२४ घण्टामा सातजना सङ्क्रमित थपिए
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा सातजनामा सङ्क्रमण पुष्टि भएको हो ।
भ्रामक प्रचार अभियानप्रति श्रममन्त्री श्रेष्ठकाे ध्यानाकर्षण
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले 'पार्टी निर्णय र नेतृत्वलाई चुनौती दिएको' भनेर केही अनलाइन समाचार पोर्टल तथा सामाजिक सञ्जालमा चलाइएका भ्रामक प्रचार अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएकाे छ ।
तत्कालै मन्त्री परिवर्तनको सम्भावना कम
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठका अनुसार सरकारमा भएका मन्त्रीलाई फर्काउने र नयाँ राख्ने निर्णय भए बमोजिम कार्यान्वयन भने हुन्छ ।
अध्ययनबिना हदम्याद तत्काल हटाउन नसकिने : कानुनमन्त्री शर्मा
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी दिने हदम्याद अध्ययनबिना तत्काल हटाउन नसकिने बताउनुभएको छ ।
फर्पिङको जङ्गलमा दुईजना मृत फेला
काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।
डुबान रोक्न नालाको सरसफाइ शुरु
वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यस पटक यहाँ वर्षा शुरु हुनुभन्दा अगावै ढल र नालाको सरसफाइ गर्न थालिएको छ । ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाउँमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गर्नुभएको छ ।
फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी संशोधन विधेयक पारित
प्रतिनिधि सभाबाट फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।
फलफूलमा औँसा, केरामा खपटे र मकैमा फौजी कीराको प्रकोप
म्याग्दीका खेतबारीका बाली तथा बगैचाका फलफूलमा फौजी कीराको प्रकोप भएपछि किसान चिन्तित बनेका छन् । यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको प्रकोप देखिएको हो ।
यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित
प्रतिनिधि सभा बैठकबाट यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।
हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ : सांसद चौधरी
नेकपा (एमाले)का सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएको छ ।
इम्बोस्ड नम्बर प्लेट जडानमा जबरजस्ती नगर्न सांसद थापाको आग्रह
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला
श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
बाँदरमुढे घटनाको १७ वर्ष : अझै न्यायोचित परिपूरण हुन सकेन
तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।
बस दुर्घटनाका मृतक नौ जनाकाे सनाखत
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ २३ गते । रुपन्देहीको रोहिणीमा आइतबार भएको बस दुर्घटनाका मृतक नौ जनाकै सनाखत भएको छ । मृतक सबैको शव परिवारले बुझेका छन् ।जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रबाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जनामध्ये एक महिला र ८ जना पुरुषको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । दुर्घटनामा परेर मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रुपन्देही ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र्रसाद पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास छन् ।त्यस्तै, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, ५० वर्षका नागेन्द्र शर्मा, महोत्तरी पिप्रहवा– ५का ३० वर्षका चन्दन यादव र सीतामढी भारतका ४५ वर्षका सञ्जय गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते २३ जनामध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते दुई जना डिस्जार्ज भएका छन् । घाइते २१ जनामध्ये १५ जनाको अवस्था गम्भीर र बाँकीको मध्यम रहेको प्रहरीले जनाएको छ ।चालक निदाएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले बताउनुभयो ।
उडानसम्बन्धी निर्णय यथावत्
विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले जेठ १६ गते हवाई दुर्घटनाको जो
कार्यकर्ताबाट सय रुपियाँ सङ्कलन गर्दै माओवादी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय पेरिसडाँडामा रहेको कार्यालय र भौतिक पूर्वाधार विस्तार गर्न पार्टीका सदस्यसँग न्यूनतम १०० रुपियाँ उठाउने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आइतबार बसेको केन्द्रीय कार्यालयको वि
सुदुरपश्चिमको पर्यटन प्रवद्धर्नका लागि म्याराथन
खप्तड तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि हाल्फम्याराथन प्रतियोगिता हुने भएको छ । सुन्दर सुदूरपश्चिम खप्तड – शैलेश्वरी नाम दिएर गंगा दशहरा पर्वको अवसरमा जेठ २८ गते प्रतियोगिता हुने भएको छ ।
औसतभन्दा बढी वर्षाको सम्भावना
