बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई देशभित्र आन्तरिक सुरक्षा सुनिश्चित गर्न विस्तारित अधिकार प्रयोग गर्न सक्षम बनाउँछ ।
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ ।
पाँच लाख बराबरको सामग्री बरामद
कैलाली प्रहरीले पाँच लाख ३१ हजार मूल्य बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सामानहरू बरामद गरेको हो ।
चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावित
चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ ।
जम्मू-कश्मीरमा विधान सभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु
भारत प्रशासित जम्मू–कश्मीरमा दश वर्षपछि बुधबार विधान सभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ ।
सर्वाधिक मत ल्याउने दलबाट प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्छ : महामन्त्री शर्मा
संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ ।
भेरी अस्पतालमा सर्पदंशका १२० बिरामीको उपचार
पश्चिम नेपालका विभिन्न जिल्लाहरूबाट रिफर भएका बिरामीहरूको उपचार गर्दै आएको भेरी अस्पतालले यस वर्ष विषालु सर्पले टोकेका १२० जनाभन्दा बढी बिरामीको उपचार गरेको जनाएको छ ।
माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको परामर्श बैठक सुरु
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
राज्य र जनताबिचको सम्बन्ध सुमधुर हुनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनता र राज्यबिचको सम्बन्ध घनिष्ठ हुनुपर्ने बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा बेनीमा सरसफाइ
संविधान दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनी बजार सरसफाइ गरिएको छ ।
कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा चुनौती छ : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा चुनौती भइरहेको बताउनुभएको छ ।
‘संविधान संशोधन सबैका लागि बहसको विषय बनेको छ’
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।
ठेकेदार कम्पनीको लापरबाहीले डेंगु बढ्यो
नारायाणघाट–बुटवल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीले नवलपुरमा डेंगु ह्वात्तै बढेको छ ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।
कांग्रेस बाँकेले सुरु गर्यो चार महिने सुदृढीकरण अभियान
नेपाली कांग्रेस बाँकेले ‘चार महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान’ सुरु गरेको छ । आगामी पुस मसान्तसम्म सञ्चालन हुनेगरी चार महिने अभियान सुरु गरिएको हो ।
सौन्दर्यसम्बन्धी दुई दिने तालिम
स्वीडिस मल्टिनेशनल कस्मेटिक्स कम्पनी ओरिफ्लेमको नेपालस्थित आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीजसँगको सहकार्यमा काठमाडौँमा सौन्दर्यसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय तालिम मङ्गलबार सम्पन्न भएको छ ।
तल्लो टोल क्वनेया सम्पन्न (फोटो फिचर)
येँया (इन्द्रजात्रा) को रथजात्राको पहिलो दिन हिजो (मङ्गलबार) राति तल्लो टोल क्वने याः सम्पन्न भयो ।
इटहरीमा सुरुभयो बिजुली बस सेवा
नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा
बडिगाड गाउँपालिकाले विपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ ।
ढल्केवर चोक
धनुषाधाम, असोज २ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवर चोकको दृश्य । तस्बिरः रासस
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । बुधबार बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
सहकारी रकम ठगी: समितिको प्रतिवेदनअनुसार कारबाही हुन्छ: उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताउनुभएको छ ।
भेडाको बथान र पुथा हिमाल
ढोरपाटन सिकार आरक्षमा पर्ने बुकीपाटनबाट देखिएको भेडाका बथान र पुथा हिमाल । बुकीपाटनमा रमाउन र हिमश्रृङ्खलाको अवलोकन गर्न पछिल्लो सय पर्यटक बुकी पुग्न थालेका छन् ।
कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र
बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् ।