दैनिक उपभोग्य वस्तुको अभाव छैन : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा सहयोग
राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ।
पुरुष यु–२० भलिबल टोलीको बिदाइ
श्रीलङ्काको कोलम्बोमा असोज २० देखि २६ गतेसम्म सञ्चालन हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।
पूर्वी पहाडका विद्युत आयोजना बन्द
असोज १० देखि १२ गतेसम्म परेको वर्षे बाढीका कारण काबेली कोरिडोरको तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द भएका छन् ।
दीपेन्द्र टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिनुभएको छ ।
जबरजस्ती करणीका दुई आरोपीलाई कैद
इलामको माइ नगरपालिकाका ३२ वर्षीय दुर्गेश भनिने दुर्गाबहादुर भट्टराईलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुनाएको छ ।
प्रहरीले बसमा यात्रु बनेर अनुगमन गर्ने
नवलपुर प्रहरीले दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी सार्वजनिक बसमा यात्रु बनेर अनुगमन गर्ने भएको छ ।
उपराष्ट्रपतिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुवानबाट प्रभावित, पीडित परिवारको राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ।
महिलाले अधिकारका लागि आवाज उठाउन छोड्नु हुँदैन : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले न्यायपालिका समावेशी हुननसकेको बताउनुभएको छ।
सुनसरीका बाढीपीडितले पाएनन् राहत
सुनसरीकाे इनरुवा नगरपालिका ४ का बाढीपीडित १० परिवारले आठ दिनदेखि भोकभोकै बसेको गुनासो गरेका छन्।
६ अर्ब रुपियाँ बराबरको बालीनालीमा नोक्सानी
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपियाँ बराबरको बालीनालीमा नोक्सानी भएको बताउनुभएको छ ।
मध्यपहाडीको खुर्कोट-घुर्मी खण्डमा पहिरो पन्छ्याइँदै
बाढीपहिरोका कारण झण्डै एक सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत ६१ किलोमिटर लम्बाइको सिन्धुलीको खुर्कोट–उदयपुरको घुर्मी खण्ड पहिरो पन्छाउन सुरु गरिएको छ ।
पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको मृत अवस्थामा शव फेला परेको छ।
बजेट पारित नहुँदा समस्या
आर्थिक वर्ष २०८१-०८२ सुरु भएको तीन महिना बित्न लाग्दा समेत दैलेखको भैरवी गाउँपालिकाले गाउँ सभा बाट बजेट पारित नगरेका कारण कर्मचारीको तलब भत्ता खुवाउन कठिनाइ भएको छ ।
पहिरोले खानेपानीको पाइप बगाउँदा ४५ लाख बढी क्षति
इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा आपूर्ति हुँदै आएको खानेपानीको मुहानको पाइप पहिरोले बगाउँदा ४५ लाख बढीको क्षति भएको छ ।
अमेरिकी डिभी भिसा खुल्यो
सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेको छ।
बजेट अभावमा अलपत्र बार्जुकोट भ्युटावर
बाजुरामा पर्यटकीय क्षेत्रको रूपमा निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोट भ्युटावर अलपत्र परेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय गाडीमा कर्जा लगानी गर्ने
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मउ वृद्धि मोटर्स प्राइभेट लिमिटेडबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
खुर्कोटमा सेनामार्फत बेलीब्रिज बनाउन सिफारिस
असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेट पुल नेपाली सेनामार्फत बनाउन सिफारिस भएको छ ।
कारागार अस्पतालको सेवा सुविधा बढाउनुपर्छ : सचिव दुवाडी
त्रिपुरेश्वरस्थित केन्द्रिय कारागार अस्पतालको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा सरोकारवाला निकायहरुले जोड दिएका छन् । बुधवार केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका, २०८१ सार्वजनिक कार्यक्रममा बोल्दै सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरुले सो विषयमा जोड दिएका हुन् ।
भारतमा हेलिकप्टर दुर्घटनामा तीनजनाको मृत्यु
पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।
दाङमा मनसुनजन्य विपत्तिबाट दुई करोड बढीको क्षति
दाङमा तीन महिनाको अवधिमा मनसुनजन्य विपत्तिबाट १३ जनाको मृत्यु भएको छ । करिव दुई करोड बढी रुपियाँको क्षति भएको छ ।
स्थलगत रिपाेर्ट : बाढीपीडित भन्छन् ‘कुकुरसँग बित्छ रात’
हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउनुहुन्छ । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन् । कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ ।
इरानद्वारा इजरायलमा मिसाइल आक्रमण
इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।