प्रदेश नं १ को नीति तथा कार्यक्रम आज
प्रदेश नं १ सरकारले आज अपराह्न २ बजे आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सरकारको यो १०औँ तथा बजेट अधिवेशन हो ।
समितिमा सभापति बजेट छलफलपछि
प्रतिनिधि सभाका दुई विषयगत समिति सभापति चयन बजेट छलफलपछि हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि सभापति चयन प्रक्रिया अघि बढाउन लाग्नुभएको हो ।
‘निर्वाचन आयोगले हेर्न मिल्दैन’
दलका केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिकसम्बन्धी प्रावधान दलहरूकै जिम्मेवारीभित्र पर्ने निर्वाचन आयोगले प्रस्ट पारेको छ । आयोगलाई जानकारी गराउनुपर्ने वा सम्पत्ति विवरण बुझाए/नबुझाएको सम्बन्धमा ताकेता गर्नुपर्ने सम्बन्धमा ऐनमा केही उल्लेख नभएको आयोगले जनाएको छ ।
कसुर ठहर भएका जनप्रतिनिधिलाई निलम्बन गर्न निर्देशन
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुर ठहर भएका व्यक्तिहरु निर्वाचित भएकाले कानूनअनुसार निलम्बनकाे व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विभिन्न मितिमा भ्रष्टाचार कसुरमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दयार गरेको र मुद्दा विचाराधीण रहेकै अवस्थामा ती व्यक्तिहरु वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएकाे थियाे ।निर्वाचित हुनेमा कैलालीको मोहन्याल गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेकाले भ्रष्टाचार मुद्दा दायर छ ।कैलालीकै मोहन्याल गाउँपालिका, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष नन्दराम गिरीले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार गरेकाले उहाँमाथि आरोपपत्र दायर गरेको छ ।नुवाकोटको विदुर नगरपालिका, वाड नं.९ का सुलक्षण माध्यामिक विद्यालयका प्रध्यानाध्यापक हरिराम भण्डारीले विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेकाले उहाँमाथि पनि भ्रष्टाचारकाे मुद्दा छ ।अछामको पंचदेवल विनायक नगरपालिका, वडा नं. ७ को कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक सुरतबहादुर रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा बहाल रहेकाले उहाँमाथि पनि भ्रष्टाचार मुद्दा दायर छ ।यस्तो अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कसुरको आरोप लागेको कुनै पनि व्यक्ति र राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भरतपुर महानगरको कार्यपालिका निर्वाचनमा पाँच दलीय गठबन्धन विजयी
शालिग्राम नेपाल चितवन, जेठ २४ गते । भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उम्मेदवारहरु निर्वाचित हुनुभएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा मंगलबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका आठै जना निर्वाचित हुनुभएको हो । निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका गोपाल दराई (९७), नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर भुजेल (८६) र नेकपा (एकीकृत समाजवादी)का कोपिला उपरकोटी –९२) मत प्राप्त गरी विजयी हुनुभएको छ । महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका नर्वदा सापकोटा (८६), शारदा पोखरेल ८७, सिर्जना अधिकारी (९१), सुकमाया विक (८९) र नेकपा (माओवादी केन्द्र)का विना नेपाली (८६) निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।एमाले–राप्रपा गठबन्धनबाट तीन जना खुला सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो भने महिलातर्फ पाँच सदस्यमा उम्मेदवार उठाएको थियो । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको एक्लै बहुमत रहेको छ ।
जुनसुकै बेला इन्टरनेट काटिनसक्ने
देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएको हो ।
वडाध्यक्षसहित तीनजना कारागार चलान
रुकुम पूर्वमा महिलाको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुना राख्न आदेश भएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
भक्तपुरको लोकन्थली चोकमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
नगरप्रमुख हुँदा पाएको तलब गरिबको उपचारमा
नगरप्रमुख हुँदा पाएको १४ लाख रुपियाँ बराबरको तलब/भत्ता गरीबको उपचारमा खर्च गरेर केशवबहादुर चन्द नगरप्रमुखबाट बिदा हुनुभएको छ ।
