• ४ जेठ २०८१, शुक्रबार

सडक र अभिभावकविहीन बालबालिकाको जिम्मा सरकारले लिनुपर्ने : सांसद सङ्ग्रौला

blog

काठमाडौं, जेठ २३ गते । सांसद डिला सङ्ग्रौलाले महिला मन्त्रालयका शीर्षकमा भाग लिँदै सडक तथा अभिभावकविहीन बालबालिकाको उचित व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो । उहाँले बजेट सान्दर्भिक रहे पनि कार्यान्वयन कस्तो हुने हेर्न बाँकी रहेको बताउनुभयो ।

‘‘यो मन्त्रालय सबैभन्दा महत्वपूर्ण मन्त्रालय हो । किन की राज्यले महिलाको उत्थान र प्रगतीका साथै बालबालिकाको समग्र विकास र जेष्ठ नागरिकहरुले प्राप्त गरेको ज्ञान र सिपलाई सही तरिकाले परिचालन गर्दै उनीहरुको सुरक्षा र संरक्षण प्रदान गर्न राज्य जिम्मेवार रहनु पर्ने मन्त्रालयको रुपमा यो मन्त्रालय रहेको छ ।,’’ उहाँले भन्नुभयो ।

यसैगरी, युवा शक्ति दिनदिनै देशबाट पलायन हुँदै भइरहेको अवस्था रहेको बताउनुभयो ।

‘‘तिनीहरुलाई स्वदेशमै रोजगारी दिलाई उत्पादन बढाउनको लागि प्रत्येक वर्ष बजेटमा मिठा मिठा नाराहरु ल्याइए पनि युवा शक्ति बाहिरीने क्रम झन बढ्दै गइरहेको छ ।,’’ सांसद सङ्ग्रौलाले भन्नुभयो, ‘‘यस बजेटमा पनि युवालाई उत्पादन मुलक उद्धममा आकर्षित गर्न तालिम तथा शैक्षिक प्रमाण पत्रको आधारमा “युवा स्टार्ट अप” कार्यक्रमअन्तर्गत उद्धम प्रस्तावको धितोमा सौहिलयत ऋण उपलब्ध गराउँने भनिएको छ । राजनैतिक पूर्वाग्रह आलटाल एवम् प्रक्रियागत जटिलताले गर्दा के हो सम्भव होला मन्त्री ज्यु ?’’