- गोरखापत्र अनलाइन
- २१ फागुन २०८०, सोमबार
नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोगविहीन दूरसञ्चार फ्रिक्वेन्सीको आवश्यकता अनुसार उपलब्धता बढाउँदै जाने नीति अख्तियार गर्ने भएको छ । दूरसञ्चार सेवाका लागि उपलब्ध कुल फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्र प्रयोगमा रहेकाले अवितरित फ्रिक्वेन्सी वितरण गर्दै जाने नियामकले योजना बनाएको हो । प्राधिकरणको २६ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष भूपेन्द्र भण्डारीले सीमित स्रोतका रूपमा रहेको दूरसञ्चार सेवाका लागि छुट्याइएको फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्रै आपूर्ति भएको बताउनुभयो ।