नेपालमा आइतबारदेखि मनसुन आएको छ । जल तथा मौसमविज्ञान विभागले यसअघि अनुमान गरेको मितिभन्दा आठ दिनअघि नै नेपालमा मनसुनको आएको हो । विभागले आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै नेपालको पूर्वी भूभागको प्रदेश १ हुँदै मनसुन भित्रिएको जनाएको छ । केही दिनभित्रै देशका सबै भूभागमा मनसुन प्रवेश गर्ने अनुमान विभागले गरेको छ ।
लोसपाको केन्द्रीय कार्यकारिणी समितिमा निर्वाचनको विषयमा छलफल
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आगामी निर्वाचनबारे छलफल भएको छ।
सगरमाथामा भेटियो मानव कंकाल : चार हिमालमा ३३ टन फोहोर
गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ २२ गते। सर्वोच्च शिखर सगरमाथामा थुप्रिएको फोहर सङ्कलन गर्ने क्रममा दुईवटा मानव कङ्काल भेटिएका छन्। नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको सफा हिमाल अभियान-२०२२ को क्रममा मानव कंकाल फेला परेको नेपाली सेनाले जनाएको छ।हिमाल सफा अभियानका क्रममा फेला परेका मानव कंकाल स्थानीय निकायको रोहवरमा प्रहरीलाई बुझाइएको नेपाली सेनाले सेनाले जनाएको छ। सगरमाथा आरोहणका क्रममा हालसम्म ३१५ जना आरोही तथा तीनका सहयोगी बेपत्ता भएको अनुमान गरिएको छ। गत चैत २२ गतेदेखि नेपाली सेनाको नेतृत्वमा विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजङ्गा र मकालु हिमाल सफाइ गरिएको थियो। जसअन्तर्गत चारवटा हिमालबाट ३३ टन फोहर सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ।सेनाका ३० तथा हिमाल आरोही शेर्पाका ५८ गरेर ८८ जनाको प्रत्यक्ष सहभागितामा सञ्चालन भएको सफाइ अभियानमा मनास्लु हिमालबाट पाँच हजार ७१४, कञ्चनजङ्गा हिमालबाट १५ हजार ३७३, सगरमाथा र ल्होत्से हिमालबाट १२ हजार ७९० केजी गरी जम्मा ३३ हजार आठ सय ७७ केजी फोहर सङ्कलन भएको हो। दुई महिनासम्म सञ्चालन भएको सफा अभियान विश्व वातावरण दिवसको अवसमा सम्पन्न भएको हो।नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले बढ्दै गएको पर्यावरणीय जटिलता तथा प्रकृति र पर्यावरणलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य भएको बताउनुभयो। उहाँले पृथ्वी केवल एउटामात्र रहेकाले यसको विकल्प नभएकाे बताउँदै पर्यावरण संरक्षणमा विश्वका सम्पूर्ण राष्ट्र एकजुट हुनुपर्ने बताउनुभयो।नेपाल सरकारबाट हिमाल संरक्षणका लागि विभिन्न समयमा विभिन्न प्रयास भएको बताउँदै प्रधानसेनापति शर्माले हिमाल सफा अभियान त्यसको एउटा अङ्ग मात्र रहेको धारणा व्यक्त गर्नुभयो। सेनापति शर्माले भन्नुभयाे, ‘‘हिमाल सफा अभियानका नतिजा तत्काल नदेखिए पनि यसको सकारात्मक प्रभाव भविष्यमा अवश्य देखिने छ।’’ एक्लो प्रयासबाट पर्यावरण संरक्षण सम्भव नहुने बताउँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भइरहेका प्रयास अत्यन्तै सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो। भावी सन्ततिका लागि पर्यावरणको संरक्षण गर्नु सबैको कर्तव्य रहेको धारणा व्यक्त गर्दै सेनापति शर्माले नेपाल सरकारले पर्यावरण संरक्षणमा गरिरहेको प्रयासमा सेना हातेमालो गर्दै आइरहेको बताउनुभयो। हिमाल सफा अभियानमा प्रत्यक्ष सहभागी तथा विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्ति तथा संस्थाका प्रतिनिधिलाई सेनापति शर्माले सम्मान गर्नुभयो।भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न ‘हाम्रो हिमाल हाम्रो दायित्व’ भन्ने नारासहित नेपाली सेनाले सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको नेतृत्व गर्दै आएको छ।सफाइ अभियानको पहिलो वर्ष सन् २०१९ मा सेनाले विभिन्न हिमालबाट झन्डै ११ टन फोहोर सङ्कलन गरेको थियो। कोरोना सङ्क्रमणका कारण सन् २०२० को सफाइ अभियान रोकियो। सन् २०२१ मा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, अमादब्लम गरेर पाँच हिमालबाट २७.६ टन फोहोर सङ्कलन गरिएको थियो। सफा हिमाल अभियानमा सहभागी टोलीलाई सेनाले पूर्व तयारी योजना हिमाल आरोहण कलाबारे विशेष प्रशिक्षण प्रदान गरेको थियो। सङ्कलन गरिएको फोहरलाई कुहिने र नकुहिने गरेर दुई समूहमा वर्गीकरण गरिएको र कुहिने फोहोरलाई स्थानीय निकायको जिम्मा लगाइएको र नकुहिने फोहरलाई पुनः प्रयोग गरिने सेनाले जनाएको छ।
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले आईतवार बसेको प्रदेशसभाको वैठकमा अगामी आर्थिक वर्ष २०७९—८० को प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
रुपन्देही बस दुर्घटनामा परेका आठ मृतकको सनाखत
जनकपुरबाट भैरहवा आउँदैगरेको लु.२ ख. ३८४१ नम्बरको यात्रुबाहक बस रूपन्देहीको रोहिणी नदीमा दुर्घटना हुँदा ९ जनाको मृत्युभएकामध्ये आठ जनाको सनाखत भएको छ ।
राष्ट्रपतिद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (५ जुन) २०२२ को अवसरमा आज दिउँसो राष्ट्रपति भवन परिसरमा विभिन्न जातका फलफूलको विरुवा रोप्नुभएको छ ।