धोबीखोलामा पुरुषको शव फेला
काठमाडौंको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । सुकेधाराबाट कपनमा जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव मङ्गलबार बिहान फेला परेको हो ।
गृहमन्त्री खाणद्वारा बर्दिया घटनाको छानबिन गर्न समिति गठन
गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं २ मा सोमबार नबिना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गरिनेछ : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गर्न लागिएको बताउनुभएको छ ।
हदम्याद हटाउने निर्णय अध्ययनपछि मात्र
प्रतिनिधि सभाले यौन हिंसाविरुद्धको कसुरमा सजाय बढाउनेगरी ल्याइएको अध्यादेश प्रतिस्थापन विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको प्रस्तावमा यौन हिंसाविरुद्ध तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधनसम्बन्धी विधेयकलाई संशोधन दर्ताका लागि अनुमोदन गरेको हो । अब विधेयकमा ७२ घण्टासम्म संशोधन दर्ताको समय हुनेछ । हाल माग भइरहेको बलात्कार मुद्दाको हदम्याद हटाउनेलगायतका विषयमा यही चरणमा सांसदहरूले संशोधन दर्ता गर्न सक्नेछन् ।
विभागको गल्ती, नागरिकलाई सास्ती
यायाताय व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख ७२ हजार अनलाइन आवेदन रद्द गरियो ।
चिसो क्षेत्रमा धान रोपाइँ सुरु
मकै पाकेर संकलनसँगै उच्चपहाडी क्षेत्रको एक हजार ६ सय मिटर भुभागमा धान रोप्न सुरु गरिएको छ । चिसो ठाउँ र लेक क्षेत्रमा धान रोप्न थालिएको हो ।
नाइजेरियाको एनडीसी टोलीद्वारा जंगी अड्डाको भ्रमण
नाइजेरियाको नेशन डिफेन्स कोर्स (एनडीसी) टोलीले सोमबार जंगी अड्डाको भ्रमण गरेको छ । २२ सदस्यीय नाइजेरियन टोलीको नेतृत्व ब्रिगेडर जनरल अलेचेनु माइक अलेचेनुले गर्नुभएको थियो । अलेचुनुले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो ।
नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको प्रस्तावमा सोमबारबाट प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिएको हो ।
शिवगङ्गा नदीमा डुबेर मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिका –१७ दीपनगरस्थित शिवगङ्गा नदीमा डुबेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ ।
चितुवाको आक्रमणबाट महिला घाईते, चितुवा नियन्त्रणमा
कैलालीमा घाईते चितुवाको आक्रमणबाट एक महिला घाईते हुनुभएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित लठुवा सामुदायिक वनमा सोमबार विहान घाँस काट्न गएका स्थानीय विस्नादेवी बोहरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।
युरोप द्वन्द्वले मुलुकको सुरक्षामा चुनौति बढ्यो : प्रधानसेनापति शर्मा
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले युरोपका केही देशबीच जारी द्वन्द्वका कारण मुलुकको सुरक्षामा चुनौति बढेको बताउनुभएको छ । युक्रेन—रसियाबीचको जारी द्वन्द्वतर्फ सङ्केत गर्दै सेनापति शर्माले दुई देशबीचको द्वन्द्वका कारण विश्वको अर्थतन्त्र तथा मुलुकको सुरक्षामा चुनौति बढेको बताउनुभयो ।
सडक र अभिभावकविहीन बालबालिकाको जिम्मा सरकारले लिनुपर्ने : सांसद सङ्ग्रौला
सांसद डिला सङ्ग्रौलाले महिला मन्त्रालयका शीर्षकमा भाग लिँदै सडक तथा अभिभावकविहीन बालबालिकाको उचित व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो । उहाँले बजेट सान्दर्भिक रहे पनि कार्यान्वयन कस्तो हुने हेर्न बाँकी रहेको बताउनुभयो ।
नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।
संसदीय समितिद्वारा फुङफुङ्गे झरना अवलोकन
प्रदेश १ को उद्योग, पर्यटन तथा वातावरण समितिले ताप्लेजुङस्थित फुङफुङ्गे झरनाको अवलोकन गरेको छ । प्रदेशसभा सदस्य तथा समिति सभापति सीता थेबे नेतृत्वको टोलीले झरना भ्रमण र अवलोकन गरेको हो ।
राजनीति होइन, महानगरको विकास हेर्छु : प्रमुख दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजनीतिभन्दा माथि उठेर महानगरको विकासमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धन पक्षधर चितवनका पेशाकर्मीले सोमबार आयोजना गरेको वधाइ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।