रबिचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको मङ्गलबार राजधानीमा सार्वजनिक गरिएको छ ।
अहिलेसम्म ‘अफर’ आएको छैन : थिन्ले
‘शाम्भाला’ चलचित्रकी नायिका थिन्ले ल्हामोको भूमिकालाई लिएर अहिले चर्चा छ ।
रोयल्टी दाखिला गर्न निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाएका इन्टरनेट सेवाप्रदायकलाई तत्काल रकम दाखिला गर्न निर्देशन दिएको छ ।
विद्युत् पूर्वाधारमा सहायता बढाउन आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा विद्युत् प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा लगानी तथा सहयता विस्तारका लागि नर्वे सरकारलाई आग्रह गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दस प्रतिशतले वृद्धि
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख १७ हजार ६९ जना पुगेको छ ।
कृषिमा छ अर्बको क्षति
असोज १० र ११ गते परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच अर्ब ८३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
बाढीपहिरोले दसैँ बजार प्रभावित
दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यका बजारमा चहलपहल बढे पनि कारोबार भने बढ्न सकेको छैन । बिहीबारदेखि यस वर्षको दसैँ सुरु हुँदै छ । बजारमा सामान्य चहलपहल बढे पनि व्यवसायीमा उत्साह देखिएको छैन ।
बाटोको अवस्था हेरी टिकट काट्न आग्रह
बाढीपहिरोले राजमार्ग अवरुद्ध भई सवारी सञ्चालन सहज हुन नसकेपछि दसैँका लागि अग्रिम टिकट काट्नेमा उत्साह देखिएको छैन ।
दैवी प्रकोप उद्धार कोषमा रकम आउने क्रम जारी
प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत र पुनस्र्थापनाका लागि सहयोग गर्ने क्रम सुरु भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरको थियो ।
अवहेलना मुद्दाको सुनुवाइ दसैँपछि
सर्वोच्च अदालत प्रशासनका तर्फबाट दायर भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा कात्तिक १ गते सुनुवाइ हुने भएको छ ।
ग्रेड वृद्धिबाट थपिएका विद्यार्थीको पढाइमा समस्या
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण विद्यार्थीलाई कक्षा ११ को पढाइको ढोका खोल्न सञ्चालन गरिएको दोस्रो चरणको परीक्षा (ग्रेड वृद्धि) बाट उत्तीर्ण परीक्षार्थीको व्यवस्थापनमा समस्या हुने देखिएको छ ।
सार्वजनिक यातायातमा जिपिएस जडान गर्न नमान्दा ठुलो क्षति
सार्वजनिक यातायातमा जडान गर्ने भनिएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) सञ्चालनमा नआउँदा हालैको बाढीपहिरोबाट सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको मात्रा बढेको छ ।
विकल्प बन्न सकेन हवाई सेवा
सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने अधिकांश राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध हुँदा हवाई सेवाले त्यसको परिपूर्ति गरेको चर्चा छ तर राज्यको अर्बौं लगानीमा निर्माण भएर सञ्चालनयोग्य रहेका नौ वटा विमानस्थल प्रयोगमा नै नआउँदा त्यो विकल्पले पूर्ण रूपमा काम गर्न सकेको छैन ।
चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा हस्तक्षेप’को विरोध
इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गरेको बताएपछि चीनले मङ्गलबार ‘लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन’ को विरोध गर्ने बताएको छ ।
जापान वरपरको सुरक्षा वातावरण ‘दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर’-प्रधानमन्त्री इशिबा
जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाले मङ्गलबार उहाँको मुलुकले दोस्रो विश्वयुद्धपछिको युगमा ‘सबैभन्दा गम्भीर’ क्षेत्रीय सुरक्षा स्थितिको सामना गरिरहेको बताउनुभएको छ । यद्यपि उहाँले कुनै विशेष खतराको नाम उल्लेख गर्नुभएन ।
महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षणमा ध्यानाकर्षण
राष्ट्रिय महिला आयोगले हालैको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानबाट पीडित महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षणमा जिम्मेवार निकायको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।
पैतालामा टेपले बेरेर ल्याइएको सुनसहित भारतीय नागरिक पक्राउ
मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ ।
पुनर्निर्माण, पुनर्स्थापनाको लागि तीनै तहको सरकारले काम अघि बढाउने
बाढी, पहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लामा भएको क्षतिको पुनर्निर्माण, पुनर्स्थापनाको लागि तीनै तहको सरकारलाई तत्काल काम अघि बढाउन अनुरोध गरिने भएको छ।
खुलेन मेची राजमार्गको इलाम फिदिम सडक
मेची राजमार्गको इलाम फिदिम सडकखण्ड अझै सञ्चालन हुन सकेको छैन ।